काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य लीलबहादुर पुन (लालध्वज) गम्भीर बिरामी हुनुभएको छ। अहिले उहाँको क्यान्सर अस्पताल भक्तपुरमा उपचार हुँदैछ। गत श्रावण १९ गतेदेखि क्यान्सर अस्पताल भक्तपुरमा राखी उहाँको उपचार चलिरहेको छ। चिकित्सकहरुले टाउकामा पानी जमेको हुँदा उहाँ बेहोस हुनुभएको बताएका छन्। यसभन्दा पहिले लालध्वज पुनको गालामा क्यान्सर देखिएकाले भक्तपुर क्यान्सर अस्पतालमै उहाँको उपचार गरिएको थियो। चिकित्सकहरूले अहिले उहाँको क्यान्सर नरहेको बताएका छन् ।
Comments

