सामन्त र पुँजीवादी सत्ताले मान्छे त मार्न सक्छ तर विचार मार्न सक्दैन !

डी.बी.नेपाली
रगतको नाता भन्दा वर्गीय नाता धेरै माथि हुन्छ भन्ने भनाइ छ यो कुराको पुष्टि सहिद कमरेड सरोज शर्माको सहादतले प्रष्ट गरेको छ । विचारहरुमा व्यक्तिगत स्वार्थ र लोभ लालच जागेन भने त्यो विचार मार्न सक्ने कुनै पनि त्यस्तो जादुमय शक्ति छैन र हुन पनि सक्दैन । सामन्तहरु कमरेड सरोज शर्माको हत्या गर्न सफल भए पनि उहाँको विचार मानव समाज र यो ब्रह्माण्ड जीवित रहुन्जेल संघर्षशील जनताको मार्ग दर्शक बनि रहने छ ।
वि.सं. २००१ साल असार ५ गते बुवा तिलकराम भुसाल र आमा हरिकला भुसाालको माहिलो छोराको रुपमा तत्कालीन किमनाडा गाविस– ८ तथा हाल संधिखर्क नपा–२ कुर भन्ने गाँउमा जन्म लिएका कमरेड शोभाखर धनञ्जय (सरोज शर्मा) का ३ वटा दाजुभाइ र ५ वटा दिदी बहिनी भन्ने कुरा उहाँको बारेमा बिभिन्न मिडियाले प्रकाशित गरेको जानकारीबाट थाहा हुन्छ । उहाँको पारिवारिक पृष्ठभूमि राजनीति भए पनि सक्रिय राजनीतिलाई र मेहनतकश शोषित पीडित जनताको चेतना जगाउने र अन्याय, अत्याचार तथा शोषणको विरुद्ध सम्झौताहीन संघर्ष गर्नु पर्छ भनेर निस्वार्थ आफ्नो सम्पूर्ण जीवन समाज परिवर्तन र साम्यवादको लागि अर्पण गर्ने दाजु शोभाकर धनञ्जय भूसाल र बहिनी कमरेड यमुना भुसाल प्रति हार्दिक श्रद्धाञ्जली ! उहाँहरु प्रति हामीले जे जति बखान गरे पनि उहाँहरुले देखाएको बाटो र विचारलाई अनुशरण गर्न सकेनौं भने उहाँहरु प्रति हामीले गरेका गफ बालुवामा पानी जस्तै हो ।


रामराजा प्रसाद सिंहको नेतृत्वमा रहेको जनवादी मोर्चाको नेतृत्व तहमा रहेर राजनीतिमा होमिएका कमरेड शरोज शर्मा बमकाण्ड पछि देशमा व्यापक धरपकड शुरु भए पछि भारतमा निर्वासित भएर बस्दा तत्कालिन अवस्थामा भारतमा रहेका आम नेपाली शोषित पीडित जनसमुदायलाई एकताबद्ध बनाउन र उनीहरुको समस्याको समाधानमा ओैषधिको रुपमा उदयमान र तीव्र छलाङ्ग मारिरहेको शोषित, पीडित नेपालीलाई संगठित बनाउने र उनीहरुका समस्याको समाधानका साथै स्वदेशमा राजनैतिक परिवर्तनको लागि संघर्षरत भूमिगत दलहरु मध्ये मालेमा विचार र सिद्धान्तप्रति इमान्दारी र लगनशील चौथो महाधिवेशन र पछि नेकपा मसालको नजिकको संगठन अखिल भारत नेपाली एकता समाजसंग कमरेड सरोज शर्मा आबद्ध हुनु भयो र अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय इन्चार्ज र अखिल भारत नेपाली एकता समाजले प्रकाशित गर्ने नेपाली एकता पत्रिकाको सहसम्पादक भएर काम गर्नु भयो ।
उहाँ स्वदेशमा केही समय सिन्धुपाल्चोकतिर शिक्षकको रुपमा पनि काम गर्नु भएको रहेछ भने पछि सर्वहारा वर्गको मुक्ति र उनीहरुमा वर्गीय, सामाजिक र राजनीतिक चेतनाको तीव्र प्रसारप्रचार गर्न र आम जनतामाझ संसारभरिमा भैरहेका मुक्तिका, संघर्षका खबरहरु तत्कालीन अवस्थामा छिटो पु¥याउने साधन पत्रपत्रिका र पत्रकारिता थियो यसबारे उहाँलाई राम्रो ज्ञान थियो र लेखन र पत्रकारितामा रुचि पनि थियो ।त्यसैले उहाँले शोषक सामन्तलाई हाँक्न र सर्वहारा वर्गमा संघर्षको राँको बाल्न हाँक साप्ताहिक पत्रिका प्रकाशित गर्न थाल्नु भयो ।
उहाँ हाँक साप्ताहिक लगातार अहिलेसम्म प्रकाशित भैरहेको छ । उहाँ एउटा मुक्तिकामी जनताको मुक्तिको लागि कलम चलाउने सफल पत्रकार हुनुहुन्थ्यो उहाँ हाँक साप्ताहिकको सम्पादक प्रकाशक भएर सफल पत्रकारिता गर्नु भयो । उहाँ केवल एउटा राजनीतिज्ञ मात्रै नभएर उहाँको पत्रकारिता र लेखन क्षेत्रमा दरो पकड थियो । उहाँको कलम शोषण रहीत वैज्ञानिक समाज कै पक्षमा चल्थ्यो । तर शोषक, सामन्त र पुँजीको आवश्यकताले समाजलाई जातजाति र धर्ममा विभाजित गरेर श्रमशील जनतालाई विभिन्न षडयन्त्र, डर, त्रास देखाउँदै उनीहरुमा विभाजनको बिउ रोपेर आफ्नो दुनु सोझ्याउने काम गर्थे,गरिरहेका छन् र भविष्यमा पनि गरिरहने छन् । तर उनीहरुको जालझेल, अन्याय, अत्याचार र शोषणका विरुद्ध सम्झौताहीन संघर्ष गर्ने कमरेड सरोज शर्मा जस्ता योद्धाहरुको संघर्ष र उपस्थितिले सामन्तहरुको सातो जान्थ्यो । त्यसैले सामन्त र पुँजीवादी शासकहरु यस्ता जुझारु योद्धाको विचारमा विचलन ल्याउने उनीहरुलाई आफ्नो दास बनाउने, त्यो गर्न नसके उनीहरुको अन्तिम हतियार यस्ता योद्धाहरुको हत्या गर्ने हुन्थ्यो । आखिरमा शोषणरहीत, वर्गहीन साम्यवादी व्यवस्थाको लागि संघर्षशील योद्धाहरुको हत्या गर्ने सामन्ती र पुँजीवादी सत्ताधारीहरुले वास्तविकता, सामाजिक असमानता, न्याय र अन्यायको विरुद्ध पीडित श्रमजीवि मेहनतकश जनतालाई संगठित, चेतनशील र शोषण, अन्याय, अत्याचार विरुद्ध जागृत पार्दै संघर्षको मैदानमा आफ्नो अमुल्य जीवन र समय समर्पित गरेर लागि पर्ने शहिद सरोज शर्मा जस्ता जुझारु योद्धालाई हत्या गर्ने सामन्ती पुँजीवादी राजनीतिको एक सुत्रिय कार्यक्रम हिजो पनि थियो, आज पनि छ र भोलि पनि यस्तो भइरहने नै छ । सामन्त र पुँजीवादी सत्ताको बाटोमा काँडा बनेर उभिने अदम्य शाहस र आँट भएका सरोज शर्माहरु विभिन्न जालझेल र षडयन्त्र गरी हत्या गरिने चलन अझै पनि यथावत छ ।
रामराजा प्रसाद सिंहको जनवादी मोर्चाले पञ्चायती तानाशाही व्यवस्थाको बिरुद्धमा २०४२ साल असार ६ गते काठमाडौं र पोखरामा बम पड्काए पछि तत्कालिन व्यवस्था झन क्रुर भएर आयो र शंका लागेका व्यक्तिहरु धरपकड गर्न थाले पछि त्यो मोर्चासंग आवद्ध कमरेड सरोज शर्मा भारत निर्वासित हुनु भएको र उहाँको विचार, मिशन र संघर्ष भारतमा पनि रुकेन उहाँ भारत निर्वासित भए पनि लुकेर बस्नु भएन उहाँ कमरेड मोहनविक्रम सिंहको नेतृत्वमा संघर्षशील नेपाल कम्युनिष्ट पार्टी मसालको नजिकको संगठन अखिल भारत नेपाली एकतासँग जुडिनु भयो र एकता समाजको केन्द्रीय कार्यालय इन्चार्ज , संगठन कर्ता र नेपाली एकताद्वारा प्रकाशित बुलेटिन नेपाली एकताको सहसम्पादक भएर आफ्नो विचार र संघर्षको अविरल यात्रामा जारी राख्नु भयो तर सामन्ती सत्ताका हत्याराहरुलाई उहाँको मेहनतकश श्रमजीवि शोषित पीडित जनतालाई संठित गर्ने, उनीहरुमा अन्याय,अत्याचार विरुद्ध संघर्ष गर्नै पर्छ । त्यसको लागि संसारका मजदूर एक हौं भन्ने भावनाको विकास तथा चेतना जगाएको पटक्कै मन परेन । आखिर २०४३ भदौ ११ गते (१९८६ अगस्त २७) नेपालीहरुको एउटा चाड तीजको रमाइलो मनाइ रहेको दिन कमरेड सरोज शर्मा एकता बुलेटिन बाँट्दै तीजको रमाइलो मनाइ रहेका श्रमजीवि नेपालीहरुलाई बधाइ दिदै केन्द्रिय कार्यालय फर्किरहेको अवस्थामा षडयन्त्रमूलक तरिकाले उहाँको हत्या गरियो । तर ती समाजका जुँकाहरुलाई सरोज शर्मा जस्ता जुझारु योद्धाको हत्याले विचलित होइन झन दृढ र सामन्ती जुँकाहरु विरुद्ध अंझै वलियो र जुझारु भएर लडने शाहस दिन्छ । हार्दिक श्रद्धा सुमन कमरेड सरोज शर्मा प्रति, सलाम छ ती आमा बाहरुलाई जसले यस्ता योद्धाहरु जन्माए ।
कमरेड सरोज शर्मासंग भेट गर्ने अवसर त जुरेन तर वर्गिय नाता रगतको नाता भन्दा माथि छ भन्ने कुरा उहाँसंग भेटघाट नभए पनि विचारले उहाँलाई सामन्ती र पुँजीवादी सत्ता परिवर्तन तथा वर्गविहीन, शोषण रहीत साम्यवादी सत्ता स्थापनाको लागि संघर्षशील प्रत्येक श्रमजीवि मेहनतकश जनताको मन मस्तिष्कमा वलियो प्रवेश गराएको छ । उहाँको विचारलाई संसारको कुनै पनि शक्ति केन्द्रले हत्या गर्न नदिनु नै उहाँको मार्ग अनुशरण गर्ने र विचारको रक्षा गर्ने उहाँलाई सम्झिने प्रत्येक मेहनतकश जनताको दायित्व हो । उहाँको ४१ ओैं पुन्यतिथिको अवसरमा फेरि एकपटक हार्दिक श्रद्धाञ्जली ! उहाँहरु जस्ता योद्धा र उहाँको जस्तो चेतनशील परिवारको उपस्थिति रहुन्जेल शोषकहरु र तीनका बन्दुक सत्ताको आडमा शक्तिशाली देखिए पनि एक न एक दिन शोषण र शोषकको अन्त बहुत नराम्रो तरिकाले अवश्य हुनेछ । शहिद सरोज शर्मा अमर रहुन उहाँको विचार अमर रहोस ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित