– अपत्य शर्मा
शताब्दीऔंदेखि विश्वका आम जनता शान्ति, समृद्धि र आ–आफ्ना सभ्यता, संस्कृति र पहिचानलाई जोगाएर राख्न चाहान्छन् । तर नरभक्षी यूरोपेली तथा अमेरिकी साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका र दक्षिण अमेरिकी महाद्वीपहरुमाथि आक्रमण गरेर आ–आप्mना उपनिवेशहरु बनाए र यी गोरा यूरोपेली मुलुकहरुले उपनिवेश बनाएर त्यहाँका जनताका सभ्यता, संस्कृति र स्वतन्त्रतालाई ध्वस्त पारे । जुन जुन मुलुकका साम्राज्यवादी शासकहरुले जहाँ जहाँ अधिकार जमाए त्यहाँ त्यहाँ आ–आफ्ना भाषा, संस्कृति, नीति नियमहरु जबरजस्ती थोपरे ।
पुँजीवादी प्रतिक्रियावादी तथा साम्राज्यवादीहरुले गोवल्स शैलीमा न्वारानदेखिको बल लगाएर शताब्दीऔंदेखि सर्वहारावादी (कम्युनिस्ट) ले मानिसको मन मस्तिष्कलाई नै परिवर्तन गरेर कम्युनिस्ट बनाउँछन् भनेर व्यापकक प्रचारप्रसार गर्दै आएका छन् । जब कि कम्युनिस्ट सिद्धान्त ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सत्यतथ्यमा आधारित विज्ञान हो । जुनसुकै वैज्ञानिक आविष्कार, सिद्धान्त, र प्रगतिशील दर्शनको प्रतिगामी, आमूल परिवर्तन विरोधी यथास्थितिवादी, धार्मिक कट्टरपन्थी, धर्मभिरुहरुले घोर विरोध गर्दै आएका छन् । चाहे पृथ्वी गोल छ र सूर्यको वरिपरी घुम्छ भन्ने सिद्धान्त होस्या डार्विनको विकाससवादको सिद्धान्त (मानवजातिको विकास वानर्नी बज्यैबाट भएको ) को विरोध ।
क्रिश्चिन धर्म र हिन्दु धर्म आदि धर्महरुले पृथ्वी नघुम्ने अचल र पृथ्वी चेप्टो भएको विश्वास गर्दथे । यसकारण पृथ्वी चेप्टो भएको विश्वास गर्दथे । यसकारण पृथ्वी घुम्ने र चेप्टो नभएर गोलो छ भन्ने वैज्ञानिक तथ्यलाई मान्दा आफ्ना विश्वास र मान्यतामाथिको ठूलो आघात सम्झेर त्यस्ता वैज्ञानिकहरुलाई दमन गरेका हुन् । तर साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले चाहिं आफू भन्दा कोही शक्तिशाली वा ठूलो आविष्कारक वैज्ञानिक वा राष्ट्रवादी साम्राज्यवादी तथा विस्तारवादीको विरोधी छ भन्ने लागेमा हत्याहरु गराउँदै आएका छन् । छिमेकी मुलुक भारतका प्रसिद्ध आणविक वैज्ञानिक हामी जहागिर भाभालाई हवाई दुर्घटना गराएर अमेरिकी साम्राज्यवादीको जासुसी संस्था सि आइएद्वारा हत्या गराएको थियो । सन् २०१० र २०१८ का बीचमा इरानी आणविक वैज्ञानिक चार जनालाई जातिवादी विस्तारवादी इज्रालयली जासुसी संस्था मोसाडद्वारा हत्या गरिएका थिए । अमेरिकी साम्राज्यवादीद्वारा बेल्जियन कंगोका राष्ट्रवादी देशभक्त प्रधानमन्त्री प्याट्रिस लुभुम्वालाई अमेरिकी साम्राज्यवादीद्वारा हत्या १७ जनवरी १९६१ मा गराइएको थियो । अमेरिकी साम्राज्यवादी र उसका समर्थक यूरोपेली मुलुकहरुका समर्थनमा कठपुतली क्रुर प्रतिक्रियावादी तानाशाह कासा भूबुलाई राष्ट्रपति बनाए । जब कि बेल्जियमको उपनिवेशबाट कंगोलाई स्वतन्त्र बनाउने संघर्षमा प्रमुख भूमिका लुभुम्बाको थियो । प्याट्रिस लुभुम्बालाई जनताले प्रधानमन्त्रीमा चुनेका थिए । उनलाई राष्ट्रपति कासाभूबुले फाइरिङ इस्क्वाइडद्वारा गोलीले उडाए । बेल्जियम कंगोलाई पछि डेमोक्राटिक रिपब्लिक कंगो नामाकरण गरिएको हो ।
अमेरिकी साम्राज्यवादी र उसका सहअपराधी साझेदार यूरोपेली मुलुकहरुको स्वार्थ विपरीत उनीहरुका विरुद्ध उभिने मुलुकहरुलाई सैन्यशक्ति र आर्थिक प्रतिबन्ध लगाएर तहसनहसस गर्ने प्रयास गर्दै आएका छन् । अमेरिकी साम्राज्यवादीद्वारा १९९८ देखि बीस वटा भन्दा बढी मुलुकहरुलाई घुँडा टेकाउन र त्यहाँका जनतालाई असीम गरिवी र कष्टमय जीवन बाँच्न बाध्य पारिरहेछ । अमेरिकी साम्राज्यवादीद्वारा सोभियत रुसको विखण्डन गरिएपछि कोल्डवार (शीतयुद्ध) को अन्त्य भए पनि अमेरिका र चीनका बीचमा शीतयुद्धकै स्थिति अमेरिकाले सिर्जेको छ । अबको अमेरिकी मुख्य रणनीति चीनलाई विखण्डन गर्नु रहेको छ भन्ने कटु सत्य सर्वविदित छ । त्यही रणनीति अन्तर्गत नेपाललाई एमसीसीको महाजालभित्र पारेको छ । नेपालका प्रतिक्रियावादी कठपुतली सत्ता संचालकहरुले नेपाललाई युक्रेनको अवस्थामा पु¥याउँदै छन् । किनभने अमेरिकी घुसपैठ नेपालका उपत्यकाका गुम्बाहरुदेखि इसाई धर्मको सम्म वकालत गर्दै आएका छन् भन्ने कुरा नेपालका संचारमाध्यममा समाचार बनेका छन् । गुम्बाका आनीहरुले आत्मरक्षाको नाममा जुडो करातेका साथै हतियार राख्छन् भने अन्य गुम्बाका लामाहरुले पनि आत्मरक्षाका नाममा घातक हतियारहरु राखेमा कुनै आश्चर्य छैन । तर यसको पर्दा पछाडिको उद्देश्य स्वतन्त्र तिब्बत होइन भन्ने आधार देखिंदैन ।
सन् १९९१ मा शीतयुद्धको समाप्तिले आणविक युद्धको अन्त्य भएको भ्रम छरिए तापनि युद्धहरु निरन्तर रुपले विभिन्न मुलुकहरुमा अमेरिकी साम्राज्यवादीले चलाइरहेछन् । शीतयुद्ध पछि अमेरिकाले दुई सय एकाउन्न स्थानमा सैन्य हस्तक्षेप गरेको छ । युद्ध पिपासु नरभक्षी अमेरिकी साम्राज्यवादी र मतियार यूरोपेली नाटो सम्बद्ध मुलुकहरुले इराक, अफगानिस्तान, लिविया तथा सिरिया आदि मुलुकहरुलाई ध्वस्त पारेर त्यहाँका जनतालाई गरिबीमा डुबाएर असीम कष्ट पु¥याइरहेछन् । तर पनि इराकमा अकन्टक रुपले शासनसत्ता चलाउन सकेको छैन भने अफगानिस्तानमा लज्जाजनक रुपले परास्त भएर भाग्यो । अमेरिकी साम्राज्यवादीलाई समर्थन गर्ने अफगानिस्तानीहरुलाई नै अमेरिकाले शरण दिन्छ न त तालिवानी कट्टरपन्थी शासकहरुले सताउन र दण्डित गर्न छोडुन् ।
आर्थिक प्रतिबन्ध र नाटो र आफ्ना शक्तिशाली मिसाइल र मिसाइल ध्वस्त गर्ने हतियारले गर्दा रुसले चाँडै घुँडा टेक्ने अनुमान गरेको अमेरिकाले अहिले रुसी आक्रमण जारी रहेकाले नाटो सम्बद्ध मुलुकहरु अप्ठ्यारोमा परेका छन् । अमेरिकी संचारमाध्यममले रुसी राष्ट्रपतिलाई क्यान्सर पीडित कमजोर स्वास्थ्य रहेको बताए तापनि सो निरर्थक हल्ला सावित भएको छ । नेटो सम्बद्ध मुलुकहरु मारमा परे पनि अमेरिकी हातहतियार उत्पादक युद्ध उद्योगले मोटो नाफा कमाइरहेछ । सेन्टर फर स्ट्राटेजिक इन्टरनेशनल स्टडिजका अनुसार अमेरिकाको मिसाइल भण्डार खाली हुँदैछ । जर्मनका चान्सलर ओलाफ स्कोल्जले ल्याटिन अमेरिकी मुलुकहरुसँग हातहतियार माग गरे । तर ल्याटिनी राष्ट्रपतिहरुले अस्वकिार गरे । यसबाट पनि के प्रष्ट हुन्छ भने ल्याटिन अमेरिकी मुलुकहरु युक्रेन युद्धको पक्षमा छैनन् । युक्रेन सपोर्ट ट्रयाकरले एिको रिपोर्ट अनुसार १५ जनवरी २०२३ सम्म एक खर्ब ४३ अर्ब ६० करोड डलर बराबरको सहयोग पाएको छ र यसमा अमेरिकाले ४४ अर्ब ३० करोड डलर बराबरको सहयोग (हात हतियार सहित) ग¥यो । बर्बर अमेरिकी साम्राज्यवादीको भियतनामी युद्धमा आफूसँग भएका आणविक, रासायनिक, कीट, वनस्पति नष्ट गर्नेदेखि नायाम बम वर्षाएको युद्धमा अमेरिकी सैन्य उद्योगले जति नाफा कमाएको थियो । त्यो युद्ध यता सबैभन्दा बढी नाफा कमाइरहेको छ । यसरी मोटो रकम कमाइरहे तापनि अमेरिकी साम काकाले युक्रेनलाई सहयोग गरिरहन असीमित स्रोत छैन भन्दैछ ।
रुसका विरुद्ध युरोपेली र अमेरिकी प्रतिबन्ध लगाउनुका साथै रुसको अन्तर्राष्ट्रिय सञ्चितिमा तीन खर्ब डलर वरावरको रकम रोक्का गरेपछि रुसको अर्थतन्त्रमा ठूलो क्षति पुग्छ भन्ने जुन आशा गरेको थियो त्यो निराशामा परिणत भएको विश्लेषण गरिएको छ । किनभने सन् २०२२ मा रुसको कुलु गार्हस्थ्य उत्पादन (जिडिपि) २.२ मात्र कमी हुनुलार्ई नराम्रो मानिंदैन भन्ने अर्थविदुका भनाइ आएका छन् । स्मणीय छः रुसमाथि प्रतिबन्ध लगाउने मुलुकहरुले संसारको २५ प्रतिशत जिडिपि मात्रै ओगट्छन् (अमेरिका र साझेदार बाहेक) भने ७५ प्रतिशत जिडिपि भएका मुलुकहरु रुससँग सम्बन्ध राख्न चाहन्छन् ।
अमेरिकी साम्राज्यवादीहरु आफ्नो विश्वव्यापी डलर प्रभुत्वप्रति खुबै घमण्ड गर्छ तापनि अब त्यो प्रभुत्व ओरालो लाग्दैछ । त्यो प्रभुत्व यूरो, रेन्मिन्वाओ, रुवल र ब्रिक्स मुलुकहरुका बीचमा हुने व्यापार आ–आफ्ना मुद्रामा हुँदा डलर प्रभुत्व विस्तारै खुम्चिदै गएको छ । अमेरिकी डलरको अवमुल्यन हुँदै गएकाले आम अमेरिकी जनताको क्रय शक्तिमा ह्रास आएको छ ।
यूरोपियन काउन्सिल अफ फरेन रिलेसन्सले सर्भेक्षणको नतिजा प्रकाशित गरेको छ जसमा करिब तीन अरब जनसंख्या समावेश गरिएको थियो । सर्भेक्षणले के औल्यायो भने बहुसंख्यक जनतालो जतिसकेको छिटो युद्धकको अन्त्य होस् भन्ने चाहेको जनायो । यदि युद्धको अन्त्य हुने हो भने सहभागी जनतालो युक्रेनी भूभागमा रुसले गरेको नियन्त्रणलाई पनि मान्ने बताएको छ । जहाँसम्म अफ्रिकी महादेशको प्रश्न छ उनीहरु पनि यूरोपेली शक्तिले विगतमा गरेका उपनिवेशीकरण गरेर बर्बर शोषण, उत्पीडन र दमन गरेको र त्यस उपनिवेशी शक्तिको विरुद्ध पूर्व सोभियत रुसले गरेको सहायता र समर्थनलाई भुलेका छैनन् । यसले गर्दा अफ्रिकी मुलुकहरुले मस्कोसँग राम्रोसँग आर्थिक र राजनैतिक सम्बन्ध कायम राखेका छन् । युक्रेनी राष्ट्रपतिले अफ्रिकी युनियनसँग वार्ता गर्ने प्रयास गर्दा अपवादलाई छाडेर सबैले अस्वीकार गरे । यूरोपेली युनियनका सदस्य राष्ट्र फ्रान्स पनि आफू विशेष शक्ति भएको सम्झन्छ । तिनै मुलुकहरुका राष्ट्रपति इम्यानुएअल म्याक्रोनले प्रष्टसँग दक्षिणी गोलाद्र्धमा पश्चिमी मुलुकहरुले विश्वास गुमाउँदै गएकाले आफू स्तब्ध भएको बताएका थिए ।
हिट्लरले जर्मन जाति विशिष्ट आर्य रगत भएको भन्दथ्यो र विश्वमाथि शासन गर्ने जाति भएको प्रचार प्रसार गर्दै विश्व विजयको सपना देखेर आक्रमण तीब्र गरेर यूरोपलाई ध्वस्त गर्दै सोभियत रुसमा आक्रमण गरेर अगाडि बढिरहेको थियो । तर स्टालिनको नेतृत्वमा रुसी लाल सेनाले सोभियत रुसबाट मात्र नबढारेर यूरोपबाट पनि बढारे । आफूलाई सबैभन्दा सभ्य, शिष्ट र प्रजातन्त्रका जनक, मानवअधिकारवादी, समानता र भातृत्वको ढोल पिट्ने पश्चिमी जगत स्वयंमा कही पनि समानता, भातृत्व आदि लागु गर्दैनन् र जातिवाद, वर्गीय क्षेत्रीय र लैंगिक विभेदले ग्रस्त छ । नरभक्षी यूरोपेली तथा अमेरिकी साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका, दक्षिण अमेरिकी जनताको क्रुरतापूर्वक शोषण, उत्पीडन र दमन शताब्दीऔंदेखि नगरेको भए यी एसियाली, अफ्रिकाली तथा ल्याटिनी जनता ठूलो आर्थिक, सामाजिकक र राजनैतिक प्रगतिको शिखरमा पुग्ने थिए ।
साम्राज्यवादी संचारमाध्यमका अनुसार हाल ३२ मिलियन शरणार्थी विश्वमा छन् । यी शरणार्थीका अकल्पनीय अकथनीय रोग, भोक, हत्या, हिंसा, विछोड, बलात्कार र अपमानको पीडाको बोध यी साम्राज्यवादी राक्षसहरु र उनीहरुका दलाल दानवहरुलाई छैन र हुँदैन । सम्पूर्ण जातीय, क्षेत्रीय, धार्मिक, आतंक साम्प्रदायिक युद्ध, गृहयुद्ध र विश्वयुद्धका कारक यिनै साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरु नै हुन् । जवसम्म विश्वको कुनै पनि कुनामा साम्राज्यवाद रहन्छ तबसम्म विश्व शान्ति हुँदैन । विश्वव्यापी गरिी, भोकमरी, खडेरी, जलवायु परिवर्तन, आर्थिक मन्दी, बेरोजगारीका मुल कारक अमेरिकी साम्राज्यवाद र विकसित पुँजीवादी मुलुक नै हुन् भन्ने कटुसत्य घाम जस्तै छर्लङ छ ।
अमेरिकी साम्राज्यवाद र युद्ध
Comments

