बर्दिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल बर्दिया जिल्लाको ठाकुरबाबा नगर भेला सम्पन्न भएको छ ।भेलामा प्रमुख अतिथि क्रान्तिकारी महिला संगठन नेपालका जिल्ला संयोजक छाँया श्रेष्ठ हुनुहुन्थ्यो ।अथितिहरुमा पार्टीका पोलिटब्युरो सदस्य तथा ३नं भेरी– कर्णाली ब्युरो ईन्चार्ज सिखर , पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिपीन क्षेत्री , पार्टी केन्द्रीय सदस्य भुकुम्प , जिल्ला पार्टी संयोजक बिनय राना , थारू मोर्चाका ब्युरो संयोजक विशालको उपस्थिति रहेको थियो । भेलाले अनिता चौधरीको नेतृत्वमा १३ सदस्य कमिटी चयन गरेको छायाँ श्रेष्ठले बताउनु भयो ।
Comments

