प्रवक्ता सुदर्शनद्वारा भोटेकोसीको बाढीमा परी बेपत्ता परिवारसँग भेटघाट

 

दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली (सुदर्शन ) ले बाढी पीडितका परिवारलाई भेटघाट गर्नुभएको छ । उहाँले भोटेकोसीको बाढीमा परि बेपत्ता हुनुभएका क्रान्तिकारी कम्युनिष्ट पार्टी दाङका सदस्य जयमन बिक(पक्का) को परिवारलाई भेटघाट गर्नुभएको हो । भदौ १७ गते दाङको बिजौरीमा भएको जयमनको परिवारलाई भेट्न पार्टीका पोलिट ब्युरो सदस्य तथा ब्युरो न.ं४ का सचिव निरज केसि, जिल्ला सचिव मोतिराम खड्का लगायतको टोलीले जयमानको परिवारलाई भेटेको हो । रोजगारीको लागि रसुवा पुग्नु भएका जयमान गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता हुनुभएको हो । रोजगारीको लागि गएको छोरा बाढीमा परि बेपत्ता भए पछि जयमानका बुवा सहितको परिवार शोकाकुल अवस्थामा छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित