सहिद स्मृति प्रतिक्षालयको भब्य उद्घाटन

 

तनहुँ,असोज १८ ।
भिमाद न .पा. ४ रजी डाडा तनहुँमा सहिद स्मृति प्रतिक्षालयको भब्य उद्घाटन गरिएको छ । जहाँ जनयुद्धका क्रममा दुइजना युवाहरु(चिजामाया कुमाल(जमुना)र नरेश परियार(रक्तिम)ले साहादत प्राप्त गरेका थिए।उनीहरुकै स्मृतिमा २०८३ असोज १८ गते आइतबारका दिन चिजा –नरेश प्रतिक्षालय उद्घाटन भयो। उपभोक्ता मन्चका अध्यक्ष दिपकको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री हरिबहादुर चुमान,विशिष्ट अतिथि भिमाद न. पा. का उपमेयर शारदा खनाल,सहिद परिवारको तर्फबाट चिजाका बुवा हिरा ब. कुमाल,चिजाका श्रीमान,बेपत्ता परिवार,नेपाली कम्युनिस्ट पार्टीका केन्द्र देखि जिल्लाका प्रमुखहरु, क्रान्तिकारी कम्युनिस्ट पार्टी ७ नम्बर ब्युरो सचीव श्याम के सी,केन्द्रीय सदस्य बाबुराम सुवेदी (दिनेश),केन्द्रिय सल्लाहाकार रामजी थापा,तनहु जिल्ला सेक्रेटरी नारायण लम्साल,ने क पा एमाले,रा स्व पा ,नेपाली काङ्ग्रेसका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए।
शहिद परिवार,बेपत्ता परिवार, स्थानिय आमा समूह लगायत थुप्रै जनसमुदायको उपस्थिति रहेको कार्यक्रमलाइ अमृत सिग्देलले स्वागत गरेका थिए भने सन्चालन भक्त रसाइलिले गरेका थिए।उक्त अवसरमा सहिद परिवार,बेपत्ता परिवारलाई दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो।कार्यक्रमको बिच विचमा सङ्गम सांस्कृतिक मन्चका कलाकारहरुले मन्चको परिचय सहित बिबिध जनवादी गीतहरु प्रस्तुत गरेका थिए।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित