बेङ्गलोर उत्तर नगर समितिको भेला सम्पन्न

बेंग्लोर । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर उत्तर नगर समितिको १६ औँ सम्मेलन पछिको दोस्रो भेला १६ अप्रिल २०२३ का दिन सम्पन्न भएको छ ।

कार्यक्रमको अतिथिहरु केन्द्रीय प्रतिनिधि धर्म राम विक, सचिव रामसिंह विक, केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका संवाददाता करन दयाल, केन्द्रीय सल्लाहकार सदस्य तथा दक्षिण नगर समितिका उपाध्यक्ष सेर बहादुर दयाल, महिला क्षेत्रिय विभागकी सदस्य कलावती दयाल, अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय समितिकी सदस्य नविना दयालको रहेका थियो । आशन ग्रहण पछि सहिद प्रति एक मिनेट मौनधारण सहित भेलाको अघि बढेको थियो ।

भेलाको उद्घाटन अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव रामसिंह विकले दिपप्रज्वलन गरी तालीको गडगडाहटका साथ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता रामसिंहले भने–‘अहिले अखिल भारत नेपाली एकता समाज माथि दक्षिणपन्थी अवसरवादीहरुले चौतर्फी भ्रमजाल फिजाईरहेका संक्रमणकालीन अवस्थालाई चुनौती दिदै अखिल भारत नेपाली एकता समाजको अविरल यात्रा कसैले रोक्न नसक्ने, १० देखि १२ सेप्टेम्बर २०२३ मा आठौँ अखिल भारत नेपाली सम्मेलन भारतको राजधानी दिल्लीमा हुनु गइरहेको छ । सम्मेलनले भारतस्थित नेपालीहरुलाई अखिल भारत नेपाली एकता समाजमा गोलबन्द गराउने छ ।’

शुभकामना मन्तव्य दिनेहरुमा केन्द्रीय सल्लाहकार सदस्य सेर बहादुर दयाल, महिला क्षेत्रीय विभागकी कलावती दयाल, अखिल भारत नेपाली विद्यार्थी दक्षिण भारत क्षेत्रीय समितिकी सदस्य नविना दयालले दिएका थिए । नव निर्वाचित समितिको प्यानल प्रस्तुत प्रतिनिधि धर्म राम विकले गरेका थिए ।

भेलाले दिलिप विक.को अध्यक्षतामा १५ पूर्ण २ बैकल्पिक र ८ सल्लाहकार २ गरी २५ जनाको समिति चयन गरेको छ । उपाध्यक्ष गगन परियार, सचिव सुरेश परियार, सहसचिव हर्क भण्डारी र कोषाध्यक्ष भारती परियार रहेका छन् । सदस्यहरुमा शान्ति परियार, राज पार्की, गोपाल परियार, गोरख परियार, नितु परियार, दिपु परियार, रामसिंह जिएम, गणेश परियार र दिनेश परियार रहेका छन् । समितिको सदस्य पदमा एक रिक्त रहेको छ ।

समितिको बैकल्पिक सदस्यहरूमा संकरविक र बलदेव विक रहेकाछन् । समितिको सल्लाहकारमाकृष्ण परियार, गंगा परियार, जमरा परियार, युज्जा परियार, जानु परियार, चनत्या परियार, जय सिंह र कृष्ण नेपाली रहेका छन् ।

नव निर्वाचित समितिलाई केन्द्रीय प्रतिनिधि धर्मराम विक, केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका संवाददाता करन दयालले बधाई दिएका थिए । नव निर्वाचित समितिलाई अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका अध्यक्ष किसन बहादुर विक, केन्द्रीय सदस्य गणेश विक, महिला क्षेत्रीय विभागकी मिना विकले शुभकामना संदेश पठाएका थिए । सो शुभकामना सन्देश केन्द्रीय सचिव रामसिंह विकले वाचन गरेका थिए ।

उपस्थित जनमानसलाई शब्दबाट शान्ति परियारको स्वागत रहेको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत र संगीतबाट स्वागत गरेका थिए । भेलाको अध्यक्षता कृष्ण परियारले गरेका थिए । कार्यक्रमको संचालन करन दयालले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित