बुद्धि गैरे
गणतन्त्र विमारी छ भित्र लाग्यो चोट
रगत र पसिनाको के थियो र खोट
गणतन्त्र भेल सरी तेसै आको हैन
जन्ताले सोचे जस्तो कैले पनि भैन
गांउ शहर लेक बेशी सुन्दा यस्तै कुरा
इतिहासको गन्तब्य नि नहुने भो पुरा।
१
गिठे जति पीठे भए गदककछन् ठुला कुरा
सिध्दान्तले नदेखेका खचाखच पारे पुरा
गीला चिल्ला बोली मात्र जनताका नाउ
बल शिप लखेटेर रित्तै बिस्तारीय गाउ।
२
गुनौलो र सुनौला छैनन् बिरीएका बाटा
बिश चारका मेहनतमा लागीरा छ घाटा
गृदै गए जनईच्छा उत्साहा रहे बाझा
कुल्चिएर चाहानाला संबृध्दि नै साझा।
३
गेम गोटी आफ्ना छैनन् पराइको भर
वयस्कमै खिल्टन्छकि लाग्न लायो डर
गैरा वारी खेति लाको खायो खडेरीले
ब्यवस्थाले अबस्ताला खोजो मझेरीले।
४
गोठकै हल गोरू जुध्न लाग्न थाल्यो डर
नाता कुटुम्बको मात्र अन्जाद गनुकक एक फेर
गौथलीको घर बन्नायो ठोडले माटो बोकी
सारी कौवा आइ घरै पो भत्काउने होकी।
५
गयो कता नजिक छैन विधि र पद्दती
यस्तै रहे फैलिन्छ मुलुकमा मै गन्धकी
गरी हेर ब्यभार राम्रो सबै अटाउने
गनुकक काम बिवेक होसराखी पताउने।
६
“ हजारौ माइलको यात्रा एउटा पाइला बाट शुरू हुन्छ” लाओत्सु

