कथा संग्रह “कचहरी” विमोचन तथा पुरस्कार वितरण

नेपालगञ्ज । कल्पना पौडेल ‘जिज्ञासु’ को कथा संग्रह “कचहरी” विमोचन भएको छ । कल्पना फाउन्डेसन नेपालको आयोजनामा २०८० साउन २७ गते नेपालगन्जमा पुस्तक विमोचन तथा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
फाउन्डेसनको अध्यक्ष समेत रहेकी साहित्यकार कल्पना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश विश्व विद्यालय आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले कथा संग्रहको विमोचन गरेका थिए ।
कार्यक्रमका अतिथि वक्ताहरुमा किरण आचार्य, खगेन्द्र गिरी कोपिला, पङ्कज श्रेष्ठ, मणि अर्याल, डा. ईन्द्र बहादुर भण्डारी, हरि तिमिल्सिना, उर्विन सापकोटा, विशिष्ठ अतिथि प्राज्ञ शशिराम कार्की, सनत रेग्मी र प्रमुख अतिथि प्रा. डा. कृष्ण प्रसाद घिमिरेले कचहरी कथा सङ्ग्रहमा रहेका १५ वटै कथाहरुले समाजको यथार्थ चित्रण गर्न सफल भएको, उत्पीडनमा परेका महिला, बृद्धाहरुका समस्या, वैदेशिक रोजगारका समस्या, मधेशी, मुस्लिम, थारु र पहाडी समुदायका समस्याहरुलाई सामाजिक विषयवस्तु बनाएर कथाको वुनोटमा बुनिएकोले कथाहरु पठनीय रहेको, विषयवस्तु महिलावादी र प्रगतिवादी रहेको, विषयवस्तु र भाषाशैलीको हिसाबले कथा उत्कृष्ट रहेकोले कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना मन्तन्य दिएका थिए । चरित्रा शाहको कचहरी कथासङ्ग्रहको परिचयात्क मन्तव्य रहेको थियो ।
कार्यक्रममा वरिष्ठ कथाकार तथा कार्यक्रमका विशिष्ट अतिथि सनत रेग्मीलाई साहित्य तर्फ “मनिकर्णा– टीकाराम स्मृति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । समाज सेवा तर्फ “देउकला– टीकानिधि स्मृति पुरस्कारद्वारा मानवसेवा आश्रम नेपालगन्जलाई सम्मान गरिएको थियो ।
हिमालय टाईम्सका वरिष्ठ पत्रकार पुरुषोक्तम दाहालको समेत उपस्थित रहेको उक्त कार्यक्रमको स्वागत मन्तव्य ऋषिराम सापकोटाले, कार्यक्रमको संचालन सस्ंथाका सचिव लेकप्रसाद प्याकुरेलले गरेका थिए । संस्थाकी अध्यक्ष तथा कृतिकार कल्पना पौडेल ‘जिज्ञासु’ ले आफ्नो कृतिको बारेमा संक्षिप्त जानकारी गराउँदै सम्मानित व्यक्ति तथा संस्थालाई बधाई दिएकी थिइन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित