काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख ९ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं ः१
यो टोलीले दिनभरी पर्सा जिल्लामा ३ वटा कोणसभाहरु सम्पन्न गरेको छ ।

पहिलो कोणसभा ः
पर्सा जिल्लाको पटेरवा सुगौली न.पा. २ रंगपुर बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य टेकबहादुर बिश्वकर्माले सम्बोधन गर्नु भएको थियो ।
दोस्रो कोणसभा
पर्सा जिल्लाको पर्सागढी न .पा. १ मानवा बजारमा कोण सभा सम्पन्न भएको छ ।सम्वोधन पार्टी पिविएम कमरेड चन्द्रहरी सुवेदीले गर्नु भयो ।

तेस्रो कोणसभाः
पर्सा जिल्लाको पर्सागढी न .पा. ३ वदनिभार बजारमा कोण सभा सम्पन्न भएको छ । जसलाई पार्टी स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुख रामसिंह श्रीसले सम्वोधन गर्नु भएको थियो । सबै कोणसभाको संचालन के .स .इश्वर ढुंगेलले गर्नु भएको थियो ।कोणसभाहरुमा विश्व सर्वहारावर्गका महान नेता लेनिनले माक्र्सवादको रक्षा र विकासमा दिएका योगदानहरुवारे चर्चा गर्नुका साथै नेपाल कम्युनिस्ट पार्टीले आफनो स्थापना कालमा लिएको उद्येश्य अझै पूरा नभएको विश्लेषण सहित वक्ताहरुले प्रकाश पार्नु भएको थियो ।
टोली नम्बर २

तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालु डाडागाउमा सावित्री खड्का (ठूली भाउजू) को दोस्रो स्मृति सभामा २ नं टोली सहभागी बन्यो । कार्यक्रम तामाकोसी गापा–४ मालु डाडागाउ दोलखा उहाकै घर अगाडि गरिएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रिय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज र सावित्री खडकाका जीवन साथी पुर्ण बहादुर खड्काले गर्नु भएको थियो भने गोबिन्द काफ्लेले संचालन गर्नुृ भएको थियो । कार्यक्रमका वक्ताहरुमा
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुख सन्तबहादुर नेपाली, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य हुनुहुन्थ्यो ।

अर्को कार्यक्रम पार्टीको स्थापना दिवस तथा लेनिन जयन्ती सम्पन्न गरियो । जसको अध्यक्षता पार्टी पिविएम तथा १० न ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठ हुनुहुन्थ्यो भने संचालन बाबुराम सुवेदीले गर्नु भएको थियो ।
उक्त कार्यक्रमका अतिथिहरुमा पार्टी स्थाई समिति सदस्य तथा २ न टोली प्रमुख सन्तबहादुर नेपाली, टोली सदस्यहरु क्षेत्र बहादुर थापा,नारायण शर्मा, टेकबहादुर तामाङ, अर्पणा श्रेष्ठ, बासु पोखरेल हुनुहुन्थ्यो । वक्ताहरुमा सन्तबहादुर नेपाली,क्षेत्रबहादुर थापा , टेकबहादुर तामाङ, हुनुहुन्थ्यो । र्काक्रममा नारायण शर्माव्दारा अन्तरास्ट्रिय गित प्रस्तुति गरिएको थियो ।

त्यसपछि भिमेश्वर नगरपालिका वडा नम्बर ५ तामाकोसी बजारमा कोणसभाको आयोजना गरियो, जसलाई नारायण शर्माले सम्वोधन र टेकबहादुर तामाङले संचालन गर्नु भएको थियो ।
त्यसैगरी भिमेश्वर नगरपालिका चरिकोट सातदोबाटो चोकमा अर्को कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालका कार्यालय सदस्य शोभा सेन्चुरीले गर्नुभयो भने अभियानबारे जिल्ला इन्चार्ज पुर्णबहादुर खड्काले राख्नुभयो । पार्टीको नीति तथा आगामी कार्यक्रमबारे पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले राख्नुभएको थियो ।
अपेरा सहितको सास्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको थियो ।
भिमेश्वर नगरपालिका वडा नम्बर २, भिमसेनस्थान बजारमा पनि कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन जितमान घतानिले गर्नुभएको र सभामा अभियान बारे एवम् पार्टीको नीति तथा आगामी कार्यक्रम बारे दोलखा जिल्ला सचिव गोबिन्द काफ्लेले राख्नुभएको थियो ।
टोली नम्बर ३
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ७ नम्बर व्यूरो को आयोजनामा १५६औं लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ३ नम्बर अभियान टोली पनि सहभागी भएको थियो। कार्यक्रम कास्की जिल्लाको पोखरामा रहेको पार्टी कार्यालयमा भएको हो।

पार्टीका स्थायी समिति सदस्य तथा ३ नम्बर अभियान टोली प्रमुख कृष्णराज पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ७ नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम शेर कुमार खड्का, अभियान टोली सदस्य तथा पिबिएम शेरबहादुर देउवा, अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम जितामित्र सुनार, अभियान टोली सदस्य तथा बैकल्पिक केन्द्रीय सदस्य दिपक बिष्ट, वैकल्पिक केन्द्रीय सदस्यहरु भिम श्रीस, शुसिला थापा, मिना लक्ष्मी , दुर्गा अधिकारी, केन्द्रीय सल्लाहकार समिति सदस्य राम जी थापा र तनहुँ जिल्ला सचिव नारायण लम्साललाई अतिथि सिट आसन ग्रहण गराइएको थियो।

प्रमुख अतिथि कृष्णराज पौडेलले तात्कालिक राजनैतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशा, पिबिएम शेर कुमार खड्काले पार्टी स्थापना दिवस र लेनिन जयन्ती, पिविएम शेरबहादुर देउवाले संगठनात्मक सिद्धान्त र संगठन परिचालन र जितामित्र सुनारले जनसम्बन्ध विस्तार अभियानको महत्व र अनुभुति बिषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता व्यूरो सचिव नारायण अधिकारी, स्वागत कास्की जिल्ला सचिव विरेन्द्र थापाले र सञ्चालन कास्की जिल्ला ईन्चार्ज आकाश गौतमले गर्नु भएको थियो। अभियान टोली सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक नारायण योगीले अभियानकै शिलशिलामा तयार पार्नुभएको “जन सम्बन्ध अभियान” गीत, विरेन्द्र थापाले “ढल्दैन ढल्दैन क्रान्तिकारी विचार” बोलको गीतहरु काजी बाबु श्रेष्ठ, शुसिला थापा,बिना बुढाथोकी, विक्रम थापा र नरबहादुर गुरुङले गाउनु भएको थियो।
टोली नम्बर ४
यो टोलीले नवलपुर ( दाउन्ने पूर्व नवलपरासी ) जिल्लाको मध्यबिन्दु नगरपालिकाको गिरुबारी बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको संचालन उत्तम थापा ( क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपुर जिल्ला सचिव) ले
र सम्वोधन युवराज न्यौपाने ,अक्कल (केन्द्रीय सल्लाहकार सदस्य) ले गर्नु भएको थियो ।

नवलपुरको कावासोती नगरपालिकाको डण्डा बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।
कोणसभाको संचालन दिनेश थापा (क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज) ले र
सम्बोधन अशोक लम्साल (पिबिएम तथा ११ नं. ब्युरो सचिव) ले गर्नु भएकोथियो ।
नवलपुरको कावासोती नगरपालिकाको फलफुल बजारमा कोणसभा सम्पन्न भएकोछ ।
संचालन उत्तम थापा (क्रा क पा ने जिल्ला सचिव) ले र सम्बोधन हेमन्त प्रकाश ओली सुदर्शन ( क्रा. क.पा .ने. स्थायी समिति सदस्य तथा अभियान टोली प्रमुख ) ले गर्नु भएको थियो ।
नवलपुरको देबचुली नगरपालिकाको दलदले बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएकोछ ।
संचालन लेखनाथ शर्मा (क्रा. क .पा .ने.केन्द्रीय सदस्य) ले र सम्बोधन धनेस्वर पोख्रेल (क्रा क पा ने पिबिएम ) गर्नु भए थियो ।

नवलपुरको देवचुली नगरपालिकाको सिजि बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।
संचालन दिनेश थापा ( क्रा. क.पा .ने.केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज ) ले
र सम्बोधन जोतिनारायण सुवेदी (क्रा. क .पा.ने .पार्टी केन्द्रीय सदस्य) ले गर्नु भएको थियो ।
अभियान पुगेका सबै ठाउँमा व्यापक पर्चा बितरण गरिएको छ ।
नवलपुर जिल्लाको सदरमुकामको फलफुल चोकमा रहेको जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल, नवलपरासी जिल्लाको प्रथम सहिद फुलमाया सारु क. रमा लगायत सहिदहरुको सालिकमा माल्यार्पन कार्यक्रम सम्पन्न गरिएकोछ ।
जिल्लामा व्यापक नारा लेख्ने काम पनि भएकोछ ।
नवलपुरको देवचुली नगरपालिकाको दुमकौलीमा १५६ औं लेनिन जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
लेनिन जयन्तीको अध्यक्षता अशोक लम्साल क.अनुकुल ( पिबिएम तथा ११ नं. ब्युरो सचिव) ले गर्नु भयो ।
प्रमुख अतिथि हेमन्त प्रकाश ओली सुदर्शन (पार्टी स्थायी समिती सदस्य )हुनुहुन्थ्यो ।
अतिथिहरू धनेस्वर पोख्रेल ( पिबिएम),युवराज न्यौपाने (केन्द्रीय सल्लाहकार समिति सदस्य) हुनुहुन्थ्यो । अभियान टोलीले कावासोतीमा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सित पनि भेटघाट गरेकोछ ।

