पानसरी खड्काप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पोलिटब्यूरो सदस्य शेरकुमार खड्का ‘गति’ का ममतामयी आमा पानसरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८३ असोज १२ गते एक शोक वक्तव्य प्रकाशित गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । खड्काको आज कृतिशेष भएको दुःखद खबरले मर्माहत बनाएको वक्तव्यमा जनाउँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ । – “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य शेरकुमार खड्का ‘गति’ का ममतामयी आमा कमरेड पानसरी खड्काको आज बिहान कृतिशेष भएको दुःखद खबरले हामीलाई मर्माहत बनाएको छ । उहाँका जीवनसाथी खम्बबहादुर खड्का, पाँच छोराहरु शेरकुमार खड्का, नन्दकुमार, इन्द्रकुमार, गोपालकुमार र लोक खड्का हुनुहुन्छ भने छोरीहरु मुनाकुमारी हुनुहुन्छ । विस २००५ सालमा चैत्रमा जन्मुनुभएकी कमरेड पानसरी खड्का रक्त अल्पताको समस्याबाट पीडित हुनुहुन्थ्यो । हाम्रो पार्टी उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै उहाँका परिवारजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दछ । यसका साथै नयाँ जनवाद–वैज्ञानिक समाजवादप्रति विश्वस्त उहाँ हाम्रो पार्टीको सदस्यपनि भएकोले उहाको सपना पूरा गर्न पार्टी प्रतिवद्धता जाहेर गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित