काठमाण्डौ । क्रान्तिकारी किसान महासंघ नेपालले केन्द्रीय सदस्य राम भाटप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । २०८३ भाद्र १० गते असामयिक निधन हुन पुग्नुभएका भाट एक राजनीतिक तथा सामाजिक व्यक्तित्व रहेको वक्तव्यमा जनाउँदै उहाँको निधनले संगठनलाई ठूलो क्षति पुगेको बताइएको छ र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । संयोजक सीतारामा तामाङले २०८३ भाद्र१० गते वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो ।वक्तव्यको पूर्णपाठ यसप्रकार छ –
हाम्रो गौरवशाली संगठन क्रान्तिकारी किसान महासंघ केन्द्रीय समन्वय समिति एवम् क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कैलाली जिल्ला सचिवालय सदस्य कमरेड रामभाटको माइको खबरले हामी र हाम्रो संगठन स्तब्ध भएको छौं । कमरेड रामभाट क्रान्ति र पार्टीप्रति एक निष्ठावान अनुशासित कर्तव्यनिष्ठ सामाजिक अविभावक हुुनहुन्थ्यो । उहाँले गरिब, किसान, मजदुर तथा उत्पीडित जनताको पक्षमा र शोषण दमन, अन्याय अत्याचारको विरुद्ध सँधै आवाज उठाइ रहनुहुन्थ्यो। क. रामभाइको असामयिक निधनले पार्टी र किसान मोर्चामा ठूलो क्षति पु¥याएको छ । रामभाट प्रति हादिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवार गहिरो समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न अनुरोध गर्दछ ।
उहाँको जन्म २०१४ ÷४ ÷२० गते डोटी जिल्लाको शिखर नगरपालिका २ मुढेगाउँमा भएको थियो । हाल कैलाली जिल्लाको कैलाली जिल्लाको गोदानमा बस्दै आउनु भएको थियो ।उहाँ क्यान्सर जस्तो रोगबाट पीडित हुँदै आउनु भएको थियो । उहाँको यहि भद्र १० गते काठमाण्ठौमा निधन भएको थियो । वहाँको परिवारमा श्रीमती एक छेरा रतीन छोरीहरु हुनुहुन्छ ।राम भाटप्रति पुनः श्रद्धाञ्जली र परिवारमा हार्दिक समवेदना।

