श्रद्धाञ्जली सभा सम्पन्न

जितामित्र सुनार, प्यूठान । २०८३ भाद्र ५ गतेका दिन प्यूठानको मरन्ठानामा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार सदस्य दीपक केसी प्रति श्रद्धाञ्जली व्यक्त गर्न श्रद्धाञ्जली सभा सम्पन्न भयो। के. सी.को मृत्यु भएको १३औं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

सभामा ,पूर्व सभामुख कृष्णबहादुर महराले दिपक केसी शिक्षकको जागिरको सिलसिलामा थवाङमा छँदा रोल्पा जिल्लामा कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा पुर्‍याएको योगदानको गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा प्रवक्ता सुदर्शनले दीपक केसीको क्रान्तिकारी व्यक्तित्वमाथि प्रकाश पार्नुभयो। सुदर्शनले भन्नुभयो, “माओवादी आन्दोलनमा थुप्रै विभाजन र पलायनताको स्थिति आउँदा पनि उहाँले क्रान्तिकारी धारलाई अंगाल्न छाड्नुभएन । हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट यो प्रतिबद्धता जाहेर गर्दछौ कि दीपक केसीले अँगाल्नु भएको क्रान्तिकारी धारालाई हामी पछाइरहनेछौँ। त्यसलाई विकसित गरेर जानेछौँ।” नेपाल कम्युनिस्ट पार्टी (मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले पार्टी बेग्लाबेग्लै भएपनि जनयुद्धकालमा उहाँलाई पार्टीको नीति अनुसार पटकपटक भेटघाट गरेको र अन्य सहकार्यको सन्दर्भ स्मरण गर्नु भयो । नेपाली कम्युनिस्ट पार्टी प्यूठानका संयोजक भोजविक्रम बुढाले सबै मानिसहरू राजनीतिज्ञ हुन सक्दछन् तर सबै मानिसहरूले राजनीतिक चरित्र र राजनीतिक संस्कार अँगाल्न सक्दैनन् भन्नुभयो। भोजविक्रम बुढाले त्यो राजनीतिक चरित्र र संस्कार केसीमा थियो भन्नुभयो। नेकपा ( माओवादी)का गिरु भुसाल , नेकपा(एमाले) प्यूठानका सचिव इन्द्रमणि जि.सी,नेपाली कांग्रैसका प्रमोद खडका , शिक्षक।……… लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्यहरु जितामित्र सुनार र अम्विका चन्द सुदृष्टि,४ नम्बर सचिव टिकाराम पौडेल, प्यूठान जिल्ला सचिव वीरबहादुर पुन लगायतका राजनीतिक दलका नेता तथा बौद्धिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पि .बि .एम. धनेश्वर पोखरेलले दीपक केसीको जीवनीका साथै राजनीतिक जीवन, शिक्षा,शिक्षण पेशा लगायत विषयमा लिखित मन्तव्य राख्नुभएको थियो। श्रद्धाञ्जली सभा दीपक केसीकै निवासमा भएको थियो।

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित