मिना वि. क
बेङ्गलोर दक्षिण
वर्ष दिनको तीज आयो दुःख सुख पोखौंला
महिला मुक्ति आन्दोलनको गाथा सुनाउन
उठ सबै नारीहरु हातमा हात मिलाइ
सम्मान हक समान अधिकार पाउन बरिलै ।
अधिकार बंचित भया धेरै दुः ख पायौ
महिला भनी हेला गरि धेरै दुःख खायौं
चुलो, चौको ,दाउरा, घाँस काम गर्नेहामी
महिला भनी हेला गर्छन पिर बरिलै ।
छोरा जन्मे हर्ष उल्लास खुसियाली मनाउँन छन्
छोरी जन्मे यो समाजमा दुःख बरिलै
दाजुभाइलाई लेखन पढन स्कुलमा पठाउछन्
दिदीबहिनी मेलापात दुःख बिसाउँ बरिलै ।
विवाह गरि पराइ घर जानु पर्छ हामीले
बाउ आमाको सम्पतिमा हकछैन बरिलै
दाजुभाइ दिदीबहिनी एकै कोखको बास
पुरुष प्रधानसमाजमा छैन आस बरिलै ।
दिदीबहिनी सबैलाई एउटा कुरा भन्छु
एकजुट भइ अघिसरौँ हाम्रो हक बरिलै
अब केही हुन्न भनी आशा सबै मेटियो
प्रवास नेपालीलाइ एकता समाज भेटियो ।
एकता समाज हामी सबको गौरवशाली संगठन
सबै लागौं यो समाजमाअघि बढ्न बरिलै
महिला पुरुष एकजुट बनौ एकता समाज फलाँउ
सत्य ,न्याय समानताको गाथा सुनाउ ।
प्रदेशीका दुःख पीडा गीतमा भन्दिनु
केही कुरा देशको भन्छु सबैले सुन्दिनु
गरिब जनता भोकै मरे गाँस बास छैन
गरिबलार्इ न्याय दिने छैन बरिलै ।
चुपलागि नबसौ दिदीबहिनी कम्मर कसौला
नयाँ नेपाल निर्माण गरी खुशीले बसौला
महिला पुरुष बराबरी भेदभाव नगरौं
महिलाको अधिकार ल्याउन आवाज गुञ्जाउ ।

