पश्चिम भारत क्षेत्रीय समितिको भेला सम्पन्न

 

मुम्बई ।अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको भेला २३ अगस्त २०२६ का दिन सम्पन्न भएको छ। उक्त भेलाको संचालन भूपाल तरामुले गर्नु भयो भने अध्यक्षता केश बहादुर थापाले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ मान बहादुर थापाले स्वागत गर्नु भयो। समाजका केन्द्रीय सचिवालय सदस्य श्री पूर्ण थापाले भेलाको उद्घाटन गर्नु भएको थियो। उक्त भेलाले केश बहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय पश्चिम भारत क्षेत्रीय समितिको चयन गरेको छ। अध्यक्ष– केस बहादुर थापा, उपाध्यक्ष–भूपाल तरामु, सचिव– पूर्ण बहादुर थापा (प्रताप), सहसचिव ( ज्ञान बहादुर राहादी, कोषाध्यक्ष–रीता श्रीस, सदस्यहरुमा मान बहादुर थापा, माया थापा, शान्ति घर्ती मगर, मोनिका घर्ती मगर, मित्रा देवी गुरुङ , सोमा रहादी, बेल कुमारी तरामु, बल बहादुर राना, नवीन राना, सन्दीप थाप, तिलक तरामु र याम कली थापा रहनु भएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित