काठमाडौं । किष्ट शिक्षण अस्पताल ललितपुरले कलेजो प्रत्यारोपण सेवा शुरु गरेको छ । विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण सेवा दिइरहेको शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण पनि शुरु गरेको छ । वैशाख ११ गते प्रत्यारोपणका लागि कलेजो ग्रहण गर्ने र दान गर्ने काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ६ निवासी दम्पती रहेका थिए । उनीहरुको कलेजो सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।
नेपालका नीजि अस्पतालहरुमा कलेजो र मृगौला दुवै प्रत्यारोपण गर्ने पहिलो अस्पताल किष्ट मेडिकल कलेज बनेको छ । यस प्रत्यारोपण कार्यमा भारतस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका डाक्टरहरु डा. निरभ गोयल, डा. अरुणकुमार भेनुथुरी मिल्लि र डा. सञ्जिव अनेजा थिए भने किष्ट शिक्षण अस्पतालका वरिष्ठ शल्य चिकित्सक प्रा.डा मुकुन्द राजजोशीको नेतृत्वमा डा. एकानन्द, एनेस्थेसिसया विभागका डाक्टरहरुको सहभागिता रहेको थियो भने प्रत्यारोपण कार्यमा १५ घण्टा लागेको थियो ।

