इच्छुक प्रतिष्ठानका दुईजना प्राज्ञहरुद्वारा विद्यावारिधिको उपाधि प्राप्त

 

काठमाण्डौ । इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ सदस्य द्वय काठमाडौं–१४, कलङ्की खड्कागाउँ निवासी शीला योगी तथा गोरखा कुन्दुर–११, निवासी गोपालबाबु मरहट्टाले त्रिभुवन विश्व विद्यालय अन्तरगत मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तरगत अखिल नेपाल लेखक सङ्घका केन्द्रीय समितिमा समेत रहनुभएका प्राज्ञ द्वय शीला योगीले ‘काठमाडौंका वृद्धाश्रममा रहेका जेष्ठ नागरिकका आवश्यकता र अपेक्षाहरू’ विषयमा र गोपालबाबु मरहट्टाले ‘प्रगतिवादी नेपाली उपन्यासमा सीमान्तीयता’ विषयमा विद्यावारिधि शोध गर्नुभएको हो । केही दिन अगाडि मात्र आफ्नो विद्यावारिधी प्राप्त गरेको प्रमाणपत्र सहित इच्छुक प्रतिष्ठानमा उपस्थित हुनुभएका दुबैजना प्राज्ञहरूलाई प्रतिष्ठान कार्यालयमा स्वागत गरिएको प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाले जनाउनु भएको छ ।

दुवै जनालाई इच्छुक प्रतिष्ठान तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्षसमेत रहनुभएका हिरामणि दुःखी, गोपालबाबुका शोधनिर्देशक प्रा.डा. जगदीश चन्द्र भण्डारी र सदस्यसचिव मोदनाथ मरहट्टाले स्वागत गर्दै बधाई दिनुभएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित