– रूपा पौडेल, चेन्नई उत्तर
जति आउछन विघ्नवाधा गर्दै जानु सामना
८३ साल तिजको सबलार्इ शुभकामना ।
घुमिफिरी फेरी पनि आयो तीज रमाउन
आफ्नो देशमा केही छैन आयौ कमाउन ।
युवा जति विदेश तिर विलिन हुन लार्इ सक्यो
हाम्रो देशको स्थिति वेहाल भैसक्यो ।
शिक्षामा कर स्वास्थ्यमा कर बिजुलीमा कर
बजारमा मिल्न छाड्यो ग्यासको सिलिण्डर ।
महंगीले नेटो काट्यो किनी सक्नु छैन केही
हामी सोझा जनताले बुज्नु छैन त्यही ।
नारीलार्इ नि राम्रो शिक्षा दिनु पर्छ अब त
अनि बल्ल उज्यालो हुन्छ जगत ।
नारी हामी अगाड़ी बढ्नु पर्छ जहानी
पछि हड्दा गुम्सिएको हाम्रो कहानी
छोरीलार्इ नी शिक्षा दिक्षा दिनु पर्छ डटेर
आफ्नो हक अधिकार लिन्छन लडेर ।
सबै मिली हाम्रो देशमा विकास गरौं है
देशको हालत फेर्नलार्इ अघि सरौं है ।
कुनै चिजको कमी नहोस बनोस देश चमत्कार
यहि भन्दै विदा हुन्छु हस्त नमस्कार ।

