अमेरिकी साम्राज्यवाद अवसानतिर

-अपत्य शर्मा
विगतका ठूला साम्राज्यहरु साम्राज्य विस्तारका क्रममा एउटा विन्दुमा पुगेपछि पतन भएका छन् । दोस्रो विश्वयुद्धपछि पश्चिमी जगतको महाशक्ति बनेको अमेरिकी साम्राज्यवादी शक्ति पनि एक ध्रुवीयबाट बहुध्रुवीय भएको छ । अमेरिकी साम्राज्यवादी पनि विगतका साम्राज्यवादीको पतन भए जस्तै पतनको बाटोमा लम्कँदै छ । आज यो शक्ति मानव सभ्यता, शान्ति, लोकतन्त्र र मानवताको दुश्मन प्रमाणित भएको छ । यतिमा मात्र सीमित न भएर यसले आफ्नो चिहान आफै दिनप्रतिदिन खन्दै छ । विश्वव्यापी रुपमा शान्तिप्रिय, न्यायप्रेमी आम मानव जातिले घृणा गरिएको अमेरिकी साम्राज्यवादी शक्ति कसरी अवसानतिर जाँदैछ भन्नेबारेमा उसका सामाजिक, आर्थिक, राजनैतिक आदि पक्षहरु बारे चर्चा गरौं ।
अमेरिकाका आर्थिक आधारहरु क्यालिफोर्निया प्रविधि र मनोरञ्जन, टेक्सास उर्जा, तेल र ग्याँस, न्यूयोर्क वित्त र बैंकिङ, फ्लोरिडा पर्यटन र सेवालाई बलिया मानिन्छन् । त्यस्तै वासिंटन राज्य विमान निर्माण र प्रविधिका लागि, इलिनोइस उत्पादन, वित्त र यातायात पेन्सिल भेनिया र ओहायो परम्परागत उद्योगका लागि प्रख्यात छन् । सरल भाषामा क्यालिफोर्निया प्रविधि, टेक्सास उर्जा, न्यूयोर्क वित्त भनेर भन्न सकिन्छ । यी राज्यहरुका बलिया आर्थिक क्षेत्रहरुले नै सम्पूर्ण अमेरिकी अर्थतन्त्रलाई सन्तुलित राख्न मद्दत गर्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले “अमेरिका पहिलो” को नारा फलाक्ने गरेका छन् । ट्रम्पले यस्तो नारा फलाक्नुको पछाडि व्यापार, आप्रवासन र विदेश नीतिलाई घरेलु हितमा केन्द्रित गर्ने सोच हो । यसको अर्थ अमेरिकाका मजदुर, उद्योग र सिमाना पहिलो प्राथमिकतामा त्यसपछि अन्तर्राष्ट्रिय सम्झौता वा सैन्य प्रतिबद्धता पछि । अरु देशसँग व्यापार घाटा घटाउने आप्रवासन कडा पार्ने र नाटो जस्तो गठबन्धनमा अमेरिकाले तिर्ने भाग घटाउन जोड दिन्छ । तर उनका आलोचकहरु यो दृष्टिकोणले अमेरिका एक्लिने मित्रशक्तिसँगको गठबन्धनलाई कमजोर बनाउने र दीर्घकालीन विश्वसनीयतालाई घटाउने बताउँछन् । यसको परिणाम के भएको छ भने व्यापार, आप्रवासन र अन्तर्राष्ट्रिय सहयोगमा प्रतिकूल प्रभाव परेको बताइन्छ । आप्रवासीहरुलाई गिरफ्तार गर्ने विना कसुर हत्या गर्ने र फिर्ता पठाइने आप्रवासीहरुलाई ठूलो अक्षेम्य अपराधीलाई जस्तो हतकडी, नेल लगाएर फिर्ता पठाउनुले ट्रम्पको फासिष्ट नीति छर्लङ्ग भएको छ ।

अमेरिका विश्वको सबैभन्दा धनी कहलिए तापनि ४० ट्रिलियन अमेरिकी डलर भन्दा बढी ऋण भार छ । यो ऋण १० वर्षमा दोब्बरले बढेको छ । यसको मुख्य कारण धनाढ्यहरुको कर कटौती, बेपर्वाह सरकारी खर्च हो । अमेरिकाले धेरै तिर्नु पर्ने ऋण चीन, जापान, अमेरिकी नागरिक बैंक, फेडरल रिजर्भ बैंक छन् । अमेरिकाले लिएको ऋण भनेको ट्रेजरी बिल, नोटहरु र बन्डसहरु बेचेर लिएको ऋण हो । १० ट्रिलियन विदेशी ऋण हो भने ३० ट्रिलियन डलरको ऋण देशभित्रै लिएको ऋण हो ।

विश्वलाई आफ्नो मुठीमा गर्ने सपना देखेको अमेरिकाले विश्वका विभिन्न देशहरुमा सैन्य अखाडाहरु राखेको छ, जसको संख्या ७५० छन् । त्यसमा वायुसेनाका प्रमुख एयर वेसहरु पनि सामेल छन् । यी अमेरिकी सैन्य अखाडाहरु विश्वका ८० भन्दा बढी देश र क्षेत्रहरुमा फैलिएका छन् । अमेरिका भित्र नै पनि ५० भन्दा बढी ठूला र सक्रिय एयरवेशहरु छन् ।
विश्वमा रहेका अमेरिकी मुख्य एयरवेसहरुको विस्तृत विवरणः

(१) एसिया प्यासिफिक क्षेत्रः
यो क्षेत्रमा अमेरिकाले चीन र उत्तर कोरियाको गतिविधिलाई निगरानी गर्न र आफ्ना मित्र राष्ट्रहरुको सुरक्षाका लागि ठूला एयर वेसहरु बनाएको छ । (सिकागो काउन्सिल अन ग्लोबलाइजेसन)
(क) काडेना एयरबेस जापानको ओकिनावा टापुमा छ र एसियामा अमेरिकाको सबैभन्दा ठूलो र महत्वपूर्ण एयरवेस मानिन्छ । यहाँ हजारौं अमेरिकी सेनाको मुख्य सैन्य मुख्यालय र यातायातको केन्द्र हो । त्यहाँ रहेका अमेरिकी सेनाहरुले बेलाबखत बलात्कार काण्ड मच्चाउँछन् र त्यहाँका जनतालाई अपमानित गर्ने गर्छन् । पीडित जापानी जनताले त्यस एयरबेस हटाउन संघर्ष गर्दै आएका छन् ।
(ख) ओसान एयरबेस दक्षिण कोरिया र उत्तर कोरियाको सिमाना नजिकै छ । यहाँ अमेरिकाको ७ औं वायुसेनाको मुख्यालय छ र यसले तीव्र सैन्य कारवाहीका लागि काम गर्छ ।
(ग) कुन्सान एयर वेस यो पनि द. कोरियामा रहेको यो टापुको अखाडा (बेस) हो । यहाँबाट अमेरिकाले आफ्ना लामा दुरीका वम वर्षकको संचालन गर्छ । द. कोरियामा लगभग ७३ वटा वेसहरु छन् । यहाँ रहेका “क्याम्प हम्प्रीज” क्षेत्रफल र जनसंख्याको हिसावले अमेरिकाको सबैभन्दा ठूलो वैदेशिक सैन्य अखाडा हो ।
क्षेत्र अनुसार अमेरिकी अखाडाहरुः
(क) पूर्वी एसिया र प्रशान्त क्षेत्रमा जापान र द. कोरिया बाहेक अस्ट्रेलिया, फिलिपिन्स र गुआम (अमेरिकी क्षेत्रमा ठूला बेस छन् । यी क्षेत्रमा चीनको प्रभाव रोक्नु हो ।
(ख) यूरोपेली मुलुकहरुमा जर्मनीका साथै इटालीमा ४४ वेशहरु, बेलायतमा २५, पोर्चुगल, पोल्याण्ड, ग्रीस जस्ता नाटो सदस्य राष्ट्रहरुमा अमेरिकी अखाडा छन् ।
(ग) मध्यपूर्वमा पनि ठूला बेस छन् । कतारको अल उदेद एयर वेस अमेरिकी सेनाको सबै भन्दा ठूलो कमाण्ड सेन्टर छ । यस बाहेक बहराइन, कुवेत र साउदी अरवमा पनि अखाडा छन् ।
(घ) अफ्रिका र ल्याटिन अमेरिकामा अफ्रिकाको जिबुटीमा अमेरिकाको महत्वपूर्ण अखाडा छ । ल्याटिन अमेरिकामा क्युवाको गुआन्तानामो बेमा चर्चित पुरानो नौ सैनिक अखाडा छ ।
सैन्य अखाडा २ किसिमका छन् । ठूला अखाडा १० एकड भन्दा ठूला र व्यापक सुविधा सम्पन्न भएका शहर जस्तै हुन्छन् । जसमा अमेरिकी सैनिकका परिवारका लागि स्कूल, अस्पताल र सपिङ सेन्टरहरु समेत हुन्छन् । कुल बेसको ६० प्रतिशत भाग यस्तै ठूला बेसले ओगटेका छन् । नेपालमा अमेरिकी सेनाको अखाडा नेपालमा नभए पनि अमेरिकी दुतावासको सुरक्षाका लागि खटिने सीमित मरीन गार्डहरु र कुटनीतिक सैनिक अधिकारीहरुको संख्या गोप्य छ । तर नेपालका प्रतिक्रियावादी शासकहरुले अङकल सामलाई खुशी पार्न एमसिसि पास गरेको सर्वविदितै छ ।

अब अमेरिकाको रक्षा बजेट र सैन्य शक्तिबारे चर्चा गरौं । अमेरिकाको रक्षा बजेट करिब ९२० अर्बदेखि ९६० अर्ब अमेरिकी डलर (लगभग ९ देखि ९५० विलियन डलर) को हाराहारीमा रहेको छ, जुन विश्वको कुल सैन्य खर्चको ४० प्रतिशत हो । यो रक्षा बजेट खर्च चीन, रुस र भारत लगायतका अन्य ठूला देशहरुको संयुक्त खर्च भन्दा पनि बढी छ ।
अमेरिकाको मरीन कप्र्स करिव १ लाख ७२ हजार, स्पेस फोर्स (अमेरिकी अन्तरिक्ष फौज) करिब १० हजार ४०० जति छन् । स्थल सेनासँग करिब ४,६०० ट्याङ्क छन् भने करिब नौ सय हेलिकोप्टर, करिब नौ हजार ५ सय ड्रोन प्रणालीहरु छन् । जलसेनासँग करिब २९० लडाकु जहाज, करिब ७० पनडुब्बी र लगभग २१५ सपोर्ट जहाज छन् । वायु सेनासँग करिब ५००० विमानहरु तथा अन्य सहयोगी विमानहरु पनि छन् । अमेरिकाको स्थल सेनामा सक्रिय करिब ४ लाख ५४ हजार जति सैनिक छन् । त्यसबाहेक आर्मी नेशनल गार्ड र आर्मी रिजर्भ पनि हुन्छ, जसमा २०२६ मा करिब ३,२८००० र १७२००० जति रिजर्भ बल अधिकृत छन् । त्यसैले अमेरिकाको स्थलसेना सक्रिय करिब ४ लाख ५४ हजार जति छन् ।

उपरोक्त सैन्य शक्तिका लागि चाहिने सम्पूर्ण हातहतियार, युद्धपोत, वायुयान, बन्दोबस्तीका सामान आदि अमेरिकी सरकारले उत्पादन नगरेर सबैको उत्पादन निजी कम्पनीहरुले गर्छन् । स्मरणीय छः अमेरिका लगायत धेरै जसो पश्चिमी मुलुकहरुमा प्रतिरक्षा ठेक्का (डिफेन्स कन्ट्राक्ट) निजी कम्पनीहरुले नै पाउँछन् । यसकारण साम्राज्यवादी अमेरिका लगायत विकसित पुँजीवादी मुलुकहरुमा नाफाको निजीकरण र घाटा चाहिं सामाजिकीकरण हुन्छ । यसरी निजी कम्पनीहरुलाई हातहतियार तथा सम्पूर्ण रक्षाका सामान उत्पादन गर्न दिनुका कारणहरुमा के तर्क दिइन्छन् भने पुँजीवादी अर्थतन्त्र, आर्थिक दक्षता र प्रतिस्पर्धात्मक उत्पादन हो । पुँजीवादी उत्पादन प्रणाली अन्तर्गत सरकारले आफै उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई जिम्मा लगाउनु अमेरिकी सरकारको मुख्य नीति हो, किनभने निजी कम्पनीहरुसँग अत्याधुनिक प्रविधि, विज्ञता र ठूलो मात्रामा उत्पादन गर्ने क्षमता हुन्छ। सरकार आफैले कारखाना चलाउँदा खर्च धेरै र व्यवस्थापन जटिल हुन्छ । अमेरिकाका ठूला ८ वटा कम्पनीहरुले रक्षाका हातहतियार वायुयान आदि उत्पादन गर्छन् जसका नामहरुः
(१) लकहिड मार्टिन ः मिसाइल, एफ ३५, जस्ता लडाकु विमान, रकेट अन्तरिक्ष प्रणाली ।
(२) आर टिएक्स (राथि ओन) मिसाइल र वायुरक्षा प्रणाली ।
(३) नर्थरोप गु्रपम्यान ः विश्व बम्बर, ड्रोन, राडार तथा रक्षा प्रणाली ।
(४) बोइङ डिफेन्स–लडाकु विमान, सैन्य विमान, ड्रोन ।
(५) जनरल अटोमिक्स ः प्रिडेटरा रिपर जस्ता सैन्य ड्रोन ।
(६) जनरल डाइनामिक्स ट्याङक, पनडुब्बी, सैन्य सवारी तथा हतियार प्रणाली ।
(७) एल ३ हारिस टेक्नोलजीज–राडार सैन्य इलेक्ट्रोनिक्स तथा संचार ।
(८) एनडुरिल इन्डस्ट्रीज –ड्रोन स्वायत्त रक्षा प्रणाली र सेन्सरहरु । यी मध्ये लकहिड मार्टिन, आरटिएक्स, नर्थरोप, ग्रुमम्यान र बोइङ अमेरिकी रक्षा उद्योगका रुपमा ठूला कम्पनी हुन् ।
दोस्रो विश्वयुद्ध पछि अमेरिकी डलरको विश्वव्यापी प्रभुत्व संस्थागत रुपमा देखिन थाल्यो । १९४४ को ब्रिटन उड्स सम्मेलनले अमेरिकी डलरलाई सुनसँग जोड्यो । दोस्रो विश्वयुद्धपछि अमेरिकासँग ठूलो सुनको भण्डारले गर्दा ठूलो आर्थिक शक्ति बन्यो । त्यसपछि अन्तर्राष्ट्रिय व्यापार विदेशी मुद्रा सञ्चितिमा डलरको प्रयोग तीव्र रुपमा बढ्यो । डलरको प्रभुत्व १९४५ पछि मात्र होइन, पहिलो विश्वयुद्ध पछि बेलायती पाउण्ड कमजोर हुँदै गएपछि विस्तारै बढ्न थालेको थियो । तर पनि के प्रश्न मनमा उठ्छ भने कसरी अमेरिकासँग ठूलो परिमाणमा सुन थुप्रियो । यसका कारणहरुः (क) क्यास आइनु क्यारी नीति अमेरिकाले सुरुमा युद्धमा सिधा भाग नलिएर नगद तिर्ने र सामान लैजाने नीति अपनाएको थियो । यसले गर्दा यूरोपेली मुलुकहरुले अमेरिकी सामान किन्न आफ्नो सुन र खानीको सुन अमेरिका पठाए । (ख) यूरोपको विनास र सुरक्षित भण्डारणले गर्दा यूरोपका अधिकांश उद्योग र अर्थतन्त्र युद्धले ध्वस्त भए । जर्मनी लगायतका आक्रमणबाट बचाउन बेलायत, फ्रान्स आदि देशहरुले आप्mनो राष्ट्रिय सुनको केही भाग अमेरिकाको फेडरल रिजर्भ बैंकमा सुरक्षित राख्न पठाए ।
(ग) उद्योग र अर्थतन्त्र सुरक्षित भएकाले यहाँका उद्योगहरुले विश्व बजारमा एक छत्र राज गरेर अमेरिका विश्वकै धनी र शक्तिशाली राष्ट्र बन्यो । अमेरिका विश्वको सबैभन्दा धनी भएपछि उसको मुद्रा डलर पनि शक्तिशाली भयो र सुन जस्तै डलरलाई पनि विश्वका बैंकहरुले ढरौटीका रुपमा राख्न थाले । अत्यधिक मुद्रास्पितिले व्यापार व्यवसाय सबै चौपट भएपछि विश्वका अमेरिका बाहेक करिब ७ देखि ११ वटा देशहरु र क्षेत्रहरुले डलरलाई आफ्नो आधिकारिक राष्ट्रिय मुद्राको रुपमा प्रयोग गर्छन् । यसलाई डलराइजेसन भनिन्छ । जस जसले डलरलाई राष्ट्रिय मुद्राको रुपमा प्रयोग गर्नुको उद्देश्यमा के भनिन्छ भने (१) महंगी नियन्त्रण गर्न, विदेशी लगानी आकर्षित गर्न, व्यापार सहजताका लागि अन्तर्राष्ट्रिय व्यापार गर्न डलरलाई साटिरहनु नपर्ने भनिन्छ । डलराइजेसन गर्ने मुलुक तथा क्षेत्रहरुमा (१) इक्वेडर (२) एलसाल्भाडो र (३) तिमोर लेस्टे पूर्वी टिमोर (४) पालाउ (५)माइक्रोनेसिया (६) मार्सल टापु (७) पानामा (८) जिम्बाब्बे, यी बाहेक ब्रिटिश भर्जिन टापुहरु, टक्र्स र काड्कोस, बेनेयर सावा र सिन्ट युस्टेरियस जस्ता केही क्यारेवियन तथा प्रशान्त क्षेत्रका टापुहरु ।
विश्वव्यापी डलरीकरण भनेको अमेरिकी साम्राज्यवादीको प्रभुत्वको एउटा शक्तिशाली आर्थिक हतियार र दासता हो । तर यो अमेरिकी डलरको प्रभुत्व र एकाधिकारका विरुद्ध डि–डलराइजेसन पनि विश्वमा बढ्दो क्रममा छ । डि–डलराइजेसन भनेको विश्वव्यापीरुपमा अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार र मुलुकहरुको विदेशी मुद्रा सञ्चितिमा अमेरिकी डलरको अत्याधिक प्रभाव र निर्भरतालाई घटाउने प्रक्रिया हो । अर्को शब्दमा भन्नुपर्दा जब विभिन्न देशहरुले आपसमा व्यापार गर्दा वा आफ्नो सञ्चितिको रुपमा डलरको सट्टा आफ्नै स्थानीय मुद्रा वा अन्य वैकल्पिक मुद्राहरुको प्रयोग गर्न थाल्दछन् त्यसैलाई डि–डलरीकरण भनिन्छ ।

डि–डलरीकरणका कारणहरुः
(१) डलरीकरण अमेरिकी साम्राज्यवादीले एउटा बलियो राजनीतिक हतियारको रुपमा प्रयोग गर्दै आएको छ । अमेरिकाले आप्mना विरोधी मुलुकहरुलाई दुःख दिन र आफ्नो आर्थिक, राजनैतिक स्वार्थ विपरीत नीति लिने देशहरुलाई आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ । अमेरिकाले रुस जस्ता देशहरुमाथि प्रतिबन्ध लगाउँदा उनीहरुको डलर खाता र स्वीप्mट प्रणालीले रोक्का गरिदियो । यसले गर्दा अन्य देशहरुलाई पनि भोलि हामीलाई पनि यस्तै प्रतिबन्ध लगाउन सक्छ भन्ने डर पैदा ग¥यो । क्धषत सोसाइटी फर वल्र्ड वाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसनले यो विश्वभरका बैंक तथा वित्तिय संस्थाहरुका बीच अन्तर्राष्ट्रिय सम्बन्धी सुरक्षित सन्देश पठाउने प्रणाली हो । यसमा महत्वपूर्ण पक्ष के हो भने स्विफ्ट आफै पैसा पठाउने बैंक वा पैसा राख्ने प्रणाली होइन । यसले मुख्यतः एउटा बैंकले अर्कोलाई “फलानो खातामा यति रकम पठाउनोस्” भन्ने सुरक्षित सन्देश पठाउँछ ।

(२) विश्वका अन्य देशहरु आर्थिक स्वतन्त्रता चाहन्छन्, किनभने अमेरिकी अर्थतन्त्रमा आउने उतारचढाव, चर्को ऋण र मुद्रास्फितिको असर विश्वभरका देशहरुमा नपरोस् भनेर उनीहरु आत्मनिर्भर हुन चाहिरहेका छन् ।
(३) ब्रिक्स राष्ट्रहरु ब्राजिल, रुस, भारत, चीन, द. अफ्रिका जस्ता देशहरुले डलरको विकल्पमा स्थानीय मुद्रामा व्यापार बढाउने अभ्यास नै गरिरहेछन् । अहिले बैंकहरुले स्विफ्ट प्रणालीद्वारा सन्देश पठाएर कारोबार गर्छन् । ब्रिक्सले चाहेको के हो भने आप्mनै देशहरुबीच बैकल्पिक भुक्तानीको व्यवस्थाको विकास गर्नु हो जसले डलर र पश्चिमी वित्तीय संरचनामाथि पूर्ण निर्भर हुनु नपरोस् । तर ब्रिक्सले हालका लागि स्विफ्टको पूर्ण विकल्प स्थापना गरेको छैन । बरु आफ्ना राष्ट्रिय भुक्तानी प्रणाली जोडेर सीमापार कारोबार सजिलो बनाउने उपायहरुमा काम भइरहेछ । यसको ठूलो उद्देश्य भनेको व्यापार भुक्तानीमा अझ बढी स्वतन्त्रता र सन्तुलन ल्याउनु हो । ब्रिक्सको १८ औं शिखर सम्मेलन नयाँ दिल्लीमा सेप्टेम्बर १२–१३, २०२६ मा भयो । नयाँ दिल्ली घोषणा २०२६ सर्वसम्मत रुपमा पारित गरेको छ । जसमा १४० बुँदा ४५ पृष्ठमा छापिएको छ। यो ब्रिक्सको इतिहासमै सबैभन्दा ठूलो विस्तृत दस्तावेज हो । यसको सबैभन्दा ठूलो विशेषता भनेको नै अमेरिकी डलरको प्रभुत्व समाप्त गरेर आ–आफ्ना राष्ट्रिय मुद्रामा कारोबार र व्यापार गर्नु हो। ब्रिक्स यति सशक्त रुपमा आएको छ कि डलरको साम्राज्यलाई ठूलो धक्का दिनेछ, किनभने ब्रिक्सले विश्वको ठूलो जनसंख्या यसमा सामेल भएको छ । अहिले ११ वटा पूर्ण सदस्य छन्, जसमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब, युएई (संयुक्त अरब इमिरेट) त्यसमा इन्डोनेसिया जसलाई १ जनवरी २०२५ देखि पूर्ण सदस्य बनाइएको छ । ब्रिक्सले सहकार्य गर्ने (पार्टनर कन्ट्री) भनेर छुट्टै श्रेणी पन बनाएको छ, जसमा बेला रुस, बोलिभिया, क्युबा, कजाकिस्तान, मलेसिया, नाइजेरिया, थाइल्याण्ड, युगाण्डा, उज्बेकिस्तान र भियतनाम छन् । यी मुलुकहरुको जनसंख्या भनेको करिब ५.१५ अर्ब हो ।

अमेरिकी साम्राज्यवादीको साम्राज्यवादी प्रभुत्व र शक्ति भनेको डलरको विश्वासनीयता हो । त्यो अब क्रमशः घट्दै छ । डलरको प्रभुत्व भनेको विश्वव्यापी व्यापार, वित्तीय बजार, अमेरिकी ट्रेजरीको व्यापक गहिरो बजार, पेट्रोडलर र तेल कारोबारको परम्परासँग जोडिएको चक्र जस्तै हो । डलरको प्रभुत्वको विरुद्ध यूरोपेली युनियनले यूरोलाई साझा मुद्रा बनाउनु हो । विश्वमा डलरको हिस्सा तीव्र रुपमा घट्दै गएको संकेत विश्वको विदेशी मुद्रा सञ्चितीमा आइएमएफका अनुसार २०२६ को पहिलो त्रैमासिकमा अमेरिकी डलरको सञ्चिती ५७ प्रतिशत छ । जब कि सन् २००० को दशकको शुरुमा ७० प्रतिशत भन्दा माथि थियो ।

अमेरिकी साम्राज्यवाद, दिनप्रतिदिन अवसानतिर जाँदैछ भन्ने तथ्यमाथि दिइएका विवरणले प्रष्ट पारेको छ । अब उसले आप्mनै मित्र शक्तिलाई पनि दुश्मनको श्रेणीमा राखेको छ । कारणमा क्यानाडालाई चर्को अन्तःशुल्क लगाउनु र ५१ औं राज्य बनाउने धम्की दिनु, आप्mनै सहयोगी डेनमार्कको ग्रीनल्याण्डलाई अमेरिकामा मिलाउने घोषणाले यूरोपेली मुलुकहरु चिढिदै छन् । अमेरिकी साम्राज्यवादी तथा जातिवादी जाइनिस्ट इज्रायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेर दुई चार दिनमै इरानी सत्तालाई घुँडा टेकाउने सपना देखेकोमा ७ महिना बित्न लाग्दा पनि इरानलाई परास्त गर्न सकेको छैन । भेनेजुएलामा एकै दिनमा आक्रमण गरेर राष्ट्रपति मदुरो र उनको श्रीमतीलाई बन्दी बनाएर अमेरिका लगेको छ। यसरी भेनेजुएलाको ठूला तेलखानीमाथि अमेरिकाले अधिकार गरेको छ । इरानलाई सजिलै परास्त गरेर इरानको तेलमाथि अधिकार गर्ने सपना अधुरै छ। अमेरिकी साम्राज्यवादीका सहयोगी नाटो आबद्ध राष्ट्रहरुसँग राष्ट्रपति ट्रम्पले सहयोगको याचना गर्दा पनि कसैले पनि आक्रमण गर्न गएका छैनन् । यसरी अमेरिकी साम्राज्यवाद एक्लिंदै गएको छ । यो लेख तयार पार्दासम्म इरानले मध्यपूर्वमा रहेका अमेरिकी तथा उसका सहयोगी ८ वटा देशहरुमा रहेका २० वटा भन्दा बढी सैन्य अखाडामा आक्रमण गरेर ठूलो क्षति पु¥याएको छ । मध्यपूर्वका देशहरुको सुरक्षाको जिम्मा अमेरिकाले लिएकोमा उसका शक्तिशाली राडार, शक्तिशाली व्यालेस्टिक मिसाइल र ड्रोनहरुले इरानी मिसाइ र ड्रोनहरुलाई रोक्न सकेका छैनन् । बहराइनमा रहेको अमेरिकाको पाँचौं फिल्ट मुख्यालयको जलसेनाको कमाण्ड सेन्टरलाई इरानले निशाना बनाएपछि अमेरिकाले आफ्नो सप्लाई लाइन नै टाढा सार्न बाध्य भयो । यसले के छर्लङ हुन्छ भने अमेरिकी विमान मिसाइल र ड्रोनहरुको व्यापारमा ठूलो कमी आउने विज्ञहरुले बताउँदै छन् । पेन्टागनको इन्स्पेक्टर जनरलको प्रतिवेदन अनुसार इरानी व्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणले गर्दा मध्यपूर्वमा रहेका अमेरिकी अखाडाहरुमा सयौं भवन तथा संरचनाहरु ध्वस्त हुनुका साथै ६० वटा जति अमेरिकी विमानहरु नष्ट वा क्षतिग्रस्त भएका छन् । अमेरिकालाई करिब ३.७ अरब डलर बराबरको सैन्य उपकरणको क्षति पुगेको छ । इरानको दाबी अनुसार अमेरिकी अत्याधुनिक शक्तिशाली एफ १५ विमान खसाली सकेको छ । इरानसँगको युद्धमा सेप्टेम्बर २०२६ सम्म अमेरिकाको कुल खर्च ४३.६ अर्बडलरदेखि ४५.१ अर्ब डलर पुगेको छ । यदि युद्ध जारी रहेमा प्रति महिना थप २ अर्बदेखि ३ अर्ब डलर खर्च हुने अनुमान छ । (न्यूयोर्क टाइम्स)
स्मरणीय छः साम्राज्यवादी अमेरिका लगायत विकसित पुँजीवादी मुलुकहरुमा नाफाको निजीकरण हुन्छ भने घाटाको चाहिं सामाजिकीकरण हुन्छ अर्थात् ऋण भार साधारण जनताको टाउकोमा हुन्छ ।

अन्तमा विश्वबाट अमेरिकी साम्राज्यवादी एक्लिँदै गएका छन् भने आन्तरिक रुपमा पनि समाजवादी तथा कट्टरपन्थीहरु उनीहरुप्रति बढ्दै गएको निगरानीका विरुद्ध संघर्षरत छन् । उनीहरुको भनाईमा यसरी बढ्दो निगरानीले उनीहरुको गोपनीयता र स्वतन्त्रताको उल्लंघन बताउँदै छन् । अमेरिकी युवाहरु दिनप्रतिदिन समाजवादी विचारधाराप्रति आकर्षित हुँदै गएका छन् । पछिल्लो सर्वेक्षण अनुसार समाजवादलाई सकारात्मक रुपमा हेर्ने अमेरिकी वयस्क करिब ४३ प्रतिशत छन् । डेमोक्रेट पार्टीमा पनि समाजवादी बहस बढ्दो छ । न्यूयोर्कमा आयोजित ८१ औं महासभामा ट्रम्पले सम्बोधन गर्दा इरानलाई समाप्त गर्ने अभिव्यक्ति दिंदा उपस्थित विश्वका प्रतिनिधिहरुले बहिष्कार गर्नुले अमेरिका अवसानतिर जाँदैछ । भियतनाम अफगानिस्तानमा लज्जास्पद हार बेहोरिसकेको छ भने इरानसँगको युद्धमा पनि हार बेहोर्ने सम्भावना देखिंदैछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित