काठमाडौ । गत वैशाख १० को उपनिर्वाचनमा तीन सिटमा निर्वाचन भए मध्ये तनहुँ एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले विजय हासिल गरेका छन् । चितवन दुईमा स्वतन्त्र पार्टीकै अध्यक्ष रवि लामिछानेले जितेका छन् । बारा दुईमा समाजवादी पार्टीका उपेन्द्र यादव मतगणनामा अगाडि छन् भने । कडा प्रतिस्पर्धा छ । परम्परागत राजनीतिक दलहरुको पराजय भएको छ ।
तनहुँ–१ मा स्वर्णिम वाग्ले १४,३८८ मतान्तरसहित निर्वाचित भएका छन् ! राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्ले ३४,४८० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले २०,०९२ मत र एमालेका सर्वेन्द्र खनालले ८,५५४ मत प्राप्त गरे । दस गते चुनाव सकिए लगत्तै सोही रातीबाट मत गणना गर्न थालिएकोमा वैशाख १२ गते विहान ४ वजे तिर नै वाग्लेको पक्षमा मत परिणाम टुङ्गो लागिसकेको थियो । वाग्लेले गत मंसिरको चुनावमा चितवनबाट नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका थिए तर उनलाई काङ्ग्रेसले टिकट दिएको थिएन ।
चितवन दुईमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रबि लामिछानेले ५४१७६ मत उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ र एमालेका राम प्रसाद न्यौपानेले १०९३६ मत प्राप्त गरेका छन् ।
बारामा जनता समाजवादी पार्टी ,नेपालका उपेन्द्र यादव यो समाचार तयार पार्दासम्म १८०९६ मत प्राप्त गरेका छन् ।
उनका प्रमुख प्रतिद्वन्द्वी जनमत पार्टी नेपालका शिवचन्द्र प्रसाद कुसवाहले १३०८३ र नेकपा (एमाले) का पुरुषोत्तम पौडेल ५४५९ मत प्राप्त गरेका छन् ।
यस भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको नत लामो राजनीतिक इतिहास छन् गणतन्त्र ल्याउनमा यसको योगदान छ । भर्खर जन्मिएको पार्टीले प्राप्त गरेको यो मत परिणामबाट सबै चकित परेका छन् ।
किन चुनावमा परम्परागत पार्टीहरुले हारे र भर्खर जन्मिएको पार्टीले जित्यो भन्ने प्रश्नमा समीक्षा सुरु भएको छ । सत्ता र शक्तिमा रहँदै आएका दलहरु प्रति जनताको वितृष्णा प्रकट भएको हो भन्ने आमजनताको बुझाई छ । यिनले राम्रो गर्ने छन् भन्ने विश्वासले भन्दा पनि कांग्रेस, एमाले, माओवादी केन्द्र प्रति वाक्क भएर यो मत देखाएका हुन भने बुझिन्छ । नयाँले राम्रो गरे गर्ला नगरे नगर्लान् सधै यिनी दबदबा जनताले किन सहने भनेर यो निर्णय गरेका हुन । कतिले यसलाई शान्तिपूर्ण विद्रोह प्रकट भएको शान्तिपूर्ण विद्रोह पनि भन्ने गरेका छन् । राजनीतिशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक अर्जुन आर्यालले “हामीले नै गणतन्त्र लिएका हांै । यो हाम्रै व्यवस्था हामीलाई कसले के गर्न सक्छ भन्ने अहकारी पुराना पार्टीमा रहयो । त्यसले यस्तो बनायो । अर्को कुरा पार्टीहरु भित्र हावी भएको नातावादका विरुद्धमा पनि लागेका हुन ।” भन्ने धारणा रहेको छ । जे भए पनि पुराना संसदवादी दलहरुको उम्मेदवारको हारले जनताले नयाँ अनुहार खोजेको प्रष्ट हुन्छ । तर विचार र दर्शन विना राजनीति केही समय त चल्ला सधैभरी चल्न गाह्रो पर्छ ।

