मनु वि.क.
काठमाण्डौ । क्रान्तिकारी महिला संगठन नेपालको राष्ट्रिय भेला २०८२ जेष्ठ २४ गते ललितपुरको कुपोण्डोलमा सम्पन्न भएको छ । भेलाले २०८२ साल फागुनमा राष्ट्रिय एकता सम्मेलन गर्ने निर्णय गरेको छ । भेलाले ७५ सदस्सीय राष्ट्रिय एकता सम्मेलन आयोजक समिति गठन गरेको छ । संगठनका संयोजक अम्बिका मुडवरीको अध्यक्षता र
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको स्थायी समिति सदस्य असिमको विषेश आतिथ्यता तथा सूर्या थापाको आतिथ्यता ,सहसंयोजक शारदा महतको सञ्चालन र मनु वि.क.को स्वागतमा भेला सम्पन्न भएको हो । ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण पछि भेला अगाडि बढेको थियो । भेलामा विभिन्न जिल्लाबाट उपस्थित सदस्यहरुले सांगठनिक अवस्थाको बारेमा प्रतिवेदन पेश गर्नु भयो । भेलामा विषेश अतिथि असिमले भेलाको शुभकामना मन्तव्य व्यक्त गर्दै महिलाहरुमाथि उत्पीडन थोपरिरहेका दाइजो प्रथा ,छाउपडी प्रथा जस्ता प्रथा र परम्पराको विरुद्धमा महिलाहरुले सचेत ढंगले सबैसंग जोडिँदै अभियान चलाउन सकिने बताउनु भयो र संगठन निर्माणमा लाग्न जोड दिनु भयो । मान्छेहरु हल्लाको पछाडि लाग्ने कुराको उल्लेख गर्दै हल्लाको पछि नलागेर ठीक वैज्ञानिक विचारमा अडिएर बस्नु पर्ने र विश्वदृष्टिकोण सही बनाउनु पर्ने वहाँले मन्तव्यको क्रममा उल्लेख गर्नुभयो । वहाँले देशमा विकृति, विसंगति, भ्रष्टाचार मौलाएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीे त्यसका विरुद्ध असारको ५ गतेदेखि देशव्यापी भ्रष्टाचार विरुद्ध अभियानमा लाग्ने कुरा बताउनु भयो ।
आगामि २०८२ फागुन २४–२६ सम्म ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा आठ मार्चको दिन उद्घाटन गर्ने गरी राष्ट्रिय एकता सम्मेलन गर्ने निर्णय गरेको छ ।भेलाले देशव्यापी रुपमा सदस्यता वितरण गर्ने ,जिल्ला भेला तथा सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गर्नुका साथै राष्ट्रिय एकता सम्मेलन तयारीकोलागि व्यवस्थापन समिति ,प्रचार प्रसार समिति, आर्थिक उपसमिति गठन गरेको छ । भेलाले संगठनको मुखपत्र प्रकाशन गर्ने निर्णय गर्नुका साथै व्यूरोहरुको गठन समेत गरेको छ । कार्यक्रममा महिला नेतृ सूर्याथापाले भेलाद्वारा गठित समितिलाई बधाइ दिँदै नेपालको क्रान्तिकारी महिला आन्दोलनमा लाग्न सबैलाई अनुरोध गर्नु भयो ।
दुइ क्रान्तिकारी महिला संगठनहरु क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघ केन्द्रीय संगठन समितिकोबीचमा २०८१ असार १८ गते ललितपुरको कुपण्डोलमा एकीकरण भएको थियो ।

