काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख १ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं ः१
यो टोलीले दिनभरी रौतहट जिल्लामा ६ वटा कोणसभाहरु सम्पन्न गरेको छ । भित्तेलेखन ,पर्चा वितरण ,जनभेटघाट र सहिद परिवार सित भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरेकोछ । यस अभियान टोलीले विहानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ता भरत महाराले उहाँकै व्यक्तिगत पहलकदमीमा निर्माण गरेको रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित श्री दलित जनसामुदायिक प्राथमिक विद्यालयको अध्ययन अबलोकन गर्ने काम गर्यो ।

पहिलो कोणसभा ः
रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं। ६ को हर्षह बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेकबहादुर बिश्वकर्माले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रौतहट जिल्ला ईन्चार्ज प्रल्हाद साहले गर्नु भयो ।
दोस्रो कोणसभा ः
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० को बालचनपुर बजारमा कोण सभा सम्पन्न भएकोछ । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रौतहट जिल्ला ईन्चार्ज प्रल्हाद साहले गर्नु भयो ।
तेस्रो कोणसभाः
रौतहट जिल्लाको बरुण नगरपालिका वडा नम्बर ८ बिर्ताचोकमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रौतहट जिल्ला ईन्चार्ज प्रल्हाद साहले गर्नु भयो ।
चौथो कोण सभा ः
रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नम्बर १ सयनपुर बजारमा कोण सभा सम्पन्न भयो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य बीरेन्द्र कुमार यादवले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रौतहट जिल्ला ईन्चार्ज प्रल्हाद साहले गर्नु भयो ।
पाँचौ कोणसभाः
रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नम्बर ९ को मलाही बजारमा कोण सभा सम्पन्न गरिएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रौतहट जिल्ला ईन्चार्ज प्रल्हाद साहले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ब्युरो सचिव पवन पतेलले सन्चालन गर्नु भएको थियो ।
छैटौं कोण सभा
रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ४ मानपुर बजारमा कोणसभा सम्पन्न गरिएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेक बहादुर बि। क।ले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रौतहट जिल्ला ईन्चार्ज प्रल्हाद साहले गर्नु भयो ।
अभियान टोलीले रौतहट जिल्ला गरुणा नगरपालिकामा सहिद परिवारका व्यक्तिहरू मेधु पासवान ,छेठु पासवान ,लालबाबु दास ,बिनागरहमा सहिद अशोक प्रशाद साहर माधवपुरमा राम प्रबेश राय यादवको परिवारलाई भेट्ने कार्य भयो । कोणसभा सम्पन्न गरिएका ठाँउहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।

टोली नं.२
अभियानको उनन्तीस औं दिन अर्थात् २०८२ बैशाख १ गते सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका ग्वालटार वडा नम्बर ३ ग्वालटार बजारमा जनसम्बन्ध बिस्तार अभियान सफल पारौं भन्ने नारा सहित र्याली गरेको छ । र्याली पश्चात् कोणसभा गरिएको छ । कोणसभाको संचालन जिल्ला इन्चार्ज तथा सचीव भरत बुर्जा मगरले गर्नुभएको हो । सभाको सम्बोधन तामाङ मोर्चा का टेकबहादुर तामाङले राख्नुभएको हो भने अभियान बारे पार्टीको धारणा किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य बाबुराम सुवेदीले गर्नुभएको हो ।

टोली नं. ३
अभियान टोली विहान बागलुङको ताराखोला गाउँपलिकाबाट रिजाल चोक हुँदै बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार आयो । बागलुङबजारबाट टोली बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको राङ्खानी आएर बास बसेकोथियो । बैशाख १ गते नयाँ वर्ष पर्व परेकाले बजारहरू बन्द थिए । यात्राका क्रममा अभियान टोलीले सामान्य जनभेटघाट ,पर्चा वितरण गरेकोछ ।
टोली नम्बर. ४
यो अभियान टोलीले कपिलवस्तु र रुपन्देही जिल्लामा ४ वटा कोण सभा सम्पन्न गरेको छ ।
पहिलो कोण सभा ः
कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को बोड गाउँचोकमा कोण सभा सम्पन्न भएकोछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय बैकल्पिक सदस्य तथा अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय कार्यालय सदस्य नवीन खडकाले कोण सभालाई सम्बोधन गर्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कपिलवस्तु जिल्ला सचिव हिमलाल वाग्लेले कार्यक्रमको सन्चालन गर्नु भएको थियो।
दोस्रो कोण सभा ः
कपिलवस्तु जिल्लाको चार नम्बर चोकमा कोण सभा सम्पन्न भएकोछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ५ नम्बर ब्युरो ईन्चार्ज प्रेम सुवेदीले कोण सभालाई सम्बोधन गर्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कपिलवस्तु जिल्ला सचिव हिमलाल वाग्लेले कार्यक्रमको सन्चालन गर्नु भएको थियो।
तेस्रो कोण सभा ः
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको प्रशासन चोकमा कोण सभा सम्पन्न भएकोछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य एवं अभियान टोली प्रमुख हेमन्त प्रकाश ओलीले कोण सभालाई सम्बोधन गर्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कपिलवस्तु जिल्ला सचिव हिमलाल वाग्लेले कार्यक्रमको सन्चालन गर्नु भएको थियो।
चौथो कोण सभा ः
रुपन्देहीको जिल्लाको कन्चन गा पाको गरगरे चोकमा कोण सभा सम्पन्न भएकोछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य धनेश्वर पोख्रेलले कोण सभालाई सम्बोधन गर्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रुपन्देही जिल्ला नेता मनिराम पौडेलले सन्चालन गर्नु भएको थियो। अभियान टोलीलाई रुपन्देही जिल्ला पार्टीले स्वागत गरेको थियो । त्यस अवसरमा अभियान टोली प्रमुख हेम्न्त प्रकाश ओलीले सहिद परिवारलाई सम्मान गर्नु भएको थियो ।


