मनाइयो १३४ औं मजदुर दिवस

काठमाडौं । १३४ औं मजदुर दिवस काठमाडौंको बागबजारमा अवस्थित नेकपा(मशाल) को सम्पर्क कार्यालयमा भव्यताका साथ मनाइएको छ ।

“संसारका मजदुर एक होऊ, विश्व मजदुर दिवस अमर रहोस्” भन्ने नारा सहित राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक), प्रगतिशील मजदुर संघ नेपाल, अखिल नेपाल मजदुर युनियनको संयुक्त आयोजनामा आयोजित मजदुर दिवस कार्यक्रमको अध्यक्षता राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका अध्यक्ष नारायण शर्माको रहेको थियो भने संचालन नेकपा (मशाल) का टेकहरी न्यौपाने रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा अखिल नेपाल महिला संघ, केन्द्रीय संगठन समितिका महासचिव मनु वि.क., रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, अखिल नेपाल किसान (महासंघ) का यमप्रसाद शर्मा, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सागर भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (रातो तारा) का लक्ष्मण उप्रेती, नेकपाका केन्द्रीय कोषाध्यक्ष सीता सुवेदी, माक्र्सवादी एकता अभियानका सम्भु कट्टेल, प्रगतिशील रुपान्तरण आन्दोलनका ज्योतीलाल वान, नेकपाका नरेन्द्र बहादुर तण्डुकार, प्रगतिशील रुपान्तरण आन्दोलनका पुष्कर गौतम, संयुक्त क्रान्तिकारी मोर्चाका भूमि देवकोटा, नेकपा २००६ का रामकुमार आहत, प्रशन्न पराजुली, पुष्पलाल मञ्चका बुद्धि सागर भट्टराई र नेकपा माक्र्सवादीका मानध्वज गुरुङ लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

वक्ताहरुले मन्तव्यको क्रममा विश्वको मजदुर आन्दोलन, मजदुर आन्दोलनमा देखिएका तमाम उतारचढाव, कम्युनिस्ट आन्दोलनमा देखिएका भड्कावहरु अवसरवाद, अर्थवाद र उपभोक्तावादले मजदुर आन्दोलनमा गरेको असर, मजदुरले वर्तमान अवस्थामा भोग्नु परेका कठिनाई र आगामी दिनमा कसरी जानुपर्छ ? भन्ने विषयमा गहन धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्ष नारायण शर्माबाट मन्तव्य सहित समापनपछि मजदुरका पक्षमा “मजदुर आन्दोलनका सम्पूर्ण शहीद लालसलाम, १३४ औं मजदुर दिवस जिन्दावाद, संसारका सम्पूर्ण मदजुरहरु एक होऔं । मजदुर मुक्ति आन्दोलन जारी छ । मजदुर विरोधी विधि, विधान, विचार, शक्ति र व्यक्तिहरु मुर्दावाद । भन्दै नारा लगाइएको थियो । कार्यक्रममा रत्नपार्कमा चैत्र २० गतेदेखि धर्नामा रहेका २३ जिल्लाका मिटरव्याज पीडितहरुलाई सहयोग स्वरुप ३६०० संकलन गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित