जनसम्बन्ध विस्तार अभियानको ३४ औं दिन कुन टोलीको के कार्यक्रम सम्पन्न भयो ?

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख ६ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नं १

यो टोलीले दिनभरी बारा जिल्लामा ७ वटा कोणसभाहरु सम्पन्न गरेको छ ।

पहिलो कोणसभा ः
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. २ को रानीबास बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य शारदा महतले सम्बोधन गर्नु भएको थियो ।

दोस्रो कोणसभा
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ को कंकाली मन्दिरमा कोण सभा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवेदी अटलले मन्तव्य राख्नु भएको थियो ।

 

तेस्रो कोणसभा
बारा जिल्लाकोआदर्श कोटबल हर्नियाचोक कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य विरेन्द्र कुमार यादवले सम्बोधन गर्नु भएको थियो ।

चौथो कोण सभा
बारा जिल्लाको कोल्हवी नगरपालिकाको कोल्ही बजारमा कोण सभा सम्पन्न भयो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्यायी समिति सदस्य रामसिंह श्रीसले सम्बोधन गर्नु भएको थियो ।

पाँचौ कोणसभा
बारा जिल्लाको कोल्ही नगरपालिका वडा नडा नं ६ अघनवा बजारमा कोण सभा सम्पन्न गरिएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य फुर्नाम्गेल मौक्ताले सम्बोधन गर्नु भएको थियो ।

छैटौं कोण सभा
बारा जिल्लाको महा गढिमाई नगरपालिका वडा नम्बर ३ जंगभवानीपुर बजारमा कोणसभा सम्पन्न गरिएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेक बहादुर बि.क.ले सम्बोधन गर्नु भएको थियो ।
सातौं कोण सभा
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १ भरत चोकमा कोणसभा सम्पन्न गरिएको थियो । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले सम्बोधन गर्नु भएको थियो ।
कोण सभा सम्पन्न भएका स्थानहरुमा पर्चा वितरण र भित्तेलेखन भएको छ । कोल्ही बजारमा कोण सभाको सञ्चालन पार्टीका केन्द्रीय सदस्य विन्देश्वर पटेलले गर्नु भएको थियो भने अन्य सबै कोण सभाको सञ्चालन केस तथा १२ नं व्यूरो सचिव हरेराम पटेलले गर्नु भएको थियो ।

 

टोली नं २

अभियानको चौतिस औं दिन अर्थात बैशाख ६ गते रामेछाप मन्थली नपा वडा नम्बर १३ मिल्तिखोला बजारमा कोणसभा गरिएको छ । सभाको संचालन रामेछाप जिल्ला इन्चार्ज लाङ्घाली मगरले गर्नुभएको हो । सभामा अभियानबारे पार्टीको धारणा पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले राख्नुभएको हो । सास्कृतिक प्रस्तुति नारायण शर्माले दिनु भएको हो । कोणसभा सम्पन्न गरिएका ठाउँहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।

कोणसभा समापन पछि रामेछाप जिल्ला इन्चार्ज लाङ्घाली मगरद्वारा दोलखा जिल्ला इन्चार्ज पुर्णबहादुर खड्कालाई झण्डा हस्तान्तरण गरीअभियान टोलीलाई बिदाइ गरिएको थियो । दोलखा जिल्ला भिमेश्वर नगरपालिका चरिकोटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दोलखा जिल्ला पार्टी सम्पर्क कार्यलय उद्घाटन तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पत्रकार भेटघाट कार्यक्रमको संचालन दोलखा जिल्ला सचिव गोबिन्द काफ्लेले गर्नुभएको हो । पार्टीको नीति तथा कार्यक्रम र अभियान बारे पार्टीको पोलिटब्युरो सदस्य सन्तबहादुर नेपालीले राख्नुभयो । पत्रकारहरुको जिज्ञासा सहितको प्रश्नको जवाफ पनि स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले नै दिनुभएको हो । जिल्ला पार्टीको सम्पर्क कार्यालयको ब्यानर खोलेर सन्तबहादुर नेपाली लगायत पार्टीको अभियान टोलीले उद्घाटन गरेको छ ।

 

 

टोली नं ३

पहिलो कोणसभा
अभियान टोलीले सृजना चोकमा रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालयबाट सिमलचौर, नागढुङ्गा, पुरानो एयरपोर्ट पछाडिको बस्तीमा पर्चा वितरण गर्दै पोखरा महानगरपालिका बसपार्कको गणतान्त्रिक टोलमा कोणसभा सम्पन्न गर्यो। कोणसभालाई अभियान टोली सदस्य तथा पिविएम शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो। राजतन्त्र वा पञ्चायती व्यवस्थाको तुलनामा वहुदलीय व्यवस्था र यो गणतन्त्र अलि प्रगतिशील व्यवस्था हो। तर हामीलाई यो व्यवस्थाबाट हाम्रो समस्या समाधान हुन सक्दैन। हामी यो भन्दा उन्नत व्यवस्था जनगणतान्त्रिक व्यवस्थामा जान चाहान्छौ। यो देशको विकल्प राजतन्त्र किमार्थ हुन सक्दैन भन्नुभयो ।कोणसभाको सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो।

दोस्रो कोणसभा
बास्तोला कम्प्लेक्स, हङकङ बजार र सस्तो बजारमा पर्चा वितरण गर्दै अभियान टोली पोखरा महानगरपालिकाको पृथ्वी चोकमा कोणसभा सम्पन्न गर्यो। कोणसभालाई अभियान टोली सदस्य तथा पिविएम सिपि शर्माले सम्बोधन गर्नु भएको थियो। सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने बेला भएको छ। देश भरीका शिक्षकहरू १८ दिन देखि सडकमा आन्दोलित छन्। सरकार शिक्षकहरूको मागलाई संबोधन न गरेर अनदेखा गरिरहेको छ। यो हदैसम्मको बदमासी हो। सरकारले शिक्षकहरूको मागलाई सम्बोधन गरेर , तुरुन्त विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न शिक्षकहरूलाई विद्यालय फर्काउनु पर्दछ भन्नु भयो। कोणसभाको सञ्चालन ७ नम्बर व्यूरो सचिव तथा वैकल्पिक पिबिएम नारायण अधिकारीले गर्नु भएको थियो। अभियान टोलीले विभिन्न स्थानहरूमा वाल पेन्टिङ पनि गरेको छ।

 

 

टोली नम्बर ४

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्शनले जन बिद्रोहमार्फत जन गणतन्त्र स्थापना गर्ने बताउनु भएको छ । शनिबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसदीय ब्यवस्थाले वर्तमान राजनैतिक संकटको हल गर्न नसक्ने बताउनुभयो ।अहिले पुराना शक्तिहरु सल्बलाएका छन, यथास्थितिवादी शक्तिहरुले यसको हल गर्न सक्दैनन् यसको निकास जन संघर्ष, जन प्रतिरोध र जन विद्रोहबाट मात्र हुन्छ ।

नवलपरासी जिल्लको सदरमुकाम परासी बजारमा बिहानमा सम्पन्न पत्रकार सम्मेलनको अध्यक्षता र सञ्चालन पार्टीका नवलपरासी जिल्ला सचिव रवि पाण्डेयले गर्नु भएको थियो । कार्यक्रममा अभियान टोलीका सदस्यहरु र आमन्त्रित पत्रकारहरुलाई आसन ग्रहण गराइएको थियो । पत्रकारहरुको जिज्ञासालाई अधियान टोलीका प्रमुख हेमन्त प्रकाश ओलीले उत्तररित गर्नु भएको थियो ।
दिउसो अभियान टोलीले परासी बजार मै एक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो । सुदर्शनले “नेपालको वर्तमान राजनीतिक संकट र समाधानको बाटो ”विषयक कार्यपत्र पस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि टिप्पणी गर्नेहरुमा वरिष्ठ अधिवक्ता अनन्त भुसाल, नेकपा (माओवादी केन्द्र) का पि.बि. एम.घनश्याम यादव, नेपाली कांग्रेसका विक्रम यादव, नेकपा एमालेका बिरेन्द्र यादव, जनमत पार्टीका इन्द्रजित अहिर, एकीकृत समाजवादीका बृहस्पति अधिकारी,नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सैथवार,भ्रष्टाचार विरुद्ध निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, नेकपा बहुमतका सन्देश सापकोटा लगायत हुनुहुन्थ्यो । मैना बेलाशपुर ,भूमही लगायतका स्थानहरुमा कोण सभा सम्पन्न भएको छ । जिमिरेभार ,चौपत्ता , गोपी गञ्ज र सूर्यपूरा चोकमा पर्चा वितरण ,शहिदप्रति सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित