शालिकराम भण्डारी
उन्निसौं शताब्दीको अन्तदेखि एकाधिकार पुँजीवाद र यसको उच्चतम रुप साम्राज्यवाद र सर्वहारावर्गको क्रान्तिको युग प्रारम्भ भयो । विश्व औपनिवेशिक शासन लुप्तभएपछि क्षेत्रीय विस्तारवाद पनि शक्तिको रुपमा देखा प¥यो । जस्तो दक्षिण एसियाली क्षेत्रमा भारत छ । त्यसैले यस क्षेत्रमा औपनिवेशिक साम्राज्यवाद विरोधी जनता विस्तारवादसँग पनि लड्न बाध्य छन् । अहिले विश्व सर्वहारावर्ग गरिब, किसान, बहुसंख्यक जनता विकसित अल्पविकसित राष्ट्रको नं.१ दुश्मन साम्राज्यवाद ठहर भएको छ । जसको नेतृत्व अमेरिका र उसका मित्र शक्ति नेटोको हातमा छ । यो शक्ति सर्वहारा क्रान्ति र समाजवादी व्यवस्था रोक्न असफल बनाउन सकेसम्म लागेको छ ।अब विश्वका आर्थिक, राजनैतिक, सांस्कृतिक समस्यालाई कुन चस्माले हेर्ने हो ? पहिलोले मुठ्ठिभर जनताको सेवा गर्छ र त्यसको रक्षक हो । दोस्रो बहुसंख्यक जनताका प्रतिनिधित्व गर्छ र त्यसैको रक्षक हो । जनता शब्द प्रयोग गरिन्छ भने बहुसंख्यक बुझ्नु पर्दछ ।
अहिले नेपालको सत्ता संचालन गरिरहेका ंपुराना पार्टी ने.का.र ने.क.पा.जसले अत्यन्त क्रुर,निरंकुश सामन्ती वंशीय राजतन्त्रलाई फालेर पुँजीवादी प्रजातन्त्र अन्तर्गत गणतान्त्रिक शासन व्यवस्था कायम गरेका छन् । तिनको बारेमा एक एक गरेर छुट्याउन लाग्नु जरुरी छ । देशमा २५० वर्षसम्म शासनसत्ता सम्हालेका तानाशाही शासकहरु जनताले फालिसकेपछि पनि समय समयमा टाउको उठाउन खोज्दैछन्–ठूलाठूला भुमाफिया, व्यापार माफिया,दलाल विचौलिया, गुण्डा, आवाराहरु बटुलेर राप्रपाको पार्टी खोलेका छन् र राजतन्त्र फर्किने प्रयास राख्दै संवैधानिक राजतन्त्रको राजनैतिक नारा दिदै त्यो पार्टी हिंडेको छ । साथै संवैधानिक राजतन्त्रको भने राजा ज्ञानेन्द्र तिनको पार्टीका नेता विभिन्न खालका माफियाहरु देश छोडेर मात्रै भागे हुन्छ । संवैधानिक राजतन्त्रले त राजाको सम्पूर्ण शक्ति जनतामा जान्छ राजसंस्था त एउटा प्रतिक मात्रै हुन्छ । जस्तो बेलायती राजतन्त्र अहिले छ । त्यहाँको राजतन्त्र संसदको कब्जामा छ । आफै यता उता, दायाँवायाँ, काइँकुइँ गर्न सक्षम छैन । बेलायतको राजतन्त्र भन्दा नेपालको गणतान्त्रिक राष्ट्रपतिको गणना उच्च हुन्छ । त्यसले ज्ञानेन्द्र र तिनको पार्टीका नेता समर्थकलाई जनताले पैसा उठाएर टिकट काट दिनेर कम्तिमा पनि एक वर्ष त्यहाँको व्यवस्थाको अध्ययन गर्न लगाए हुन्छ । त्यस्तो प्रतिगामी तत्वको के कुरा गर्ने ? २००७ सालदेखि आज ७६ वर्ष सम्म २ पार्टी नेका र नेकपाको भूमिका नै प्रमुख रहँदै आएको छ। यिनले नेपालको राष्ट्रिय, अन्तर्राष्ट्रिय समस्यालाई कसरी हेर्छन् यिनको दृष्टिकोण के छ त्यही नै गणना हुन्छ ।
यी मध्येमा नेपाली कांग्रेस सबभन्दा पुरानो पार्टी हो । त्यसको राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति कस्तो छ, विश्लेषण नगरी नेपालको राजनीति बुझ्न सकिंदैन । नेका एउटा पुँजीवादी पार्टी हो– सामन्तवादसँग संघर्ष गरेर पुँजीवादको विकास गर्नु यसको मुख्य उद्देश्य हो । तर पुँजीवादको विकास नेपालमा पूर्णरुपले हुन नसक्दा अलमलमा परेको छ । यहाँ पुँजीवाद प्रवेश मात्र गरेको छ । तर राष्ट्रिय नभै दलाल, नोकरशाही पुँजीपतिवर्गको प्रधानता छ । ०४६ सालपछि नेका कुनै कुनै रुपमा सत्तामा छ । कम्युनिस्ट भन्नेहरुलाई आपसमा लडाएर शक्ति आफ्नो हातमा पारेको पा¥यै छ, संसदमा ठूलै संख्यामा सिट ल्याएको छ । प्रभुत्ववादी शक्तिको हित रक्षा बाहेक उपेक्षित वर्गको निम्ति एउटा फलदायी काम गरेको छैन । इतिहास साक्षी छ । एकातिर जनता खाने गाँस, बस्ने बास, लगाउने लुगाको अभावमा गरिबी, दुःख कष्टको जीवन भोगिरहेका छन् । जिवीकोपार्जन निम्ति विभिन्न देशका कुना काप्चामा हरेक दिन, हरेक महिना ओहिरिएको ओहिरयै छन्, अर्कोतिर नेका यति सय मिटर बाटो कुनै गाउँमा यतिधारा जडान गरिएको , केही निश्चित ठाउँमा विद्युत बाँडिएको मल, पोहोर सालभन्दा यस साल केही सुविधापूर्वक किसानले पाउन सकेको, देशको उत्पादनबारे अपुग खाद्य पदार्थ, समयमा नै आयात गरिएको, गतसालको भन्दा यस सालको असरसम्म रेमिट्यान बढेको, ६ महिनाको लागि वस्तु आयात गर्न सुविधा भएका,े यति देशसँग दौत्य सम्बन्ध स्थापित भएको , योग्य व्यक्तिलाई राजदुत नियुक्त गरेर आ–आफ्नो ठाउँमा पठाईएका, यति खर्बको वार्षिक बजेट प्रकाशित गरिएको–अनुदान, क्रिया यस साल यति प्रतिशतले वृद्धि भएको, वार्षिक आयवृद्धि प्रतिशतसम्म हुने अनुमान गरिएको छ, साथै अध्यागन विभागको तथ्यांक अनुसार यससाल साढे सात प्रतिशत मानिसलाई रोजगारीको निम्ति अनुमति पत्र दिएको पनि जानकारीमा आएको छ । यस्तै यस्तै अरु पनि नेकाले आफ्ना कार्यकर्ता र जनता समक्ष आश्वासन बाँड्दै हिँडेको छ र भनेको छ।यस ५ वर्षभित्र गरिबी, बेरोजगारी देशमा रहने छैन । सुख समृद्धि, सुशासन,देशमा सर्वत्र हुनेछ । तर देशलाई औद्योगिकरण गर्ने, उत्पादन वृद्धि गर्ने, मान्छे निर्यातको बदला वस्तु निर्यात गनर्,े रोजगारी देशमै सुलभ गराउने तर्फ उसको नीति कार्यक्रम घाषणापत्रमा केही ठोस कुरा पाउँदैन । विपीको समयदेखि राष्ट्रियता, प्रजातन्त्र, समाजवाद सिद्धान्त मानिएको थियो । कागजमा सीमित राख्नको लागि मात्र थियो ।
अब उसको बाह्य नीति कस्तो छ । त्यतातिर जाउँ । आन्तरिक नीति नै बाह्य नीतिको प्रतिविम्व हो । देखी सकिएको छ, नेकाले रक्षा सेवा गर्ने भनेको मुठ्ठीभर उपल्लो वर्ग समुहको मात्र हो। सर्वश्रेष्ठ धनी विनोद चौधरी लगायतका केही झुण्डको को– गरिब, शोषित, पीडित, जनता यसबाट सदा उपेक्षित हुन्छन् । यसरी नै यसको बाह्य नीति पनि उस्तै खालको राष्ट्रहरुसँग आबद्ध छ । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादप्रति साँठगाँठ झुकाव बढि छ । अहिलेसम्म अमेरिकी नीति विरुद्ध गएको इतिहासमा रिकर्ड छैन ।यस क्षेत्रको लागि अमेरिकी नीति एमसिसि एसपिपि उसको पनि नीति हुन्छ, रुस युक्रेन युद्ध, इजरायल, प्यालेस्टाइन अथवा हमास युद्धमा यसको नेतृत्व अथवा गठबन्धनको सरकारले समेत इजरायलको नै समर्थन ग¥यो । यसैगरी भारत नेपालबीचमा केही इलाका कालापानी, लिम्पियाधुरा, लिपुलेक हडप्न खोजेको विषयमा चुँ गरेर एक शब्द बोल्दैन । हाम्रो अर्थतन्त्रमा भारतले गरेको हस्तक्षेप प्रति नेकाको केही चासो छैन । उसको नेपाल प्रतिको व्यवहार अप्रत्यक्ष रुपले औपनिवेशिक शासनमा आधारित छ । नेका त्यसमा पनि चुपचाप छ ।
अहिले विश्वमा प्रमुख भूमिका खेल्न राष्ट्रहरु हुन अमेरिका र उसको नेतृत्वमा गठित नाटो । शक्ति राष्ट्र, चीन, र दक्षिण एसियाली क्षेत्रको लागि भर्खर उदाउँदै गएको भारत । यिनैको पिठो बिक्छ । अमेरिका पछि चीन शक्ति राष्ट्रमा देखा परेको छ । यद्यपि चीन आमूल परिवर्तनकारी क्रान्तिकारी कम्युनिस्टहरुका निम्ति प्रेरक शक्ति रहेका माओको चीनदेखि धेरै टाढा हुँदै गएको छ, तर अमेरिकी साम्राज्यवादी शक्तिको लागि उसको एकछत्र शक्ति प्रदर्शन गर्नबाट रोक्न सफल भएको छ, शक्ति सन्तुलन लगभग बराबर छ । कुनै एकले चाहँदैमा तुरुन्त केही हुन सक्दैन ।
शक्तिशाली राष्ट्रमध्ये रुस पनि पर्दछ । अमेरिका र अन्य यूरोपियन शक्तिको एक दुई शताब्दी विकास हुँदै आएको आक्रमणकारी, हस्तक्षेपकारी नीति विरुद्ध अविचलित रुपले टक्कर लिन सकेको छ, आक्रमण र हस्तक्षेपलाई अगाडि बढ्न दिएको छैन । एउटा बलियो खम्बा सावित भएको छ । यद्यपि आजको रुस लेनिन स्टालिनको रुस त्यो समाजवादी रुस सर्वहारावर्गको क्रान्तिको रुसदेखि पतन भैसकेको छ, हजारौं कोश टाढा छ । क्रान्तिकारी जनतालाई दमन गरेको ग¥यै छ, तैपनि साम्राज्यवादी विरुद्ध उनीहरुको आक्रमण विरुद्ध लड्न सक्षम छ । लेनिन र स्टालिनको रुसले ठूलाठूला राजनैतिक, आर्थिक परिवर्तन ल्यायो । विश्व युद्ध जस्तो विनासकारी युद्ध रोक्न सफल भयो, आजको रुसको आड भरोसा त त्यही नै हो तर के गर्ने क्रान्तिले धोखा खायो ।
अर्को क्षेत्रीय शक्ति भारत औपनिवेशिक दासताबाट मुक्त भएपछि भारत देखा परेको छ । भारतले गान्धी र नेहरुको पुँजीवादी प्रजातन्त्र स्थापित पछि केही हदसम्म गतिशील नीति लियो । आन्तरिक तहमा धर्मनिरपेक्षता, स्वतन्त्रता र प्रगतिशील अर्थनीति लिन प्रयास ग¥यो, बाह्य नीतिमा असंलग्न परराष्ट्र नीति घोषणा ग¥यो, रुससित अलि राम्रो सम्बन्ध सुधार्न पट्टी लाग्यो । उनीहरुपछि सत्ता सम्हालेको दल भाजपाले विपरीत बाटो अंगाल्यो । धर्म सापेक्षता, संलग्न परराष्ट्रनीति उसको रहेको छ । यो पार्टी दोहोरो खेल खेल्छ । रुससँग च्वाट्ट छुटिन पनि सक्दैन, अमेरिकातिर खुला रुपले जान पनि सक्दैन, संकटमा छ । तैपनि वर्षको ४,५ पटक अमेरिकी शक्तिको पाउमा पर्न गैरहन्छ । किनकि पूर्वी एसियाको अर्को उदयमान शक्ति चीन, भारतको मोदी सरकारलाई सह्य छैन । त्यसैले अमेरिकी सरकारलाई खुशी गराउनु बाहेक अर्को उपाय यसलाई देखा पर्दैन । भारतीय वास्तविक जनता यसको विपक्षमा छन् । यसमा पनि विश्वास छैन । क्षेत्रीय शक्तिको रुपमा शक्तिशाली भएर छिमेकी देशलाई दबाउन, हस्तक्षेप गर्न अमेरिकी शरणमा परे सारै सरल हुने भारतको ठम्याई छ । अमेरिका पनि भारतलाई उपयोग गरेर चीन विरोधी कैम्प खडा गर्न चाहिरहेको छ। अब नक्सा यस्तो बनेको छ– अमेरिका र नाटो शक्तिधेरै हदसम्म भारत एकातिर–चीन रुस अर्कोतिर । नेका कता छ भन्ने कुरा माथि उल्लेख गरिसकिएको छ ।
अब अर्को ठूलो पार्टी एमाले–नेपाली कम्युनिस्ट आन्दोलनमा केशरजंगको समयदेखि दक्षिणपन्थी संशोधनवादी र क्रान्तिकारी धार बीच संघर्ष हुँदै आएको छ, विभाजन हुँदै गएको छ । ०४६ सालको परिवर्तनपछि एमाले संशोधनवादी दिशातिर बढ्दै गएको हो । भारतीय सत्ताप्रति यसबाट असन्तुष्ट पक्षले नयाँ जनवाद हुँदै समाजवादमा पुग्ने लक्ष्य लिई ०५२ साल फागुन १गते जनयुद्ध प्रारम्भ ग¥यो । १०, ११ वर्षको युद्धपछि पार्टीले शान्ति सम्झौता ग¥यो । राजा फाल्ने जनतामा चेतना ल्याउने पार्टी पतनको दिशा तिर बढ्दैछ ।
कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी (एमाले) भन्नेमा हिजको एमाले पर्दछ । आज उसमा माक्र्सवाद, लेनिनवादका कुनै पनि लक्षण देखा पर्दैनन् । मालेवादले उसको चरित्रलाई स्वीकार गर्दैन, यसलाई कम्युनिस्ट भन्दैन । यसको नेतृत्वले विशाल जनमत आफ्ना कार्यकर्तालाई भ्रममा पारेको छ, अन्धकारमा राखेको छ, यसलाई माक्र्सवादी लेनिनवादी पार्टी नभनी ओली पार्टीको संज्ञा दिनु उपयुक्त होला । यसमा विवादको कुरै रहँदैन । यो पार्टी मुठ्ठीभर जनताको प्रतिनिधित्व गर्दछ, सर्वहारा, गरिब, किसान अन्य शोषित पीडित साथै राष्ट्रिय पुँजीपतिवर्गप्रति उपेक्षा गर्दै आएको छ । संसदमा तिनको सम्बन्धमा एउटा छलफल बहस गर्दैन कुनै कानुन ल्याउँदैन । संसदमा नोट र मसलको बलले धेरै सिट संख्या पाउनु नै यसको प्रमुख ध्येय भएको छ । किनकि संसदवाद भन्नु नै नोट र शक्तिमा आधारित हुन्छ । नो नोट, नो भोट । विश्वको अवस्था यही छ । यो पार्टी दलाल, नोकरशाही पुँजीपति र अवशेषको रुपमा रहेका सामन्तको रक्षक सेवक मात्र हो । प्रमाण विनोद चौधरी, जस्तै केही वर्ष पहिले यस पार्टीका सदस्य थिएँ । अर्को कुरा संसदमा खेलेको भूमिका, षडयन्त्र र दमन । ओली पार्टीले संसदलाई पनि कमजोर बनाइरहेको छ । यसको फाइदा समय समयमा भू.पू. राजा ज्ञानेन्द्रले लिन खोज्दछ । ओलीको अन्तरिम र बाह्य नीतिमा नेकासँग समानता छ । दुवै पार्टी अमेरिका र भारतको गोप्य समर्थन चीन र रुसप्रति गोप्य विरोध छ । माक्र्सवाद–लेनिनवाद कम्युनिस्ट पार्टीको सिद्धान्त, विचार पहिले नै त्यागिसकेकाले आप्mनो पार्टीका कार्यकर्ता र जनतालाई प्रभाव पार्न आफूले पाएको दुःखकष्टको विवरण दिंदै हिंडेका छन् । प्रत्येक जनसभामा उनलाई केही न केही भन्नै पर्दछ । १४ वर्ष जेल बसेको कथा भन्छन् । यसले गर्दैमा कोही क्रान्तिकारी कम्युनिस्ट हुने भए यो संसार धेरै पहिले नै वैज्ञानिक समाजवादमा पुगिसकेको थियो ।
अर्को एउटा ठूलो पार्टी माओवादी केन्द्र ०४६ सालको परिवर्तनलाई ठूलो उपलब्धि मान्ने सम्पूर्ण जवजवादीहरुबाट असन्तुष्ट भै नयाँ जनवादको खुड्किलो पार गर्दै समाजवादमा पुग्न सकिने पवित्र उद्देश्यले ०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको पार्टी देशको धेरै भागमा विजय गरिसकेको थियो । १० वर्षसम्म युद्ध संचालन कुशलतापूर्वक गर्दै थियो । उसमाथि आन्तरिक र बाह्य दबाब छ । तीव्र रुपमा बढेका थिए । बढ्दै थिए त्यो दबाब थेग्न नसकि नेतृत्व वर्गले एकाएक विस्तृत शान्ति सम्झौता ग¥यो, नेका र एमाले समेत माओवादीसँग सम्झौता गर्न तयार भए भारतको तजविजमा दिल्ली सम्झौता सम्पन्न भयो । यसैलाई नै १२ बुंदे सम्झौता भनिन्छ–सम्झौता गर्नु तोड्नु युद्धमा स्वाभाविक मानिन्छ । मुख्य गल्ती कहाँ भयो । विश्लेषण गर्दा के थाहा हुन आयो भने माओवादीले आफ्नो र रणनीति भुल्यो । तत्कालिन कार्यनीतिमा नै जोड दियो । यसको मतलव नेका र एमालेको संसदवादको बाटो नै, बुर्जुवा प्रजातान्त्रिक दिशा नै यसको पनि निर्विकल्प बाटो हुन गयो । हुनु के पथ्र्यो ? राजनीतिक, लक्ष्य गुम्ने गरी सम्झौता गरिनु हुँदैनथ्यो । त्यो भएन । यसको उपलब्धि त नेका र एमाले जसले ०४६ सालमा निरंकुश राजतन्त्रमा केही अधिकार कटौती गर्न परिवर्तनलाई मानेका थिए । तिनको नीतिलाई गणतन्त्रमा बदल्नु मात्र भयो । यही नै कम्युनिस्ट क्रान्तिलाई ठूलो धक्का भयो । हिजोसम्म नेका र ओली पार्टी–सबै खाले प्रतिक्रियावादी दक्षिणपन्थी संशोधनवादी उदारवादीलाई माओवादी पार्टी आँखाको कसिंगर भएको थियो । अब त्यस्तो छैन । आप्mनै भाई भतिजा एउटै कुल वंशको माने हुन्छ । देवाली एकै ठाउँ गर्ने कोही त्यही अंगालो हालाहाल गर्ने हो –आत्तिनु छटपटाउनु पर्दैन । अब झगडा भनेको त अंश, भागमा कसले बढी पाउने भन्ने मात्र हो । अहिले माओवादी केन्द्रमा परिणत भएको पार्टीमा जोश असाध्य छ, त्यो देख्दा अचम्म लाग्छ । दुःखको कुरा के भने होस छैन । मानसिक चिन्ता भएको छ, कता जाने कहाँसम्म जाने थाहा छैन । भन्ने शब्दमा केही कमी छैन । एउटा क्रान्तिकारी कम्युनिस्टले प्रयोग गर्ने सरह छ । जनयुद्धका उच्च कमाण्डर प्रचण्ड हिजो जस्ता रहेनन् । संसदवादबाट नै समाजवाद आउँछ भन्न पट्टी लागे । सायद प्रचण्डपथ जुन अस्पष्ट थियो । साफ भयो यही नै रहेछ । अब ओलीको अन्तर्राष्ट्रिय स्थितिलाई हेर्ने दृष्टिकोण र माकेको हेराईमा केही फरक छैन, भाषाशैलीको भिन्नता मात्र हो । माकेबाट उत्पन्न भ्रमको बादल सुस्तसुत फाट्दैछ । माओवादीमा उच्चतहमा नेतृत्व गरेका केही व्यक्ति अहिलेको राजाको मुख्यालय र दुइ जिब्रे स्वार्थी ढंगले हेर्छन् । कहिले राजालाई गाली गरे जस्तो गर्छन– कहिले राजालाई अन्याय भयो पनि भन्छन् । यिनका अन्तर्राष्ट्रिय स्थिति हेर्ने दृष्टि के पो भयो र ? मधेशवादी पार्टीहरु बहुदलीय व्यवस्था स्थापित भएको नेपालमा प्रत्येक नेपालीले राजनीति गर्न पाउने अफ्नो इच्छा अनुसार पार्टी खोल्न पाउने संवैधानिक व्यवस्था छ । धेरै नयाँ पार्टीहरु खुलेका छन् । धन भएका तथा धन एकठ्ठा गर्न सक्ने शक्ति भएका शक्तिको नग्न प्रदर्शन गर्न सक्ने व्यक्ति छ र जम्मा गर्न सक्नेले पार्टी खोल्न सक्छन् । खोलेका छन् । त्यसरी जनताको ज्यादा भन्दा ज्यादा मत प्राप्त गर्न सकेका पनि छन्, ती सबैको सिद्धान्त, विचार, दृष्टिकोण केही छैन आखिरी २ ठूला पार्टीको शरणमा जाने छन् । कहिले कता कहिले कता गरिरहन्छन् । तर नेपालमा मधेशवादी साना ठूला दलहरुलाई त्यसरी हेरेर मात्र पर्याप्त हुँदैन । किनकि त्यहाँका धेरै जसो जनता छिमेकी देश भारतबाट आई अंगीकृत नागरिक भै धेरै समय पहिलेबाट बसेका छन् । ठूलाठूला कारोबार गर्ने, जमिनको धेरै जसो भाग कब्जामा राखेका छन् । धेरै जसो देशको आर्थिक स्थिति अनुसार उच्च वर्गका जनताको व्यवस्था यता छ आस्था दृष्टिकोण उता छ । राजनीति तिनैको हातमा छ । अन्य उताबाट आइ बसेका गरी खाने श्रमिक भूमिहीन गरिब, किसान, निम्न वर्गका मानिस जुन तिनै उच्चवर्गका प्रतिनिधिबाट शोषित, पीडित दमनमा परेको प¥यै छन् । जनता गास, बास, कपास खोज्छन् । जिविकोपार्जन खोजेका छन् । तर ती कति व्यक्ति मिटर व्याज जस्ता विभिन्न अंकुशहरुको खोजमा छन् । यो एउटा पक्ष भयो । अर्को कुरा नेपाल जस्तो खुला सिमाना भएको देश विश्वमा कमै होलान् । यो भारतको मिचाहा प्रवृत्तिको नमुनाको । राजनैतिक, आर्थिक, सांस्कृतिक हस्तक्षेप त छँदैछ । नेपालमा साँध सिमाना मिचिनु इलाकाहरु हडपिनु, अझ ठूलो हस्तक्षेप हो । त्यसैले मधेश प्रदेशको समस्या समाधान गर्न समस्त नेपाली समाजलाई (तराई वा पहाड जेहोस्) वर्गीय रुपले हेरिनुपर्दछ । सबै उच्च वर्ग देशघाती, राष्ट्रघाती हुन्छन् । निम्न वर्ग देशप्रेमी, राष्ट्रप्रेमी हुन्छन् । यो ध्रुव सत्यको ।
क्रान्तिकारी धार पकडेको पार्टीहरु ,व्यक्तिहरु, देशभक्त जनताहरु अन्तर्राष्ट्रिय स्थितिलाई बेग्लै ढंगले हेर्छन । आन्तरिक रुपमा नयाँ जनवादको खुड्किलो पार गर्दै समाजवादमा पुग्ने लक्ष्य यिनीहरुको साझा नै भयो । बाह्य रुपमा साम्राज्यवाद जसको मूल नाइके अमेरिकाको त्यसलाई साझा शत्रु मान्दछन् । दक्षिण एसियाली क्षेत्रमा फस्टाउँदै गएको क्षेत्रीय शक्ति जुन विस्तारवादी रुपले चिनिन्छ , यहाँका जनताको साझा शत्रु भनिन्छ । क्रान्तिकारीहरुको हेराई दृष्टिकोण यही हो । समय समयमा क्रान्तिकारी दृष्टिकोण भएका, प्रतिभाशाली व्यक्ति पार्टी पनि अनेक स्वार्थ र लोभ लालचमा फसी शत्रुलाई मित्र बनाउन क्रान्तिकारी शिविरबाट प्रतिक्रान्तिकारी क्याम्पमा मिल्न , अंगालो हाल्न गएको उदाहरण प्रशस्त पाइएका छन् । नेपाल मात्र होइन, विश्वको चाल यही नै छ । नचिताएका नसोचेका घटनाहरु भएका छन् । इतिहासले यस्तै देखाएको छ । तर इतिहास अग्रगतिको बाटोमा हिंडेको हिड्यै छ ।
अब अन्तमा धेरै कुरा नगरिकन एउटा सानो कथा सहित त्यो लेख टुंग्याउन उचित होला । एक दिन विहान एउटा दयालु बुढो मान्छे घुम्न बाहिर निस्केका थिए । त्यस दिन विहान ठन्डी सारै थियो । जाँदै गर्दा बाटोमा एउटा सर्प जाडोले कठ्यांग्रिएर गुटमुटु परेर बसेको देखे । ती दयालुलाई टिठ लाग्यो र काखमा च्यापेर घर लगेछन्, राती छातीमा राखेर सुताएछन् । सर्पले बुढाको छातीमा न्यानो पाएर फुर्तिलो भएछ । त्यसै रात केहीवेर पनि वित्न नपाउँदै बुढालाई टोकेछ, बुढा पनि ठहरै परेर मरेछन् । किनकि सर्प विषालु थियो । यो कथाले सबैलाई एउटा ठूलो शिक्षा मिलेको छ, त्यो के भने विषालु वस्तु, जन्तु, शोषण दमन गर्ने मानिस, अर्को देशलाई हस्तक्षेप, आक्रमण गर्ने राष्ट्र कहिले मित्र हुन सक्दैनन् । तिनी प्रति दया गर्नु, लचकता देखाउनु, समाजमा आमूल परिवर्तन गर्न खोज्ने क्रान्तिकारी शक्तिको लागि अत्यन्त हानिकारक हुन्छ, विषालु सर्प जस्तै हुन्छ ।

