भूमिबैंकको नीति खारेज गर्न ६ किसान संगठनको जोडदार माग

काठमाण्डौ । सरकारले ल्याएको भूमि बैंकको नीति खारेज गर्न नेपालमा क्रियाशील छ क्रान्तिकारी तथा वामपन्थी किसान संगठनहरुले जोडदार माग गरेका छन् । किसान संगठनहरुले सरकारको नीति तथा कार्यक्रममा समेटिएको भूमि बैंकको नीतिले किसान,भूमिहीन ,सुकुम्बासी दलित तथा उत्पीडित समुदायलाई भूमिको व्यवस्था गर्ने नभई यो नीति र अवधारणा साम्राज्यवादी उदारनीतिलाई लागू गर्न ल्याइएकोले त्यसको खारेज गर्न माग गरे । उनीहरुले भूमि बैंकको नीति सरकारले लागू गरेमा जग्गाजमिनको भोगचलन किसानहरुले गर्न नपाउने, भूमि बैंकमा दर्ता गरे पछि भूमिको बिक्री वितरण गरी लाभ लिनबाट समेत किसानहरु बञ्चितहुने , सरकारी जग्गामा समेत पूँजीपतिहरुको कब्जा हुने र नेपाली नै राष्ट्रियता विहीनतामा पुग्ने अवस्था आउने भएकाले यसको खारेज हुनुपर्नेमा जोड दिए ।
६ किसान संगठनहरु क्रान्तिकारी किसान महासंघ नेपाल ,अखिल नेपाल किसान महासंघ ,अखिल नेपाल प्रगतिशील किसान महासघ ,अखिल नेपाल किसान युनियन ,अखिल नेपाल किसान महासंघ –क्रान्तिकारी केन्द्र )र अखिल नेपाल किसान महासंघ (अन्पा) सम्मिलित संयुक्त किसान संघर्ष समितिको आयोजनामा काठमाण्डौको संवाद डवलीमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले सो कुरामा जोड दिएका हुन् । संयुक्त किसान संघर्ष समितिले भूमिबैंक ,सरकारी उद्योगहरुको निजीकरण ,राष्ट्रिय कृषि नीति र नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबारे बोल्दै सरकार किसान ,भूमिहीनहरुको पक्षमा नभई भूमिबैंक खडा गरेर भूमि विदेशीहरुलाई सुम्पन चाहेको बताए । उनीहरुले सरकारले किसानहरुको समस्या वास्तविक रुपमा समाधान गर्न नसकेको, भूमिहीन सुकुम्बासीहरुको समस्यालाई वेवास्ता गरिरहेको अवस्थामा भूमिबैंक किसानहरुलाई झुक्याउन ल्याइएको बताए र सरकारले ल्याएको नीतिको विरोधमा उत्रन सबै किसान तथा नेपालीहरुलाई अनुरोध समेत गरे । आफूहरुले विगतमा ६५ सुत्रीय माग सरकारसमक्ष राखेको सो मागको सुनुवाई हुन नसकेको सो सुनुवाईको माग समेत उनीहरुले पत्रकार सम्मेलनमा राखे । पत्रकार सम्मेलनमा संघीय संसदका सांसदहरु रण्ोन्द्र वराइली ,मिना तामाङको समेत उपस्थिति र मन्तव्य रहेको थियो । मन्तव्यको क्रममा उनीहरुले किसानको हित विपरीत रहेको भूमिबैंकको नीति सरकारले बहुमतको आडमा पारित गरेकाले किसानहरुको संघर्षबाट सो नीति खारेज गर्न अनुरोध गरे । किसानहरुको संघर्षमा आफूहरुको पनि साथ र सहयोग रहने उनीहरुले बताए ।
कार्यक्रममा क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघ –अन्फा)का संयोजक बलदेव चौधरी , अखिल नेपाल किसान महासंघ अप्फाका अध्यक्ष भैरव रेग्मी , अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दूर्गा प्रसाद जैशीको सम्बोधन रहेको थियो। कार्यक्रम अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षता तथा सञ्चालन नहेन्द्र खड्काको रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित