अदालतको आदेश अनलाइनबाटै हेर्न सकिने

काठमाण्डौ । अदालतको सुनुवाइको आदेश अनलाइनबाट नै हेर्न सकिने व्यवस्था गर्न सर्वोच्च अदालतले जिल्ला अदालतहरुलाई परिपत्र गरेको छ ।
सर्वोच्च अदालतमा उक्त प्रणाली साउन ११ गतेदेखि तथा उच्च अदालत र इजलासमा साउन १९ गतेदेखि लागू गरिएको थियो । अबदेखि जिल्ला अदालत, उपभोक्ता अदालत र बाल अदालतले फैसला वा अन्तिम आदेशबाहेक अन्य सबै आदेश आदेश भएको दिनमा नै अनलाइनमा राख्नु पर्ने परिपत्र सर्वोच्चले गरेको छ ।
अदालतलाई सूचना प्रविधिमैत्री बनाउने माग भइरहेको बेलामा अदालतको फैसला अनलाइनमा नै हेर्न मिल्ने बनाउनेगरी परिपत्र आएको छ ।
अनलाइनमा नै हेर्न पाएपछि सवाग्राही लाभान्वित हुने सर्वाच्चको विश्वास रहेको छ । न्याय सम्पादनमा पनि पारदर्शी र छिटोछरिटो हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित