काठमाण्डौ । क्रान्तिकारी महिला संगठन नेपाल कीर्तिपुर नगर भेला आयोजक समिति गठन भएको छ । २०८३ भाद्र ६ गते कीर्तिपुरमा कल्पना चौधरीको संयोजकत्वमा ५ सदस्सीय भेला आयोजक समिति गठन भएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ९ नं व्यूरो सचिव चिन्तामणि शर्माको विशेष उपस्थिति र क्रान्तिकारी महिला संगठन नेपालका ९ नं क्षेत्रीय समन्वय समितिका संयोजक सपना राजथलाको उपस्थितिमा आयोजक समिति गठन भएको हो । समितिमा जमुना पौडेल , वेदमाया राउत लगायत रहनु भएको छ । कार्यक्रममा सचिव चिन्तामणि शर्माले देशमा महिला हिंसा बढ्दै गएको छ भन्नु हुँदै त्यसको विरोधमा सचेत र संगठित हुनुपर्ने धारणा राख्नु भएको थियो । संयोजक सपना राजथलाले महिलाहरुको एकता सम्मेलनलाई सफल पार्न सबै संगठनका कामहरु द्रूत स्तरमा अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो ।

