काठमाडौं । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटना र उनको हत्याका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा भाद्र ६गते साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो।
सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने ,
पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँगसमेत समन्वय गरी पहल गर्ने ,
पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरी २०८३ साल साउन ३१ गते का दिन घरबाट हराएकी थिइन् र भदौ २ गते २०२६० साँझ उनको शव बलात्कार र हत्या गरिएको अवस्थामा फेला परेको थियो। साउन ३१ गते बिहान बालिकालाई चकलेटको प्रलोभन देखाएर नजिकैको एउटा खाली घरमा लगि बलात्कारपछि हत्या गरिएको थियो।अनुसन्धानका क्रममा प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा सुमन थापा नाम गरेका युवकलाई पक्राउ गरेको छ, जसले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। साथै अन्य केही संदिग्ध व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।यस जघन्य अपराधको विरोधमा र दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर, सिमरा, बुटवल र सर्लाही लगायत देशका विभिन्न स्थानहरूमा जनस्तर र अधिकारकर्मीहरूबाट तीव्र विरोध प्रदर्शन भएका थिए ।

