बर्तोल्त ब्रेख्तको संक्षिप्त जीवनी

बर्तोल्त ब्रेख्त (१८९८–१९५६) जर्मन नाट्यशालाकर्मी, नाटककार र कवि हुन् । विचारले माक्र्सवादी र समाजवादी विचारधारातिर झुकाव राख्ने खालका हुन् ।

नाजी शासन का बेला (१९३३–४५) मा हिटलर सत्तामा आउनासाथ पहिले स्क्यान्डेनेभियामा र दोस्रो विश्वयुद्धको अवधिमा अमेरिकामा यिनले मारिने भयका साथ निर्वासित जीवन बिताउनु परेको थियो । पूर्णनाम युजेन बर्थोल्ड फ्रेडरिक ब्रेख्त हो । नाट्यकर्ममा यिनलाई दोस्री पत्नी हेलेन विजेलले साथ दिईन् ।

ब्रेख्तको निधन ५८ वर्षकै उमेरमा हृदयाघातबाट भएको थियो । उनी सानै उमेरदेखि वाथको कारणले मुटु फुल्ने समस्याबाट ग्रसित थिए ।

उनी व्यायामशालामा स्नातक थिए । प्रशिद्ध जर्मन लेखक लिओन फ्यूचटवागर सित भेट भएपछि उनको जीवन साहित्यतर्फ मोडिएको थियो। १९२५ मा उनले सर्वहारा रङ्गमञ्चको निर्माण गरेका थिए । १९३३ मा जर्मनमा सबै नाटकहरू सरकारले बन्द गरेपछि उनले देश छोड्नु परेको थियो । “मदर करेज एण्ड हर चिल्डे«न” उनको महत्त्वपूर्ण नाटक हो ।

दोस्रो विश्वयुद्धका बेला उनी अमेरिका गए । १९४१ मा उनले प्रशिद्ध “ग्यालिलियोको जीवनी”, “मिस्टर पुँटिला र उनको नोकरी मैरी” लगायतका महत्त्वपूर्ण नाटक उनले लेखे ।

द्वितीय विश्वयुद्ध सकिएपछि उनी यूरोप फर्किए । आफ्ना सुप्रशिद्ध नाटकहरू प्रदर्शन गर्दै उनले संसारका कैयौँ देश भ्रमण गरे र १९५४ मा उनी सोभियत सङ्घको “लेनिन शान्ति पुरस्कार” बाट सम्मानित भएका थिए ।

ब्रेख्तका नाटकहरू
० १९४९ मा “मदर करेज एंड हर चिल्ड्रेन ”।
० १९५० मा ब “द गभर्नर”।
० १९५१ मा – “आमा ”।
० १९५२ मा “श्री पुंटिला र उनको नौकर मैटी ”
० १९५३ मा “काट्जह्ग्रेबेन ”
० १९५४ मा “द कोकेशियान चाक सर्कल ”
० १९५५ मा “विंटर बैट ”
० १९५६ मा “द लाइफ ऑफ गैलीलियो ”।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित