कलावती दयाल ,बेङ्गलोर दक्षिण महिला विभाग अध्यक्ष
आँखामा सपना, मुटुमा आगो,
हिँड्छौँ हामी नयाँ बाटो
जति नै आए बाधा अघि,
झुक्दैन हाम्रो शिर कहिल्यै यहाँ
हिजोको डरलाई छोडेर,आज हामी बोल्दैछौँ
आफ्नो अधिकार, आफ्नो सपना,आफ्नै हातले आफैले लेख्दछौँ।
हामी नारी, शक्ति हौँ हामी
आकाशभन्दा माथि छौँ हाम्रो उडान
हामी नारी, आवाज हौँ हामी
बदेल्छौँ अब यो सारा संसार ।
छोरी भएर जन्मियौँ भन्दै,
किन सीमाना कोरिन्छ यहाँ?
हाम्रो सपना पनि उस्तै हो,
किन रोकिन्छ हाम्रो चाहना ?
हातमा हात, साथमा साथ,
एक भएर अघि बढौँ ।
एउटीको आवाज दबे भने,
सबै मिलेर आवाज उठाऔँ
हामी नारी, शक्ति हौँ हामी
आकाशभन्दा माथि छ हाम्रो उडान
हामी नारी, आवाज हौँ हामी
बदल्छौँ अब यो सारा संसार ।
नडराऊ, नझुकाऊ
आफ्नो बाटो आफैँ बनाऊ
आजको छोरी, भोलिको नेता
आफ्नो इतिहास आफैँ लेखाउ
हामी नारी, शक्ति हौँ हामी
हाम्रो मुटुमा साहसको आगो छ
हामी नारी, एक हौँ
हाम्रो हातमा नयाँ संसार छ ।

