जनसम्बन्ध विस्तार अभियानको उपलब्धिमूलक एक महिना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (क्रा.क.पा.ने.) ले गत चैत्र ४ गतेदेखि ‘जनसम्बन्धविस्तार अभियान’ संचालन गरिरहेको छ । अभियान आगामी वैशाख १८ गते मई दिवस मनाउँदै समापन गरिने सो पार्टीले जनाएको छ । अभियान संचालनका लागि केन्द्रबाट ४ वटा टोली गठन गरिएको छ । ४ वटै टोलीलाई पार्टीका स्थायी समिति सदस्यहरु क्रमशm रामसिंह श्रीस, हरिभक्त कंडेल, कृष्णराज पौडेल र हेमन्त प्रकाश ओलीले नेतृत्व गर्नु भएको हो ।)
(नोट ः हरिभक्त कंडेलकी आमा गम्भीर विमार भएपछि उहाँ आमाको उपचारका लागि जानुभयो । टोली नं. २ लाई नेतृत्व गर्न पार्टीका अर्का स्थायी समिति सदस्य सन्तबहादुर नेपाली वैशाख १ गतेदेखि सिन्धुलीदेखि अभियान टोलीमा जोडिनु भएको छ । )
पार्टीको केन्द्रबाट गठित ४ वटै टोलीले राजनीतिक प्रचार, सदस्यता वितरण, कतिपय ठाउँमा संगठन निर्माण, पर्चा वितरण, अन्तक्र्रिया कार्यक्रम, कोणसभा, भित्तेलेखन, सभा लगायतका कार्यक्रम सम्पन्न गर्दै यो एक महिनाको अवधिमा महत्वपूर्ण राजनीतिक तथा सांगठनिक उपलिब्धहरु हासिल गरेका छन् । पाँचथरको चियोभञ्ज्याङबाट सुरु भएको अभियानको टोली नं. १ तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुुषा, महोत्तरी, सर्लाही हुँदै अहिले रौतहट आइपुगेको छ । झापाको काँकडभिट्टाबाट सुरु भएको अभियानको टोली नं. २ मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, ओखलढुंगा, सिन्धुली हुँदै रामेछाप पुगेको छ । कञ्चनपुरको गड्डाचौकीबाट सुरु भएको अभियान टोली नं. ३ कैलाली, बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुम, बागलुङ हुँदै पर्वत आइपुगेको छ । बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको टोली नं. ४ डडेल्धुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, दाङ, प्यूठान, अर्घाखाँची, कपिलवस्तु हुँदै अहिले रुपन्देही आइपुगेको छ ।
हाँक साप्ताहिकले जनसम्बन्ध विस्तार अभियानले एक महिना पूरा गरेको अवसरमा केन्द्रबाट गठित ४ वटै अभियान टोलीका प्रमुखहरुलाई यो एक महिनाको जनसम्बन्ध विस्तार अभियानको उपलब्धि के हो भनेर जिज्ञासा राखेको छ । प्रस्तुत छः अभियान टोलीका प्रमुखहरुको संक्षिप्त प्रतिक्रिया
टोली नं. १ का प्रमुख तथा क्रा.क.पा.ने.का स्थायी समिति सदस्य रामसिंह श्रीसः
“एक, जनताको बीचमा पार्टीको प्रचार पुग्यो । दुई, केन्द्रीय नेतृत्वले जनताको बीचमा संगठनको के अवस्था छ भन्ने कुरालाई यथार्थरुपमा बुझ्न मद्दत पुग्यो । तीन पार्टीका साथीहरुको बीचमा यो अभियानले एकले अर्कोलाई बुझ्न मद्दत ग¥यो । साथीहरुको बीचमा अन्तर्घुलन भयो ।”
टोली नं. २ का प्रमुख तथा क्रा.क.पा. ने.का स्थायी समिति सदस्य हरिभक्त कंडेलः
यो अभियानले हामीलाई नयाँ खालको अनुभूति प्राप्त भएको छ । अभियानको सम्पूर्ण उद्देश्य पूरा नभए पनि कैयौं महत्वपूर्ण उपलब्धि प्राप्त भएका छन् । यो अभियानले पार्टीलाई गतिशील बनाएको छ । यो अभियानले पार्टीका कामरेडहरुका बीचमा एकले अर्कोलाई चिन्ने अवसर प्रदान गरेको छ । नजिकबाट जान्ने बुझ्ने अवसर प्रदान गरेको छ । सर्वसाधारण जनताको बीचमा अन्य पार्टीभन्दा हाम्रो पार्टी के कति कारणले फरक छ र यो नै देश र जनताका लागि लड्ने पार्टी हो भन्ने कुरा चिनाउन, बुझाउन सफल भएको छ । प्रचारात्मकरुपले यो एक महिनाका बीचमा अभियान सफल भएको छ । वैचारिक रुपले पनि अभियान एक हदसम्म सफल भएको छ । हामीले क्रान्ति अझै पूरा भएको छैन । देश र जनताको मुक्तिका लागि जनता नै संघर्षमा आउनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न सफल भएका छौं । अबको देशको राजनीतिमा वास्तविक विकल्प हाम्रो पार्टी हो भन्ने सन्देश जनताका बीचमा पु¥याउन सफल भएका छौं । जनयुद्ध र जनआन्दोलनका सहिद परिवारसितको भेटघाटले पार्टी र सहिद परिवार सितको सम्बन्धलाई थप सुदृढ गर्न पनि हामी सफल भएका छौं । झापा आन्दोलन र जनयुद्धको स्पीरिट सही भए पनि नेतृत्वले धोका दिंदा क्रान्तिकारी आन्दोलनले सेट व्याक खाएको छ तर सहिदका सपना पूरा भएका छैनन् ।
सहिदका सपना पूरा गर्न हाम्रो पार्टीलाई जनताबाट महत्वपूर्ण प्रोत्साहन मिलेको छ । यो अभियानले आगामी दिनमा पार्टीको कार्यक्रम तय गर्न महत्वपूर्ण आधार प्रदान गरेको छ ।”
टोली नं. ३ का प्रमुख तथा क्रा.क.पा. ने. का स्थायी समिति सदस्य कृष्णराज पौडेलः
यो अभियानबाट देशको वास्तविक चित्र, गाउँगाउँमा चलिरहेको राजनीतिक गतिविधि बुझ्न मद्दत पुगेको छ । हाम्रो आप्mनै पार्टीका नेता, कार्यकर्ताहरुको अवस्थालाई सुक्ष्म ढंगले अध्ययन गर्न सम्भव भयो । यस अभियानले आगामी दिनमा पार्टीको नीति र कार्यक्रम बनाउन हामीलाई महत्वपूर्ण स्रोत प्रदान गरेको छ । यस अभियानबाट अन्य पार्टीको प्रतिक्रिया, उनीहरुका गतिविधि, प्रशासनका गतिविधि पनि हामीले नजिकबाट बुझ्न पाएका छौं । गाउँहरु खाली हुँदै गएका छन् । जनताको ठूलो हिस्सा विदेश पलायन भएको छ । गाउँ छोडेर जनताहरु शहर वरपर केन्द्रित हुँदै गएका छन् । नेपाली समाजको फेरिएको यो स्थितिलाई आधार बनाएर हामीले पार्टीका कार्यक्रमहरु तय गर्नुपर्ने छ । जनतामा राजनीतिक उत्साह अत्यन्त कमजोर छ । एमाले, कांग्रेस, माओवादी केन्द्रका कार्यकर्ताहरु आफ्नै पार्टी र आफ्नै नेताहरुलाई गाली गरेर बसिरहेका छन् । जनतामा आसा, उत्साह जगाउने गरी अवका दिनमा पार्टी कार्यक्रम लिएर फेरि जनताका बीचमा जानु पर्ने आवश्यकता रहेको गहिरो महशुस हामीलाई भएको छ ।”
टोली नं. ४ का प्रमुख तथा क्रा.क.पा.ने. का स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीः
पहिलो कुरा त पार्टीको कार्यदिशा अर्थात् नयाँ ज नवादी क्रान्तिको खुडिकलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने, त्यसका लागि जनसंघर्ष, प्रतिरोध संघर्ष र जनविद्रोहको बाटोबाट सत्ता हासिल गर्ने, पार्टीको यस कार्यदिशालाई लाखौं जनताका बीचमा सम्प्रेषण गर्न हामी सफल भएका छौं । अर्थात् लाखौं जनताका बीचमा हाम्रो वैचारिक, राजनैतिक विषयलाई पु¥याउन र स्थापित गर्न हामी सफल भएका छौं ।
दोस्रो कुरा, तीनवटा पार्टीका बीचमा पार्टी एकता गरी नयाँ पार्टी बनाएको हुनाले सर्वसाधारण जनताका बीचमा पार्टीका नामलाई नै स्थापित गर्न आवश्यक थियो । त्यो कार्यमा पनि हामी सफल भएका छौं ।
तेस्रो कुरा, पार्टी नेतृत्व मोहन वैद्य किरण स्वतः स्थापित नाम हो । तर यो अभियानले समग्र पार्टी नेतृत्वलाई जनताका बीचमा स्थापित गर्ने काम गरेको छ । चौथो कुरा, हाम्रै पार्टीका नेता कार्यकर्ताहरुका बीचमा भावनात्मक सम्बन्धलाई सुदृढ गर्ने काम यो अभियानले गरेको छ ।”
केन्द्रीय अभियान टोलीहरुले कार्यक्रम सम्पन्न गरेर अगाडि बढेपछि पनि व्यूरो र जिल्लाहरुमा संगठन परिचालनको अभियान संचालन भइरहेका छन् । केन्द्रीय अभियान टोलीबाट फिर्ता भएर नेताहरु आ–आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुनु भएको छ । टोली नं. १ मा खट्नु भएका पूर्वी व्यूरोका नेताहरु सुरेन्द्र भण्डारी, बालकृष्ण सुवेदी, ३ नं. व्यूरोका सचिव दीपक शाही, ४ नं. व्यूरोका सचिव समिर लगायतका नेता केन्द्रीय अभियान टोलीबाट फर्किएर आ–आफ्नो कार्यक्षेत्रमा खट्नु भएको छ ।
यस अभियानले निश्चय नै नेतृत्व पंक्तिलाई नयाँ नयाँ कार्यक्रममा जान अवसर प्रदान गरेको छ । टोली नं. ४ का नेता पार्टीका स्थायी समिति सदस्य तथा तत्कालीन अ.ने.रा.स्व.वि.यु एघारौं राष्ट्रिय सम्मेलन तयारी समितिका केन्द्रीय नेता २०४९ सालमा विद्यार्थी संगठनको जिल्ला सम्मेलन उद्घाटन गर्न अछाम जानु भएको थियो । तीन दशक पछि उहाँ अभियानको सिलसिलामा अछाम पुग्नुभयो ।
राजनीतिक र सांगठनिक कामका सिलसिलामा देश र प्रवासका धेरै ठाउँ पुगेको भए पनि पूर्वी पहाड टोली नं. १ का नेता राम सिंह श्रीसका लागि नयाँ अनुभव बनेको छ । जनसम्बन्ध विस्तार अभियान जनताको न्यानो माया प्राप्त गर्दै नयाँ नयाँ शिक्षा र अनुभवहरु सँगाल्दै अगाडि बढिरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित