काठमाडौं । त्रिवि मैदान किर्तिपुरमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेमा नेपालले कतारलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । टस हारेको नेपालले खराब सुरुवात गरेको थियो । लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्याे ।
सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । उनी नेपालका तर्फबाट दशौं नम्बरमा बैटिक गर्न आएका थिए । उनले ५८ बलको सामना गर्दै ६ चौका हानेका थिए ।
कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १९ रन, दीपेन्द्र सिंह ऐरी १२, सोमपाल कमी र आरिफ शेखले ११/११ रन बनाएका थिए ।
कतारका अमिर फारुकले ४ विकेट र ओवाइस अहमदले तीन विकेट लिएका थिए ।
Comments

