तीजको गीत–उद्धार कार्य गरौँ

कलावती दयाल ,बेङ्गलोर दक्षिण महिला विभाग अध्यक्ष

उठ उठ नारीहरू तीजको प्रचार– प्रचार गरौ
अखिल महिला संघलाई अघि अघि बढौं

अफ्नो हक अधिकार लिन कमर कस
सडक हौइन नारीहरू सदन भित्र पस।

चाल्नु पर्छ पाइला हामी चुनौती स्वीकारी
छोरीको जात भन्नेले, हरूले न ल्याउ बुहारी ।

बोकी सधैं दुनियामा चेतनाको भारी
उठ नया युग संगै, यो देशका नारी ।

कसैलाई कालले लग्यो कसैलाई अकालले
धेरै पीडा दियो हामी लाई अहिलेको सालले।

बाढीले त गर्न ग¥यो लग्यो उठिबास
कति दबे माटो मुनि कति बगे लास ।

आपत्ति र विपत्तिमा सबलै सहयोग गरौँ
मिलि जुली दिदी बहिनी उद्धार कार्य गरौँ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित