कृष्णभक्त महर्जन
व्यवहारले कुल , बोलिले देश , समानले स्नेह र जिउले खानकी थाहा पाउछ ।
चाणक्य
श्रमले नै वानरबाट मानव विकास भएको हो ।
एङेल्स
जो जातिहरु र भाषाहरुको समानता स्वीकार गर्दैन, त्यसको वकालत गर्दैन र सम्पूर्ण जातीय उत्पीडन र असमानताका विरुद्ध संघर्ष गर्दैन, ऊ मार्क्सवादी होइन ।
लेनिन
समाजमा दुई मुख्य वर्ग छन्, एक–बुर्जुवा वर्ग हो !एक जातले अर्को जातिलाइ दमन गर्ने जाती पनि स्वयम्स्वतन्त्रहुन सक्दैन ।
मार्क्स
दशऔला गतिमा हुन्छ केही औला मात्र चाल्ने भय अरु नचाल्ने गर्नाले काम चल्दैन ।
माओ
जाती भनेको उस्तै प्रकारले सोच्ने उस्तै प्रकारको बोल्ने व्यक्तिहरुको मेल हो
स्पृङर
मानवको उत्पतिको मुल खोज्दै जादा सर्वप्रथम १९८१ मा गरेको अन्वेषण गरेका थिए र पछि १९९५ मा अफ्रिकाको टास छ्येत्र नजिक स्टर्क फौन्टिन भन्ने ठाउमा युवा मानव प्राणिको हाडखोर भेटिएको थियो ।
मानवशास्त्रीहरूले मानव जातिको उत्पत्ति सर्वप्रथम एसियामा भएको पुष्टि गर्न थालेपछि खोज अनुसन्धानकर्ताहरू एसियातर्फ खोज अन्वेषणमा जुटे । १९८३ सालमा चीनको चौकुतियान भन्ने स्थानमा गुफामा पूरा मानवका दुईवटा दाँत भेटिएपछि त्यसको दुई वर्षपछि मानव शरीर नै फेला पर्यो । यसपछि भने पूरा मानवको पहिलो उत्पत्तिस्थल चीन हो भन्ने स्वीकार गरियो । प्राचीन मानवलाई मंगोल, निग्रो, रेडइन्डियन र मलक्का मानव गरी चार भागमा बाँडियो । मानव विकासक्रम सगसगै मानव समाजहरु आदिम साम्यवादी युग,दास युग,सामन्तिवादी युगको चरण पार गर्दै आधुनिक मानव समाज बनेको छ !
अहिलेसम्म विद्यमान सबै समाजहरूको लिखित इतिहास वर्ग संघर्षको इतिहास हो।
जातीय मुक्तिको सवाल ब्राह्मणवादी अर्थात ‘हिन्दु अतिवादी राजनीति’ का कारण हुने वर्ण या जातीय विभेद तथा छुवाछूत व्यवस्थालाई मार्क्सवादी दृष्टिकोणबाट हेरिनुपर्ने धारणा राख्ने कथितहरू कमी छैन। भारतलगायत वर्ग व्यवस्था रहेका दक्षिण एसियाका अन्य मुलुकमा भन्दा नेपालमा यस्तो धारणा प्रबल देखिएको स्पष्ट नै छ, जात व्यवस्था आर्य (सवर्ण) र अनार्य (अवर्ण) बीचको युद्धको उपज हो। अर्थात जनैधारी र जनै धारण नगर्ने समुदायबीच शासनसत्ताका निम्ति प्राचीन काल (करिव ५ हजार वर्षपूर्व) मा भएको द्वन्द्व, संघर्ष र युद्धको परिणाम नै वर्ण या जात व्यवस्थाले गरेको छ ।
यस्तो व्यवस्थामा जातियहरु कुनै नश्लिय वा प्रजातिय समुदाय होइन बरु एतिहासिक दृष्टिले स्थापित समुदाय हो र मानिसहरुको स्थिर समुदाय पनि हो ! सबै जाति स्थिर समुदाय बन्दैन र राज्य समुदायले जातिय समुदाय छुट्याएको छ ! यी जातिहरु
एउटै साझा आर्थिक जिबन,आर्थिक सम्बद्धता एउटा विशिष्ट लछ्यण हो तर त्यति मात्र सम्पुर्ण होइन बौद्धिक रुपमा पनि जातिहरु फरक हुन्छ र उक्त रुपले जातिय सस्कृतिका विशिष्ट्ताहरुमा व्यक्त गर्दछ !त्यसैले साझा सस्कृती,साझा मनोवैज्ञानिक स्वरुप जातिको विशिष्ट लछ्येण हो !यस आधारमा निर्मित एक एतिहासिक रुपले स्थापित स्थिर जन समुदाय , एक सापेक्ष चरित्र समुदाय र वाधिएको मानिसहरुको समष्टी पनि हो ! जातिहरुको तुलना गर्दा विशिष्ट लछ्येणहरुमा एउटा जातिय चरित्र,अर्को भाषिक र तेस्रो इलाका अधिक स्पष्ट रुपमा देखा पर्छ यी लछ्येणहरुको एक साथ मेलबाट जाती बनेको हुन्छ १ जाती एउटा एतिहासिक प्रवर्ग मात्र होइन बरु एउटा निश्चित युगको उदयमान पुजिवादको युगको एतिहासिक प्रवर्ग हो !
त्यसैले सामाजिक जनवादले जातिको हर रितिथिती र विधिहरुलाइ समर्थन गर्छ ! कुनै जातिको विरुद्ध बल प्रयोगको विरोध गर्दा त्यसले आफ्नो भाग्यको फैसला गर्ने जातिको अधिकारलाइ समर्थन गर्दछ ।
जातिय समस्याको समाधान गर्दा ससार दुई शिविरमा विभाजित छ एक हो मुठिभर सभ्य जातिहरुको , अर्को उपनिवेश पराधिन मुलुकहरुका शोषित पीडित जातिहरुको शिविर त्यसैले जातिय समस्याको दुई पछ्येहरु वा दुई प्रवृतिहरु छन एक हो जातिय मुक्ति र एक स्वाधिन जातिय राज्यको निर्माण,दुई जातियहरुको माझ आर्थिक मेलमिलाप हो ! यी दुई प्रवृतिहरु पुजिवादीका विश्वव्यापी नियम हुन र साम्रज्यवादको लागि उपयुक्त दुई प्रवृतिहरु मिल्नै नसक्ने अन्तरविरोध बनेका हुन्छन ।
जुन अनुपातमा एक व्यक्तिद्वारा अर्को व्यक्तिको शोषण अन्त्य हुन्छ ,त्यही अनुपातमा एक जातिद्वारा अर्को जातिको शोषणको पनि अन्त्य हुन्छ !जुन अनुपातमा जातिभित्र वर्गहरुको बीचको वैरभाव बिलाउछ त्यही अनुपातमा एक जातिप्रती अर्को जातिको शत्रुता पनि अन्त्य हुन्छ ।
जनजातिको सवाल सार रुपमा वर्गहरुको सवाल हो र जातिय सघर्ष वर्ग सघर्षको सवाल हो ।जनजातिको सवाल वारे जाँच र चर्चा गर्दा दह्रोसित पक्रनु पर्ने सिद्धान्त हो ।जनजाति एउटा यस्तो एतिहासिक अवधारणा हो र जातीय सवालको समाधान गर्दा निम्न दुई कुराको स्पष्ट बुझ्नु पर्छ जस्तै एक आम प्रत्येक जनजाती भित्र वर्गहरु हुन्छन भने कुन वर्ग जनजातिको मुख्य अङ रहन्छ भनी बुझ्नु पर्छ , अर्को कुनै पनि जनजातिको लागि क्रान्तिको सवाल आधारभुत सवाल हुन्छ ।क्रान्तिलाइ अधि बढाउन जनजातिहरुका जनताको नेतृत्व गर्दछ तर पुजिवादी दृष्टिकोण को एउटा अभिव्यक्तिबाहेक केही होइन । त्यसैले अन्धजातिवाद र स्थानीय जातिवाद दुवै पुजिवादी विचार हुन, जनजातिहरु एक आधुनिक समाजवादी मुलुक बनाउन चाहन्छ यो नै जनजातिहरुको एकताको साझा आधार हो । जनजातिहरुको विकासमा असमानताको जरा पनि इतिहासमा रहेको छ र यो कुरा आर्थिक आधार र अधिरचनाहरुको सम्बन्धमा पनि साचो रहन्छ । यी दुवैको बीच मा सहयोग र आपसी मदत हुनुपर्छ ।अलग अलग विकासले होइन र एक जातिलाइ श्रेष्ठ , अर्को जातिलार्इ कमसल ठान्नु पुरै गलत जातिवादी विचार हो ।इतिहासले जनजाति हरुको सम्रद्धि गर्ने सम्बन्धमा धेरै प्रतिकुल अवस्था छ्डेको छ । यसको मुख्य उपाय सामाजिक सुधार हो ।सामाजिक सुधार भन्नाले मुख्य रुपमा आर्थिक सुधार हो । आर्थिक सुधारलाइ दुई चरणमा कार्यन्वयन गर्नुपर्छ एक हो जनवादी सुधार(भूमी सुधार), अर्को हो समाजवादी सुधार हो ।
क्रान्तिको अवधिमा जो छलाङ मार्छन त्यो भनेको जातिय राज्यको अधिकारको लागि टक्कर तथा सघर्ष सम्भावना हुनु हो ।समाजवाद अन्तर्गत जातिको आत्मनिर्णय लागु गर्ने इन्कार गर्नु समाजप्रति नै विश्वासघात गर्नु हो र आत्मनिर्णयका विरोधिहरुको विरोध को मुख्य आधार अव्यवहारिकता आर्थिक तथा राजनितिक केन्द्रीयकरणको सन्दर्भले गरेको छ । परिस्थिती साचै नै झमेला युक्त छ तै पनि एउटा उपाय छ जो अन्तरराष्टियवादी बाट राम्रो बनेको हुन्छ । यसबाट स्वतन्त्रताको नारामा सानो र ठूलो दुबै खालेका देशहरुमा सर्बहारा आन्दोलनको एकताको लागि सघर्ष गरि रहनुपर्छ १ यसबाट एउटा एतिहासिक परिस्थितिमा ठिक हुने कुरा अर्को एतिहासिक परिस्थितिमा वेठिक हुनसक्ने तथ्यलाइ उपेक्षा गर्नु हुदैन त्यसले जनजातिप्रति वर्षौ देखी अगालिएको सही नीति ससार भर लागू हुन्छ ।
नेपाल एक वहुजातिय , वहुभाषिक , वहुसास्कृतिक र वहुधार्मिक देश हो ।यहाँ कुनै पनि जाति स्पष्ट वहुमत छैन । वाइसे चौविसे राज्यहरु विच वारम्वार आक्रमण भइ रहदा पनि मुल रुपमा सबै आदिवासी र अन्य जातिको विकास भएको अवस्था थियो ।त्यहा रहने आदिवासी भनेको आदिथली (थात थलो) को पहिलो वा आदिम वासी भनेको हो र मुल वासी भनेको सम्बन्धित ठाउमा वस्ने मुख्य वासी भनिएको हो ।त्यसैले मुलवासीलाई पनि भन्न सकिन्छ ।मुलको अर्थ उदगम थलो वा जरा पनि हो र जुन ठाउमा शुरुमा आएर रगत पसिना वगाइ भाषा, कला , सस्कृती विकास गरि बनेको जाती नै मुल वा आदिवासीको अर्थमा बुझ्नु पर्छ ।
जनजातिउथान प्रतिस्थानले सन २००१ मा आदिवासी जनजाती भनेर ५९ जातिलार्इ सुचिकृत गरेका थियो । सन २०२० को जनगणना अनुसार हिमालमा रहेका १८ , पहाडी इलाकामाव्रहेका २४ , भित्री मधेसमा रहेका ६ , तराइअमा रहेका ११ प्रकारका आदिवासी थिए १ आदिवासी जनजातीहरु माथी सबै खाले शोषण,दमन,उत्पिडन थिचोमिचो र विभेदको अन्त्य गररि समतामुल समाजको स्थापना गर्न देशलाइ सघिय सरचना जन सख्याको आधारमा ११ प्रदेशमा राज्यहरु मा गरिनु पर्छ भनी राज्यहरु बिभक्त गरिएको छ जस्तै ः
१. लिम्बुवान
२. किरात
३. मिथिला
४. कोचिला
५.तामासालिन
६. नेवा
७. तमुवान
८. मगरात
९० खसान
१०. थारिवान
११. अवध
यी राज्यहरु स्थापना गर्दा जातिय स्वायत्तता र आत्मनिर्णयको अधिकार सहितको अधिकार प्राप्त गरि दिने हो । यसले जातिय , क्षत्रीय,लिङिय विभेदको अन्त्य हुन्छ .
नेपालमा विभिन्न जनजातिहरुको विकासमा क्रम सगसगै नेवारहरु उत्पति र विकासमा नेवार शब्द नैपालबाट नेवाल हुँदै नेवार भएको इतिहासकारको भनाइछ । ८ सय वर्ष पहिले णिवालबाट निवार भनी पनि भनेका छन । इतिहास अनुसार किरात वर्गिय नेवारी भाषा बोल्ने कुनै किराँती जाती यो नेवार समुदायको मुल रहेको पनि देखिन्छ । इस्विको चौधौ शताब्दीतिर नेपाल भाषा भन्न थलिएको थियो त्यही भाषा जुन वर्गले मातृ भाषा स्विकारे ती तिनले नै नेवार समाज सरचना गरेका थिए १ यो भाषा मङोलायड खलक भए पनि क्रमस उपयोग आर्य वर्गका सन्तानहरुले आजसम्म नेवारको रुपमा रहेको पाइन्छ । यिनिहरुलाइ राष्ट्र पनि भनिन्छ । ईतिहास विद्वहरु को भनाइ पनि छ । जस्तैः एक उत्तरबाट आएका मन्जुश्रीले जनश्रूति देशको रुपमा रहेको काठमाण्डौ उपत्यका लाइ चोभार डाडोको गल्छि काटी पानी पठाइ वस्ती बसालेकी भनिन्छ , दुई दछ्यिण भारतको नायर प्रदेशबाट र कर्नाट वशिय नान्यदेवले ल्याइ बसालेका भनिन्छ ।
तीन मुनिले तपष्या गरेको ठाउमा मिलाएर बसालेको भनिन्छ ।
लिच्चवी कालका अभिलेखमा नेपाल उपत्यकामा मानव वस्ति विकास गर्ने गोपाली र महिषपालहरुले नेपाल भाषामा क्रमस (सापु र मेःपु) भनिने नै वर्तमान नेवार समुदाय आदिम पुर्खाहरु हुन । किरात शासक आए पछी गोपाली र महिषपालीहरुका सन्तान ज्यापु तथा महर्जन वर्गमा समाहित पुगेको हो भनि धनराज वर्जाचार्यको पुस्तमा उल्लेख छ ।
नेवारको थातथलो काठामाण्डौ उपत्यका हो र नेवारी भाषामा स्वनिगःहो या नेपाःगा पनि भनिन्छ ।उखान नै छ जहा नेवार त्यहा बजार त्यसैले आदिवासी जनजातिमा नेवार अरु जनजाति भन्दा फरक छ किन कि नेवार एक मिश्रित समाज हो । कसैको मङोल हो भने अरुको आर्य छ । धर्ममा पनि मिश्रित समूह छ त्यसैले धार्मिक सहिष्णुता मात्र होइन एकाकार पनि छ र नेवारहरूको जीवन तथा मृत्यु संस्कार मूलतः हिन्दू संस्कारमा आधारित छ जस्तै एउटा उदाहरण नेवारहरुको पार पाचुके (सम्बन्ध विच्छेद) स्त्रीले पुरुषको सिरानी मुनि सुपारी राखी पार पाचुके (सम्बन्ध विच्छेद०गर्थ्यो । यसो गर्दा (लमि)मध्यस्थकर्ता हुन्छ जसले लमि (मध्यस्थाकर्ता)काम उसैले विवाह गरि लानु पर्छ ।यस्ता सस्कारहरु अनगिन्ति छ ।अहिले आएर धर्म, सस्कृतिमा विकृती भै भदा सस्कारहरु उत्पन्न भएको छ त्यसैले उखान नै छ नेवार बिगृयो भोजले भने नेवार परिचायक मुख्य साझा चाडपडहरु मानले भनी उखान लाउछ।
काठमाण्डौ खाल्डोको सबभन्दा पुरानो वासिन्दाहरुको भाषा नै नेपाल भाषा र नेपाल सम्बत हो । नेपाल भाषा र सम्बत पनि परापुर्वकाल देखि नै राष्ट्रिय सम्बत र राष्ट्रिय भाषा मान्दै आएको ईतिहास पाइन्छ ।आज सम्म नेपाल सम्बत मान्नेहरु र नेपाल भाषा बोल्ने मध्यबाट आधाभन्दा बढी काठमाण्डौ उपत्यकामा बसछ्न र आधाभन्दा केही कम विभिन्न भागको बजार बजारमा छरेर बसेका छन । जहाँ बसाइ सरे पनि आफ्नो मात्रु भाषा अगाले पनि पछि गएर जहाँ बस्यो त्यही भाषा अगालेको पाइन्छ । नेपाल सम्बत चाहिँ जहाँ जहाँ बसाइ सरे पनि त्यही ठाउमा आ–आफ्नो तरिकाले या आ–आफ्नो क्षमता बलबुत्ता ले भ्याएको अनुसार मानेको पाइन्छ ।
नेवारमा पनि काठामाण्डौ उपत्यकामा ज्यापू महर्जन समुदाय नेपाल मण्डल (विशेष गरी काठमाडौं उपत्यका) को एक प्रमुख एवं प्राचीन आदिवासी भूमिपुत्र समुदाय हो। नेपाल भाषामा ‘ज्या’ को अर्थ काम र ‘पु’को अर्थ सीप वा समूह हुन्छ। तसर्थ ज्यापू भन्नाले परिश्रमी र सीपयुक्त काम गर्ने समुदाय बुझिन्छ । महर्जन, डङ्गोल, महत, ज्यापु, अवाले,सुवाल,दुवाल र प्रजापति लगायतका थरहरू यसै समुदायभित्र पर्दछ ।
विसं २०६८ सालको जनगणना अनुसार देशका विभिन्न जिल्लामा रहेका नेवारहरूको सङ्ख्या १३ लाख २१ हजार ९३३ छ । यो कुल जनसङ्ख्याको पाँच प्रतिशत हो । नेवारमध्ये पनि ५० प्रतिशतको हाराहारीमा ज्यापु जातिको सङ्ख्या रहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरलाई मुख्य बस्ती बनाएका यहाँका आदिवासी, मूल रैथाने, आफ्नै संस्कृति, संस्कार र रीतिरिवाज मा जीवनयापन गरिरहेको समुदाय ज्यापु जाति हो । ज्यापु शब्दको व्युत्पत्ति खोज्दै जाँदा जयस्थिति मल्लकालीन नेपाल संवत् ५०० (अहिले नेपाल संवत् ११४१ चलिरहेको छ) को न्यायविकासिनी ग्रन्थसम्म पुग्न सकिन्छ । यसको पत्र ३९ ख मा ज्यापु शब्दको व्युत्पत्ति जनाउने प्रसङ्ग यसप्रकार पाइन्छ– ज्या’ (काम) र ‘पो’ (वा ‘पु’) अर्थात् रोप्ने काम गर्ने मानिसलाई ज्याला दिइसकेपछि खेतको राम्रो रोप्ने काम गर्नुप¥यो ।
न्यायविकासिनी मा अर्को प्रसङ्गमा ‘ज्यापे’ शब्द क्रियार्थक शब्दको रूपमा प्रयोग भएको पाइन्छ । ‘ज्यापो’ शब्द संज्ञा हो भने आजभोलिको ज्यापु शब्दको आदिशब्द ‘ज्यापोमि’ हो । यसको ‘मि’ प्रत्यय बिलाएर ‘ज्यापो’ वा ‘ज्यापु’ हुनगएको हो ।
मल्लराजा जगज्योति मल्ल (नेसं ७३३–७५६) को समय ‘ज्यापोमि’ ‘ज्यापुमि’ हुन गयो । जगज्योति मल्लको एउटा गीतमा ‘ज्यापुमि’ शब्द रहेको छ । काम लिनुपर्दा ज्यापुमि खोजिहिँड्ने र काम सकेपछि ज्याला नदिने भावसहित ज्यापुमि शब्दको प्रयोग सो गीतमा पाइन्छ । यसैगरी काठमाडौँका अन्तिम मल्लराजा जयप्रकाश मल्लको एउटा गीतमा पनि ‘ज्यापुमि’ शब्द रहेको छ । सो गीतमा ज्यापुमिहरूले खेत हात नपरेसम्म देउता र धर्म साक्षी राखी अरूको खेतमा काम गर्छन् भनिएको छ । यसप्रकार मल्लकालमा ज्यापोमि, ज्यापुमिको रूपमा ज्याला लिई काम गर्ने समुदायले राणाकालमा आएर एउटा जातिको आकार लियो ।
भूमिमाथि पुराना निवासी हरूको वर्चश्व भएकाले सम्मानस्वरुप यहाँका आदिवासीहरूलाई ‘भूमिपुत्र’को अर्थमा ज्यापु भन्न थालेको देखिन्छ । ‘ज्यापू’ र ‘भूमिपुत्र’ दुई भिन्न भाषाको एउटै अर्थ लाग्ने शब्द भएको दावी छ । ‘ज्यापु’ को ‘पु’ संस्कृत भाषाको ‘पुत्र’ वा पाली भाषाको ‘पुत्त’ शब्दको स्थानियकरण हो । गौतम बुद्धले जन साधारणले बोल्ने भाषा प्रयोग गर्ने क्रममा पाली भाषाले प्रश्रय पाएको र त्यसभन्दा बाहेक विशिष्ट क्षेत्रमा संस्कृत भाषाकै प्रयोग हुने गरेको तत्कालीन सामाजिक तथा साँस्कृतिक अध्ययनबाट थाहा हुन्छ । गौतम बुद्धको जीवनकालमा पाली भाषा सर्वसाधारणको सम्पर्क भाषाको रूपमा विकास भएको थियो । पाली भाषाका प्रयोगकर्ताहरू काठमाडौंमा आएपछि यहाँका आदिवासी वा भूमिपुत्रहरूलाई सहज रूपमा सम्मान गर्दै ‘ज्यापुत्त’ वा ‘ज्यापुत्र’ भन्ने क्रममा ‘ज्यापु’ भन्न थालेको देखिन्छ । संस्कृत भाषामा ‘ज्या’ शब्दले पृथ्वी वा भूमि जनाउने हुन्छ । त्यसैले इतिहास नबिर्सेको एउटा ज्वलन्त उदाहरण ‘ज्यापू’ शब्द हो ।
सन्दर्भ शुचि
१. चाणक्यको सिद्धान्त –चाणक्य
२. जनजाति उत्थान प्रतिस्थान किताब
३. समाज विज्ञानको रुपरेखा–महेस्वर डाहाल
४.मानिसको उत्पति र विकास – श्री भद्र शर्मा
५.जातिय स्वायत्तता र आत्मनिर्णयको अधिकार –भोगिराज चाम्लिङ
६. सिं, तुलसीलाल –‘ज्यापु’, मतिना वर्ष ३, अङ्क ११

