चीनमा पनि बाढी पहिरोले क्षति, उपप्रधानमन्त्री झाङ गुओछिङ बाढी पहिरो प्रभावित क्षेत्रमा

 

काठमाडौं । चीनमा पनि बाढी पहिरोले क्षति पुराएको छ । उपप्रधानमन्त्री झाङ गुओछिङ बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत टोलीको नेतृत्व गर्दै गएको चिनियाँ संचारमाध्यम सिजिटिएनले जनाएको छ । मृत्युको विवरण खुलाइएको छैन । सजिटिएनले समाचारमा भनेको छ ,

“चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बिहान दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित ग्यिरोङ सीमा बन्दरगाहमा पहिरोका कारण भएको जनधनको क्षतिपछि बेपत्ता भएका मानिसहरूको खोजी तथा उद्धारका लागि सम्पूर्ण प्रयास गर्न निर्देशन दिनुभएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले जोखिममा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा घाइतेहरूलाई समयमै उपचारको व्यवस्था गर्न निर्देशन दिँदै मानवीय क्षति न्यून गर्न जोड दिनुभएको छ।
पहिरोका कारण ठूलो जनधनको क्षति भएको र ग्यिरोङ काउन्टीस्थित ग्यिरोङ सीमा बन्दरगाहमा केही मानिस बेपत्ता भएको जनाइएको छ। घटनापछि राष्ट्रपति सीले उक्त निर्देशन दिनुभएको हो।

सीले निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन, वैज्ञानिक ढङ्गले उद्धार कार्य सञ्चालन गर्न तथा सम्भावित थप विपद्बाट सावधानी अपनाउन पनि जोड दिनुभएको छ।

हाल चीन बाढी नियन्त्रणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै उहाँले स्थानीय निकाय तथा सम्बन्धित विभागहरूलाई सबैभन्दा खराब तथा चरम परिस्थितिको सामना गर्न तयारी अवस्थामा रहन, बाढी तथा आँधीबाट बच्ने सबै उपायहरू पूर्ण रूपमा कार्यान्वयन गर्न र सम्भावित जोखिम तथा खतराहरू पहिचान गरी समाधान गर्ने प्रयासलाई तीव्रता दिन आग्रह गर्नुभएको छ।

ठूला तथा विनाशकारी विपद् र दुर्घटना हुन नदिन दृढतापूर्वक काम गर्न तथा जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पनि उहाँले निर्देशन दिनुभएको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि तत्काल बेपत्ता तथा प्रभावित मानिसहरूको संख्या यकिन गर्न र उद्धार तथा राहत कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ।

सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यसमेत रहनुभएका प्रधानमन्त्री लीले विदेश मन्त्रालयलाई सम्बन्धित देशहरूसँग सञ्चार तथा समन्वय सुदृढ गर्न, सूचना तत्काल आदानप्रदान गर्न तथा उद्धार र राहत कार्यलाई उचित ढङ्गले अघि बढाउन संयुक्त रूपमा काम गर्न निर्देशन दिनुभएको छ।

सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा उपप्रधानमन्त्री झाङ गुओछिङले सम्बन्धित विभागका अधिकारीहरूको नेतृत्व गर्दै घटनास्थल पुगेर उद्धार तथा विपद् व्यवस्थापन कार्यको मार्गदर्शन गर्नुभएको छ।

सिजाङका सम्बन्धित अधिकारीहरूले खोजी तथा उद्धार कार्य सञ्चालन गर्न आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेका छन्। उद्धार तथा राहतका सबै सम्बन्धित कार्यहरू अहिले जारी रहेका छन्।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित