अखिल भारत नेपाली एकता समाजले भोटेकोशी – त्रिशुली बाढी पीडितहरुका लागि राहत बुझायो

 

नई दिल्ली , भारत । अखिल भारत नेपाली एकता समाजले भोटेकोशी – त्रिशुली बाढी पीडितहरुका लागि राहत बुझाएको छ । नेपाल सरकारको राहत कोषमा जम्मा हुने गरी नयाँ दिल्ली स्थित नेपाली दूतावास मार्फत भारू३१५२२५ ( तीन लाख पन्ध्र हजार दुई सय पच्चीस) संकलित राहत बुझाइएको हो । २८८ जनाले राहत संकलनमा सहयोग प्रदान गरेका थिए । अखिल भारत नेपाली एकता समाजले विस्वास गरी राहत संकलनमा सहयोग पुराउनु हुने सम्पूर्णलाइ हार्दिक आभार व्यक्त गरेको छ  ।

बाढी पीडितलार्इ राहत बुझाउने सन्दर्भमा भारतमा नेपाली जनताले भोग्न परेका जल्दा वल्दा समस्याहरू समेटेर एक ज्ञापन पत्र पनि तयार गरेको थियो।
उक्त रकम र ज्ञापन पत्र अध्यक्ष आनन्द थापा, महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य खगेस्वर शर्मा, शम्भु थापा, पश्चिम उत्तर क्षेत्रीय अध्यक्ष धर्मराम बि क, क्षेत्रीय सदस्य माया थापा र विष्णु थापा रहेको ७ सदस्यीय प्रतिनिधि मण्डलले दिनांक २२ सितम्बर २०२६ का दिन महामहिम कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, नेपाली दूतावासको कार्यालय, बारखम्वा रोड, नई दिल्ली मार्फ़त नेपाल सरकारका प्रधानमंत्री राहत कोष फन्डमा बुझाएको छ। दूतावासले पनि समाजलाई लाइ रकम बुझेको भरपाई दिएको छ।

नेपालको भोटेकोसीमा आएको विनाशकारी वाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका तटीय क्षेत्रमा बसोवास गर्नेहरूको ठूलो संख्यामा धनजनको क्षतिपुराएको छ। सयौ मानिसले ज्यान गुमाए, हजारौ मानिसहरू अहिले पनि बेपत्ता छन। यस्तो दर्दनाक विपत्तिको अवस्थामा उद्दार राहत, पुर्नस्थापना र उपचारको जिम्मा राज्यको मात्र हैन। हामी सबैको दायित्वहो भन्ने ठानेर अखिल भारत नेपाली एकता समाजले राहत संकलन शुरू गरेको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित