अमेरिकाले गर्यो सुडानबाट आफ्ना नागरिकको उद्धार

बैशाख १०,काठमाण्डौ । अमेरिकाले सुडानबाट आफ्ना नागरिकको उद्धार गरेको छ । सुडानमा कार्यरत आफ्ना नागरिकको उद्धार गरिएको बाइडेन प्रशासनले जनाएको छ ।

विषेश सुरक्षाका साथ आफ्ना नागरिकको हवाई उद्धार गरिएको छ । सुडानमा कार्यरत कुटनीतिज्ञ र उनका परिवारको सकुशल उद्धार गरिएको हो । सुडानमा गत हप्तादेखि सेना र अर्धसैनिक बल (आर.एस .एफ.)काबीचमा युद्ध जारी छ ।

राजधानी खार्तुम लगायतका शहरमा लडाइँ जारी छ ।दुवैको लडाइँमा परि सय भन्दा बढिको मृत्यु भएको छ भने हजारौँको संख्थामा घाईते भएका छन् । बिजुली, खानेपानी आपूर्ति हुन सकेको छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित