इरानले आत्मरक्षा गर्न पाउने अधिकारको समर्थन

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले वर्तमान अवस्थामा इरानमाथि भइरहेको इजरायली र अमेरिकी आक्रमणको विरोधमा आत्मरक्षा गर्न पाउने अधिकारको समर्थन रहेको बताएको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले २०८२ असार १० गते प्रेस वक्तव्य जारी गर्दै सो बताउनु भएको हो । वक्तव्यमा इरानले बंकर ब्रष्टर प्रयोग गरी इरानमाथि घातक हमला गरेको कार्यप्रति पार्टीको गम्भीर ध्यानआकर्षण भएको जनाइएको छ । इरानमा आक्रमणकारीहरुले गरेको सत्ता परिवर्तनको कुरा र सैन्य आक्रमणको निन्दा एवम् भत्सर्ना गरिएको छ । वक्तव्यमा इरानमाथिको अन्धाधुन्द आक्रमण रोक्न जोडदार माग गरिएको छ र अमेरिकी इजरायली आक्रमणले विश्वलाई तेस्रो विश्व युद्धतिर धकेल्ने गतिविधिको विरोध पनि गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।–
१. इजरायलद्वारा इरानले आणविक कार्यक्रम संचालन गरेको आरोपमा सैन्य हस्तक्षेप गरेर इरानका उच्चपदस्थ सैनिक नेतृत्व एवम् आणविक वैज्ञानिकहरूको हत्या, आणविक केन्द्रहरुमाथि आक्रमण र त्यसको लगत्तै अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रहरूमा बंकर बस्टर बमहरू प्रयोग गरी थप घातक आक्रमण गरेको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
२. अमेरिकी साम्राज्यवाद र त्यसको संरक्षकत्वमा रहेको इजराली विस्तारवादले वर्तमान इरानी सत्ताबाट उनीहरूको अस्तित्वमाथि खतरा आइलाग्ने भएकाले इरानलाई आणविक हतियारद्वारा लेस शक्ति सम्पन्न राष्ट्र बन्न दिन नहुने कुतर्क गरी इरानका विरुद्ध त्यस प्रकारका आक्रमणहरु गर्नुपरेको बताउँदै आएकोमा अहिले आएर अमेरिका र इजरायलले इरानको वर्तमान सत्ता संरचनालाई कुनै पनि हालतमा बदल्नुपर्ने र त्यसको बदला उनीहरूको हितमा काम गर्ने नयाँ सत्ताको स्थापना गर्नुपर्ने वकालत गरेका छन् ।
३. हाम्रो पार्टीले इरानमा कस्तो प्रकारको शासन व्यवस्था कायम गर्ने भन्ने सार्वभौम अधिकार इरानी जनतामा निहित हुने भएकोले अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादद्वारा इरानमाथि गरिएको सत्ता परिवर्तन सम्बन्धी हस्तक्षेप र बर्बर सैन्य आक्रमणको हदैसम्म निन्दा एवं भत्र्सना गर्दछ र इरानले आफ्नो आत्मरक्षा गर्न पाउने अधिकारको समर्थन गर्दछ ।
४. हाम्रो पार्टीले अमेरिकी साम्राज्यवाद तथा इजरायलद्वारा इरानमाथि भइरहेको अन्धाधुन्द आक्रमण तत्काल रोक्न माग गर्दछ र विश्वलाई नरसंहारकारी तेस्रो विश्वयुद्ध तर्फ धकेल्ने अमेरिकी गतिविधिको तीव्र विरोध गर्दछ ।
५. हाम्रो पार्टीले अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलद्वारा इरानको राष्ट्रिय स्वाधिनतामाथि गरिएको ठाडो हस्तक्षेपको कडा शब्दमा विरोध गर्दछ र त्यस प्रकारको हस्तक्षेपका विरुद्ध प्रतिरोध गरिरहेका इरानी जनताप्रति ऐक्यबद्धता जाहेर गर्दछ । साथै, विश्वभरिका न्यायप्रेमी जनसमुदायलाई अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन सशक्त आह्वान गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित