शहीद शोभाकर धनञ्जय (सरोज शर्मा)को ४१ औ स्मृति दिवस

 

सन्धिखर्क । मिति २०८३ भाद्र ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा शहीद शोभाकर धनञ्जय (सरोज शर्मा)को ४१ औ स्मृति दिवस अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रमलार्इ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले सम्बोधन गर्दै शहिद सरोज शर्मा क्रान्तिकारी विचारधारा राख्ने कम्युनिष्ट हुनुहुन्थ्यो र उहाँले गरिब सर्वहाराको मुक्तिको लागि देशमा आमूल परिवर्तनको दिशामा काम गर्ने दौरानमा भारतमा काम गर्न गएका नेपालीलाई संगठित गर्ने क्रममा २०४्३भाद्र ११ गते दिल्लीको बेलारोड स्थित नेपाली मन्दिर मा तीजी कार्यक्रममा नेपाली एकता पत्रिका वितरण गरेर कोठामा फर्कने क्रममा तत्कालीन पञ्चायती गुण्डाहरूले उहाँलाई बाटोमै हत्या गरेका थिए। उहाँको सपना समाजमा समतामूलक समाजको निर्माण गर्ने थियो। तर अहिले पनि देशमा आमूल परिवर्तन हुन सकिरहेको छैन देशमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू भारत र अमेरिकाको चलखेल बाट बनेको कठपुतली सरकारले साम्राज्यवादी र विस्तारवादी नीति अनुसार काम गर्ने भएको हुँदा नेपाली जनताहरूका समस्या समाधान नगर्ने स्पष्ट पार्नुभएको छ। त्यसकारण शहीदहरूले देखाएको आमूल परिवर्तनकारी बाटोमा अघि बढ्नु र संगठित हुनु र क्रान्तिकारी दिशामा काम गर्नु नै शहीदहरूप्रति सच्चाश्रद्धाञ्जली सच्चा स्मृति हुने बताउँदै सबैलाई आह्वान गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि शहिद सरोज शर्माका सहोदर माइला भाइ गिरि प्रसाद भुसालले सरोज शर्माको जीवनीबारे स्पष्ट पार्नुभएको थियो। कार्यक्रममा शहिद टंक भुसालकी धर्मपत्नी सरस्वता भुसालको पनि आतिथ्यता रहेको थियो। कार्यक्रम राम बसुको सञ्चालन इन्दिरा भुसालको अध्यक्षतामा अघि बढेको कार्यक्रममा शहीद शोभाखर धनञ्जयको फोटोमा माल्यावण, साथै एक मिनेट मौनधारण गरिएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित