जनसम्बन्ध विस्तार अभियानको ४२ औं दिन कुन टोलीको के कार्यक्रम सम्पन्न भयो ?

 

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख १४ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नम्बर १

यो अभियान टोलीले विहानमा ललितपुरको बुखेल मेसिन्डोलमा स्थानीय किसानहरूको बारीमा मल छर्ने ,वारी खन्ने र अदुवा रोप्ने कार्यमा सहभागी भइ श्रम शिविर सन्चालन गरेको थियो । ललितपुरकै गोटीखेलमा एक कोण सभा सम्पन्न भएकोछ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य चन्द्रहरी सुवेदी अटलले सम्बोधन गर्नु भएको थियो । कोणसभाको सन्चालन पार्टीका ललितपुर जिल्ला सचिव तथा केन्द्रीय सदस्य जगदिश्वर महर्जनले सन्चालन हर्नु भएको थियो । अभियान टोलीले ललितपुरको बुखेल मानिखेल, गोटीखेल,सानो गोटी खेल , चन्दनपुर कागेश्वरीको बतासेडाँडा,गुम्बा डाँडा क्षेत्रमा भित्ते लेखन र पर्चा वितरण गरेकोछ ।

टोली नम्बर २

अभियानको बयालीस औं दिन अर्थात् बैशाख १४ गते काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका कुत्तालका स्थानीयसग भेटघाट तथा छलफल गरिएको छ । भेटघाटमा स्थानीयहरुले मिटर ब्याजी समस्या बारे पार्टीहरुको नेतृत्व दायी भुमिका हुनुपर्यो भन्ने बिषय मुख्य जोड दिएका छन् । घरदैलो कार्यक्रममा अभियान टोलि विशेष लागेको छ ।

 

दोस्रो कार्यक्रम पनौती नगरपालिका वडा नम्बर ७, पनौती बसपार्कमा कोणसभा गरिएको छ । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । अभियानबारे, पार्टीको नीति तथा आगामी कार्यक्रमबारे पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर ब्यूरो सदस्य सोमान सिंह तामाङले मन्तव्य मार्फत प्रष्ट पार्नुभएको हो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।

टोली नम्बर ३
गोरखाबाट खाना पछि अभियान टोलीलाई ७ नम्बर व्यूरो ईन्चार्ज शेर कुमार खड्का, ब्यूरो सचिव नारायण अधिकारी र गोरखा जिल्ला सचिव दुर्गा बहादुर अधिकारीले बिदाई गर्नु भयो। अभियान टोली नुवाकोट जिल्ला प्रस्थान गर्यो।

अभियान टोली नुवाकोट देवीघाट ५ बजे आइपुगेको थियो। देवीघाट आउँदा पानी परिरहेको थियो। ८ नम्बर व्यूरो सचिव रमेश पौडेल, नुवाकोट जिल्ला सचिव अर्जुन लाल श्रेष्ठले अभियान टोलीलाई खाँदा ओडाएर स्वागत तथा अभिनन्दन गरेको थियो। पानी परेको कारणले देवीघाटको साझको कार्यक्रमलाई स्थगित गरियो र १५ गते बिहान गर्ने निर्णय भयो।

टोली नम्बर ४
यो टोली चितवनमा निम्न कोणसभाहरु, पर्चा बितरण, वालपेन्टिङ्ग सम्पन्न गरी आजै चितवन जिल्ला सचिव विकास सापकोटाको घरबाट बिदाइ भै धादिङ प्रस्थान गरेको छ ।

पहिलो कोणसभा
चितवनको माडी नगरपालिकाको बसन्तपुर बजारमा कार्यक्रम सम्पन्न भएको छ । संचालक कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापा र सम्बोधन पार्टी स्थायी समिति सदस्य तथा ४ नं अभियान टोली प्रमुख हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्थ्यो ।

दोस्रो कोणस सभा
यो अभियान टोलीले चितवनको भरतपुर महानगरपालिकाको जगतपुर बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।जसलाई पोलिट्ब्युरो सदस्य अशोक लम्सालले सम्बोधन र संचालन केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले गर्नु भएको थियो । माडी नगरपालिकाको बसन्तपुर बजारमा रहेको जनयुद्धका सहिदहरुको सालिकमा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनबाट माल्यार्पण गर्ने काम भयो । कोणसभा गरिएका क्षेत्रहरुमा व्यापक रुपमा पर्चा बितरण नारा लेख्ने काम सम्पन्न गरिएका छन् ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित