इरान–इजरायल युद्धको अन्तर्य

गंगा खड्का
गत जुन १३ देखि जुन २४ (वि.सं. २०८२ जेष्ठ ३० देखि असार १०) सम्म इरान र इजरायलका बीचमा भीषण युद्ध भयो । दुई देशको बीचको दूरी ६२० माइल छ । यो दूरी भनेको काठमाडौ देखि दिल्लीभन्दा टाढा हो। उनीहरुको युद्ध आधुनिक प्रकारको युद्ध थियो। केवल आकासमार्गबाट ड्रोन र मिसालबाट उनीहरू युद्ध गरेका थिए ।

यी दुवै देश एक आपसमा धार्मिक दुश्मन हुन् । इरान मुस्लिम देश हो भने इजरायल यहुदी मुलुक हो। यहुदी ,मुस्लिम र ईसाइ तीन वटै धार्मिक पन्थहरूको मान्यता भनेको भगवान एउटा मात्र छन् भन्ने हो । अर्थात् उनीहरू एकेश्वरवादमा विश्वास गर्दछन् । यी तीन वटै धर्म अब्राहम परिबार भित्रका धर्म हुन् । यी तीन वटैले अब्राहमलाई मान्दछन । उनीहरुका बीचमा कैयौं मान्यतामा समानता छ। यी तीन वटै धर्म मध्य पूर्वमा नै उत्पत्ति भएका हुन् ।

तीन वटै धर्मले पुनर्जन्ममा विश्वास गर्दछन । यसु मरेको छैन । फेरि पृथ्वीमा आउँछन भन्ने ईसाईहरू ठान्दछन । पैगम्बर मुहम्मद परमेश्वरको प्रतिनिधि दूत भएर जन्मिएका थिए भन्ने इस्लामहरूको बुझाईछ । यहुदी र मुस्लिम दुबै धार्मिक मानिसले कुकुर र सुँगुर प्रति समान धारणा छ। पहिले इसाईहरुको उस्तै धारणा राख्थे । कुकुर हराम हो र सुगुर हराम हो यसको मासु खानु हुँदैन भन्ने थियोे । यहुदी र मुस्लिम दुबै धर्ममा खतना गर्ने चलन छ। (नोटः यहुदी वा मुस्लिम बच्चाको लिंगको अगाडिको भागको छाला काटेर फाल्ने संस्कारलाई खना भन्छन् ।यो चलन इसाईहरुले छाडे) अहिले आधुनिक यहुदीहरू कुकुर पाल्छन् । धेरै आधारभूत कुरा समानता भए पनि यी धर्म मान्ने मानिसहरू आफ्नै धर्म ग्रन्थ मात्रै ठीक र अरूको धर्म बेठीक भन्ने कट्टरतावादी सोचाई राख्दछन।

उनीहरुको तीनवटैको पवित्र धार्मिक स्थल पनि फिलिस्तिन वा इजरायलमा नै छ । इसाई धर्मका संस्थापक यसुको जन्म जेरुसेलममा भएको थियो। त्यो भूमि इसाईको लागि पवित्र भूमिको रुपमा हेरिन्छ । यहुदीहरुको त हामेस (इस्वर )ले त्यो भूमि यहुदीहरुको लागि आफ्नो पूर्वज अब्राहिमले दिएका हुन् भन्ने ठान्दछन । मुस्लिमहरुको मक्का र मदिना पछिको तेस्रो ठूलो मस्जिद अल अक्स हो। पैगम्बर मुहम्हदले यहि स्थानबाट स्वर्ग यात्रा गरेका थिए भनेर उनीहरू विश्वास गर्दछन । प्राचिन इजरायल राज्य स्थापना राजा साउलले गरेको थिए ।उनी यहुदी जातिका थिए ।उनलाई यहुदीले मात्र होईन ईस्लाम र मुस्लिमले पनि सम्मान गर्दछन ।

१९९६ मा थियोदोर हर्ज नामक लेखकले “यहुदी राज्य “ भने पुस्तक लेखेका थियो । १९९७ मा बसेल स्वीट्जरल्यान्डमा सम्पन्न यहुदी सभाले इजरायल घोषणा गर्न माग गर्यो । यहुदीहरुलाई राजनीतिक अधिकार र भूमि किन्ने अधिकार् प्राप्त गरे । १९२० –१९४८ सम्म यहुदिहरु ८% बाट ३२ % पुग्यो । आफ्नो भुमि यहुदीहरुले नियन्त्रण मा गयो भनेर दोस्रो विश्व युद्ध को बेला जर्मनको शाशक हिटलरले ६० लाख यहुदिहरु हत्या गरो। त्यस क्रममा यहुदीहरु विश्व भरीबाट प्यालेस्टाइन आउने क्रम जारी रह्यो । १९४८ मे १४ मा प्यालेस्टाइन लाई टुक्राएर इजरायल नामक एउटा देश घोषण गरियो ।

यहुदीहरु निकै पुरानो धर्म, संस्कृति बोकेको समुदाय हुन् । विश्वभरी व्यापार गर्ने हुनाले यिनीहरु अत्यन्त धनाढ्य थिए र छन् । दोस्रो विश्व युद्धमा यिनीहरुले जर्मनका विरुद्धमा अमेरिका, शोभियत र बेलायतको गठबन्धनलाई मद्दत गरे । यहुदीहरुले तन,मन, धन, बुद्धि सबैबाट त्यस गठबन्धनलाई मद्दत गरे । जर्मनबाट लखेटिएका वैज्ञानिक अलवर्ट आइन्स्टाइन स्वयं पनि यहुदी परिवारमा जन्मिएका थिए । ज्यान जोगाउन अमेरिका भागेका आइन्स्टाइनले एटम बमको सूत्र पत्ता लगाएका थिए – ई इजिकल्टु एम सी इस्क्वायर ।  उनको त्यस सूत्रलाई प्रयोग गरेर अमेरिकामा एटम वम बन्यो । अमेरिकाले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकी दुई शहरमा एटम वम खसाल्यो । लाखौं मानिसहरु ध्वस्त भए । जनधनको ठूलो क्षति भयो । अमेरिकाद्वारा जापानमा एटम वम प्रहारसँगै दोस्रो विश्व युद्ध समाप्त भएको थियो ।

दोस्रो विश्वयुद्ध समाप्ती सँगै अमेरिका र बेलायतले मध्यपूर्वमा इजरायल भन्ने देश स्थापना गर्ने प्रस्तावित गरे । संयुक्त राष्ट्र संघले त्यसलाई स्वीकार ग¥यो । विश्वभरी छरिएका, लखेटिएका यहुदीहरु त्यहाँ जम्मा भए । अमेरिका जस्तो विजेता दोस्रो विश्व युद्धको विजेता देशको साथ सहयोग छँदै थियो । यहुदीहरु त्यसै पनि सम्पत्तिवाल थिए । मध्यपूर्वको बालुवाको भूमिलाई हराभरा सुन्दर देश बनाए । सुन्दर र सम्पन्न भएपनि उनीहरुलाई कहिलै शान्ति भएन । इजरायल सानो देशमा वरपर पूरै अरव राष्ट्रहरुले घेरेका छन् । प्यालेस्टाइन, लेवनान, सिरिया, इरान, इराक लगायतका इस्लामिक देशहरु उसका छिमेकी छन् । वास्तवमा अरवहरुको भूमि कटाएर इजरायल देश स्थापना गरिएको थियो ।

अमेरिकाको आडमा इजरायलले छिमेकीहरुलाई सधै सताउने र हैरान पार्ने काम गर्दै आएको छ । प्यालेस्टाइनमा दुई प्रकारको धारणा राख्ने शक्तिहरु छन् (१) इजरायलको अस्तित्व स्वीकार गर्ने र प्यालेस्टाइनीहरुले आफ्नो बेग्लै देशको मान्यता पाउनु पर्दछ । (२) इजरायलसँग कुनै सहमति हुन सक्दैन । इजरायलको अस्तित्व स्वीकार गर्न सकिंदैन ? प्यालेस्टाइनी नेता यासेर आराफात सम्झौता गरेर भए पनि प्यालेस्टाइनको रक्षा गर्नुपर्दछ भन्ने मान्यता राख्दथे । प्यालेस्टाइनको अर्को समूह हमासले इजरायलको अस्तित्व स्वीकार गर्दैन । हमासले करिव २ वर्ष पहिले इजरायल माथि आक्रमण गरेर केहीलाई बन्धक बनाए र केहीको हत्या गरे । त्यसयता इजरायलले निशस्त्र प्यालेस्टाइनी जनताहरुलाई लगातार मारिरहेको छ । यो दुई वर्षको बीचमा करिव ५५ हजार प्यालेस्टाइनीहरु इजरायलबाट मारिए ।

प्यालेस्टाइनका हमास,यमनका हुथी, लेवनानको हिजबुल्लाह जस्ता सशस्त्र समूहलाई पाल्ने, हुर्काउने र इजरायलमा आक्रमण गर्न लगाउने काम इरानले गरिरहेको छ भन्ने आरोप इजरायलले इरानमाथि लगाउँदै आएको छ । त्यसरी एक, इतिहासदेखिको धार्मिक शत्रुता र दुई, दोस्रो विश्व युद्धपछिको इजरायल निर्माण पछि अरब राष्ट्रहरुसित इजरायलको द्वन्द्व–यही सिलसिलामा इरान र इजरायल युद्ध भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको दोस्रो कार्यकालमा युद्धको अन्त्य गरेर शान्ति स्थापना गर्ने वाचा गरेर निर्वाचन जितेका हुन् । इरान–इजरायल युद्ध सुरु भएपछि मैले २ हप्ता सोचेर उपयुक्त निर्णय लिन्छु भनेका थिए । तर उनले लगत्तै अमेरिकाकै सेनालाई इरानमाथि वम हान्न लगाए । त्यसको बदलामा इरानले खाडी क्षेत्रमा रहेका कतार, बहराइन, इराक, कुवेत लगायतका अमेरिकी बसे क्याम्प माथि हमला गरेपछि इरान र इजरायल युद्ध रोकियो । तर इजरायलले प्यालेस्टाइनीहरु मार्ने क्रम रोकिएको छैन ।
अमेरिकी साम्राज्यवादले इजरायललाई उछालेर अरब राष्ट्रहरु माथि आक्रमण गराउने काम बन्द नगर्दासम्म र मध्यपूर्वको धार्मिक शत्रुता र धार्मिक आदिवाद कमजोर भई जातीय सद्भाव र धार्मिक सहिष्णुताको वातावरण नबन्दासम्म मध्यपूर्वमा शान्ति आउनेवाला छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित