तीज गीत –जीवनको महत्व बुझौं

– मैना अधिकारी, चेन्नई

परदेशी गल्लीमा, पसिनाको मूल्य छैन बरिलै
अकालमा ज्यान फाल्छौ, जिन्दगीको अर्थ छैन बरिलै।

नखाऊ दाजु नशा, यो जीवन बर्बाद पार्छ बरिलै
होस हराएर गर्ने झगडाले, आफ्नो नामै मार्छ बरिलै।

कमाइको नाममा यहाँ, वाइनको बोतल समात्छौ
होस गुमाएर बाटोमा, नेपालीको इज्जत मास्छौ।

झगडा र चोरीले, कसको पो भलो हुन्छ र?
आफ्नै हातले बनाएको, खुसी त खरानी बन्छ र?

परिवारको सपना बोकी, आएका हौँ यहाँ हामी
किन फाल्छौ ज्यान आफ्नो, बुझ्न सक्दैनौ किन स्वामी?

मातेर गर्ने कामले, नाम बदनाम हुन्छ मात्र
संगठित भएर लागौँ, नबनौँ आफैँ आफ्नै शत्रु।

अखिल भारत एकता समाज, हाम्रो साझा घर हो
अकालमा ज्यान फाल्नु, यो त ठूलो जहर हो ।

नशा होइन, ज्ञानको बाटो, आज रोज्नु पर्छ
सबै मिली सङ्गठनमा, दुःखको पहाड तोड्नु पर्छ।

चोरी छोडौँ, झगडा छोडौँ, जिउने कला सिकौँ
परदेशको माटोमा पनि, नेपालीको शिर उच्च राखौँ ।

जीवन अमूल्य छ साथी, संघर्ष गरि अघि बढौँ
आत्महत्या र नशा होइन, एकताको हात समाई लडौँ।

जीवनको महत्व बुझौं बसालौं राम्रो संस्कार
यो गीतको अन्त्य भयो गर्दर्छौ सबैलाइ नमस्कार ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित