२०८३ भदौ १०, नेपालगन्ज ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले रास्ट्रियता रक्षाको लागि संयुक्त मोर्चा आवश्यक रहेको बताउनुभएको छ । ३ नम्बर ब्युरोको आयोजनामा बाँकेको नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सुदर्शनले देशको अवस्था निकै संबेदनशील बन्दै गएको अवस्थामा आफ्नो पार्टीले ९ बुँदे संयुक्त मोर्चाको अवधारणा अघि सारेको बताउनु भयो । उहाँले संयुक्त मोर्चा निर्माणको लागि आफनो पार्टीले अघि सारेका ९ बुँदे प्रस्ताबको बारेमा स्पष्ट पार्नु भएको थियोे । वर्तमान राष्ट्रिय परिस्थिति निकै गम्भीर बन्दै गएको र ईतिहासमा राष्ट्रियता निकै कमजोर बनेको अबस्थामा संयुक्त मोर्चा निर्माणको आबश्यकता परेको बताउनु भयो । राष्ट्रियता सबैको साझा सवाल भएको भन्दै संयुक्त मोर्चामा कम्युनिस्टहरु मात्रै नभएर सबै राष्ट्रबादीशक्तिहरु पनि यो मोर्चामा सहभागी हुनसक्ने बताउनु भयो । वर्तमान बिश्व परिस्थिति र राष्ट्रिय परिस्थिति क्रान्तिको लागि निकै अनुकुल बन्दै गएको अबस्थामा सबै एकठाउँमा उभिनुपर्ने भन्दै सबै क्रान्तिकारीहरु एक जुट हुनुपर्ने बताउनुभयो । उक्त पत्रकार भेटघाटमा पार्टीका ३ नम्बर ब्युरो सचिव दिपक शाहीले हालै आफनो पार्टीले अघि सारेको संयुक्त मोर्चाको अबधारणा सार्वजनिक गर्न यो पत्रकार भेटघाट आयोजना गरिएको बताउनु भयो । उक्त भेटघाटमा पार्टीका केन्द्रीय सदस्यहरु गुणनिधि आचार्य र प्रेम थापाको उपस्थित रहेको थियो । नेपालगन्जमा भदौ १० गते भएको पत्रकार भेटघाटमा पत्रकार सेनानी तथा स्वतन्त्र बामपंथी बुद्धिजीवी नरेन्द्र जं पिटर, अधिबक्ता तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शिबसुन्दर शाही , नेपाल पत्रकार महासंघका पुर्व बाँके अध्यक्ष झलक गैरे , वर्तमान अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति रहेको थियोे ।

