(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारिति राजनीतिक प्रतिवेदनको “७. एकता पश्चात् सम्पन्न पार्टी कामको संक्षिप्त समीक्षा” खण्ड )
७. एकता पश्चात् सम्पन्न पार्टी कामको संक्षिप्त समीक्षा
१३५औं मई दिवस अर्थात् २०८० वैशाख १८ मा पूर्व नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)का बीच पार्टी एकता सम्पन्न भएको दुई वर्ष हुँदैछ । त्यसै गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीच एकता भएको पनि वर्ष दिन पुग्दैछ । यस अवधिमा सम्पन्न संगठन, संघर्ष लगायतका पार्टी कामबारे समीक्षा गर्न जरुरी छ ।
अब सर्वप्रथम नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच सम्पन्न पार्टी एकता सम्बन्धी कामको समीक्षा गरौं ।
पार्टी संगठन
– पार्टी एकीकरणको काम प्रदेश तथा जिल्लाहरू हुँदै स्थानीय तहसम्म सम्पन्न भइसकेका छन् ।
– केन्द्रीय कार्यालयका बैठक सम्पन्न भएका छन् । सचिवालय र केन्द्रीय समितिका बैठक सम्पन्न भएका छन् । प्रदेशदेखि जिल्ला हुँदै स्थानीय तहका बैठकहरू पनि प्रायशः नियमित रुपमा सम्पन्न हुँदै आएका छन् ।
– पार्टीका माथिदेखि तलसम्म केही गुटबाज, अराजक तथा अनुशासनहीन सदस्यहरूलाई निष्कासन लगायत विभिन्न कारबाही गर्ने काम भएको छ ।
– पार्टी केन्द्रमा विभिन्न विभागहरू निर्माण गर्ने काम गरिएको छ ।
– राजनीतिक तथा समसामयिक विषयमा केन्द्रबाट वक्तव्य दिने काम हुँदै आएको छ ।
संयुक्त मोर्चा
पार्टीको नेतृत्वमा जबसमोर्चाका कतिपय कमरेडहरूलाई समेत समावेश गरी संयुक्त मोर्चा गठन गरिएको छ ।
जवस मोर्चाहरूबारे
– अधिकांश जबस मोर्चाहरूको एकीकरणको काम सम्पन्न भएको छ । बाँकी काम पनि सम्पन्न गर्ने प्रक्रियामा रहेका छन् ।
– जबस मोर्चाका कामहरु आफ्नो सापेक्षतामा सम्पन्न हुँदै आएका छन् ।
विभागीय कामबारे
– अर्थ विभागका बैठकहरू नियमित रुपमा सम्पन्न हुँदै आएका छन् । अर्थ विभाग मार्फत अर्थ सङ्कलनगर्ने काम पनि हुँदै आएको छ ।
– आर्थिक उत्पादन विभागले उत्पादन सम्बन्धी योजना बनाएको छ । तर त्यसलाई अझै कार्यान्वयनमा लग्न सकिएको छैन ।
– केन्द्रीय स्कुल विभागले कामको योजना बनाउँदै आएको छ । प्रायशः सबै प्रदेशहरू र केन्द्रमा समेत केन्द्रीय स्तरको प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ ।
– स्वास्थ्य तथा न्याय विभागका काम पनि आआफ्नो सापेक्षतामा सम्पन्न हुँदै आएका छन् ।
– सुचना, सञ्चार तथा प्रकाशन विभागका सांगठनिक काम व्यवस्थित हुन सकेका छैनन् ।
– अन्तर्राष्ट्रिय विभागका केही काम सम्पन्न हुँदै गएका छन् ।
– संगठन विभागका काम आफ्नो सापेक्षतामा सम्पन्न हुँदै आएका छन् ।
प्रचारात्मक कामबारे
– पार्टीको केन्द्रीय मुखपत्र माओवादी प्रकाशित गरियो ।
– प्रचारात्मक काम सीमित मात्रामा मात्र भएको छ, चाहे अनुसार हुन सकेन ।
महाधिवेशनको तयारी बारे
– पार्टी सदस्यता नवीकरण अर्थात् पार्टी सदस्यता अद्यावधिक गर्ने काम पटकपटक गरी मुख्यतः सम्पन्न भएको छ ।
– सामाजिक–आर्थिक अनुसन्धान र अर्थ राजनीतिक विश्लेषण सम्बन्धी कामका लागि गठित टोलीद्वारा सो कार्य सम्पन्न गरी प्रतिवेदन प्रस्तुत गरियो । त्यसबाट दस्तावेजहरु तयार पार्न र कार्यदिशा निर्धारण गर्न यथेष्ट मद्दत पुगेको छ । यो काम ऐतिहासिक महत्वको रहेको छ ।
राहत उद्धार सम्बन्धी काम
१० कार्तिक २०८० मा जाजरकोटको रामीडाँडामा गएको भूकम्पका पीडितहरूका लागि पार्टी र जवस मोर्र्चाद्वारा पार्टी केन्द्रका जिम्मेवार कमरेडहरू मार्फत सीमित मात्रामै भएपनि राहत उद्धार सामग्री वितरण गर्ने र भौतिक संरचना निर्माण गर्ने काम गरिएको छ ।
अन्तर्राष्ट्रिय कामबारे
– कतिपय भाइचारा पार्टीहरूसित सम्पर्क हुँदै गएको छ । अन्तर्राष्ट्रिय फोरम निर्माणका लागि प्रयास जारी छ । सन् २०२३ को मई दिवस र सोही वर्षको माओ दिवसको अवसरमा विभिन्न भाइचारा पार्टीहरूसित सम्बद्ध भएर संयुक्त वक्तव्य प्रकाशन गर्ने काम भएको छ ।
– साम्राज्यवाद विरोधी मोर्चामा आबद्ध भई सम्बन्धित पार्टीहरूसित सम्पर्क तथा विचार आदानप्रदानका काम हुँदै आएका छन् ।
संघर्ष सम्बन्धी कामबारे
२०८० वैशाख १६ गते आयोजित राष्ट्रिय एकता महाधिवेशन, २०८० जेठ २३–२६ मा आयोजित केन्द्रीय सचिवालय बैठक र २०८० असोज १६–२१ मा आयोजित महाधिवेशन आयोजक समितिको बैठक समेतमा राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका विषयलाई लिएर संघर्ष सञ्चालन गर्ने बारे आवश्यक निर्णय लिइएका थिए । पार्टीले केन्द्रीय कार्यालयका बैठकहरूमा त्यस प्रकारका निर्णयहरूको कार्यान्वयनका लागि ठोस योजना तथा कार्यक्रम निर्धारण गर्ने काम भएका छन् । त्यस प्रकारका कामहरुलाई केन्द्रीय संघर्ष सञ्चालन टिम र पार्टी केन्द्रद्वारा मूर्तिकरण गरी माथिदेखि तलसम्म प्रेषित गर्ने काम भएको छ ।
संघर्ष सञ्चालनका काम निम्नअनुसार विभिन्न चरणहरूमा सम्पन्न हुँदै आएका छन् ः
– प्रारम्भिक चरण ः पार्टी एकीकरण पश्चात् भाद्रसम्म ।
– पहिलो चरण ः केन्द्रीय समितिको दोस्रो बैठक पश्चात मङ्सिर १ देखि पुष १५ गतेसम्म ।
– दोस्रो चरण ः १४ फागुनदेखि चैत्र २४ सम्म ।
– तेस्रो चरण ः २४ चैत्र पश्चात् ।
संघर्षको कार्यक्रमका विषय मूलत (१) राष्ट्रियतासित सम्बन्धित कालापानी, लिपुलेख क्षेत्रमा भएको भारतीय अतिक्रमण, एमसीसी तथा नदीनाला बेचबिखनको विरोध, (२) जनतन्त्रसित सम्बन्धित मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी आदि जनवर्गका अधिकारको प्राप्ति तथा उनीहरुमाथि हुने गरेका दमन, अन्याय, अत्याचारको विरोध र (३) जनजीविकासित सम्बन्धित महङ्गी, कालोबजारी, कमिसनतन्त्र, बैंकहरूको सुदखोरी, लघुवित्त तथा मिटर ब्याजी उत्पीडन, भ्रष्टाचारको विरोध आदिमा आधारित रहेका छन् । यस प्रकारका संघर्ष वर्तमान दलाल नोकरशाही पुँजीपति तथा सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र तिनका सञ्चालक सरकारका विरुद्ध पनि लक्षित रही आएका छन् ।
संघर्षको कार्यक्रमका रूपहरूमा पर्चा, पोष्टर, भित्तेलेखन विभिन्न प्रकारका जुलुस, सभा, विरोध प्रदर्शन अन्तरक्रिया छलफल, प्रतिरोध संघर्ष आदि रहेका छन् । यस प्रकारका संघर्षका कार्यक्रमहरू कतिपय पार्टीद्वारा, कतिपय वर्गीय मोर्चाहरुद्वारा, कतिपय दुवै पक्षको संयुक्त तत्वावधानमा सम्पन्न हुँदै आएका छन् । संघर्षका क्रममा काठमाडौँ लगायत देशका विभिन्न जिल्लाहरूमा सरकारद्वारा पार्टी तथा जबस मोर्चाका नेता तथा कार्यकर्ताहरू विरुद्ध लाठी चार्ज, दमन, गिरफ्तारी, धरपकड आदि गरिएका छन् र पार्टीद्वारा तिनको विरोध तथा प्रतिवाद गरिएको छ ।
विभिन्न दिवसहरू मनाउने बारे
पार्टी तथा जनवर्गीय मोर्चाहरूद्वारा मई दिवस, आदिवासी जनजाति दिवस, माओ दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, चैत्र ५ को सांस्कृतिक प्रतिरोध दिवस, चैत्र २४ को ऐतिहासिक जनआन्दोलन दिवस, लेनिन तथा पार्टी स्थापना दिवस आफ्नो सापेक्षतामा मनाउने काम भएका छन् ।
समग्रमा वर्ष दिनको अवधिमा सम्पन्न काम तथा अनुभवका मूल विशेषता यस प्रकार रहेका छन् ः
० पार्टी संगठन तथा जवस मोर्चाहरूको आकार र पार्टी गतिविधिमा विस्तार भयो । पार्टी पंक्ति तथा शुभेच्छुकहरूमा नयाँ आशाको संचार भएको, मनोबल बढेको र थप उत्साह पैदा भएको पाइयो ।
० पार्टी एकतालाई सुदृढ तुल्याउने …………… प्रचुर मात्रामा रह्यो ।
० उक्त उपलब्धि तथा समस्याका बीचबाट संगठन संघर्ष तथा महाधिवेशनको तयारीका कामलाई अगाडि बढाउने काम हुँदै आयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकीकरण
२०८१ वैशाख १८ गते उक्त दुई पार्टीका बीचमा पार्टी एकता सम्पन्न भयो । यस एकताले पार्टी शुभचिन्तकहरूको पंक्ति र जनतामा थप उत्साह पैदा ग¥यो । पार्टी एकीकरणका कामलाई स्थानीय तहसम्म पु¥याउने जवस मोर्चाहरूको एकीकरणका काम थप सम्पन्न गर्ने र राष्ट्रिय एकता महाधिवेशनको तयारीका कामलाई अगाडि बढाउने प्रक्रियालाई तीव्रता दिइयो ।
त्यसै क्रममा बैठकको तयारीका सन्दर्भमा केन्द्रीय कार्यालयको बैठक बस्यो । बैठकमा दस्तावेजहरूको प्रस्तुतिको विषयमा विभिन्न निर्णयहरू लिने काम भयो । यसै सिलसिलामा कमरेड किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, पार्टी कार्यक्रम र राजनीतिक कार्यदिशाको विकल्पमा अप्रत्यासित रुपमा क. कञ्चनद्वारा समानान्तर दस्तावेज प्रस्तुत गरियो ।
मिति २०८१ असार ११–१६मा महाधिवेशन आयोजक समितिको बैठक बस्यो । सो बैठकमा विभिन्न कमरेडहरुद्वारा विभिन्न प्रस्तावहरू प्रस्तुत भए र कमरेड कन्चनद्वारा उक्त समानान्तर दस्तावेज पनि प्रस्तुत गरियो । महाधिवेशनको प्रक्रियामा उक्त सबै प्रस्ताव तथा दस्तावेजहरुलाई समेटी फोरम सञ्चालन गर्ने निर्णय लिइयो ।
कञ्चन समूहद्वारा थप गुटबन्दी तथा अनुशासनको गम्भीर उल्लंघन
केन्द्रीय संगठन समितिको बैठकमा लिइएका आवश्यक निर्णयहरूलाई सार्वजनिक गर्ने काममा प्रसारित प्रेस वक्तव्यमा उल्लेख गरिएको “नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशा अवलम्बन” सम्बन्धी विषयलाई निहु बनाई कञ्चन समूहका कतिपय नेताहरूद्वारा गुटबन्दीलाई तीव्रता दिइयो र पार्टी एकताको मूल मर्म तथा भावना विपरीत अनुशासन विहीन ढंगले “हामी बीच भएको १५ महिना अघिको एकता कायम रहन नसक्ने निष्कर्षमा पुग्न हामी बाध्य भएका छौं” भनी तत्कालिक सहसयोजक कमरेड कन्चनद्वारा पार्टी संयोजकलाई आन्तरिक रुपमा जानकारी मूलक पत्र दिइयो र “पार्टी एकता असफल भएको” भनी सार्वजनिक वक्तव्य पनि दिइयो ।
पार्टीबाट बाहिरिएको उक्त कन्चन समूहलाई प्रारम्भिक रुपमा अनुशासनको कारबाही गरियो र त्यसबारे आवश्यक निर्णय लिन महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाइयो । मिति २०८१ साउन १६–२९ मा सम्पन्न सो बैठकमा संयोजक कमरेड किरणद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गरियो । सो प्रस्तावमा कन्चन समूहमा विद्यमान राजनीतिक प्रवृत्तिलाई मूलरूपमा दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति भनी उल्लेख गर्दै सो समूहका जिम्मेवार नेताहरू माथि अनुशासनको कारबाही गरी निष्कासन गरियो । सो समूहको बहिर्गमनबाट पर्न गएको प्रभावबारे उक्त राजनीतिक प्रस्तावमा भनिएको छ, “सो समूहको बहिर्गमनबाट पार्टी एकतामा केही अवरोध तथा नोक्सानी अवश्य भएको छ । तर पनि पूर्व नेकपा (बहुमत)को एउटा महत्वपूर्ण क्रान्तिकारी हिस्सा पार्टीमा नै आबद्ध रहिआएको छ र पार्टी एकताप्रति प्रतिबद्ध रही महाधिवेशनलाई सफल तुल्याउने अभियानमा दृढतापूर्वक अगाडि बढेको छ ।”
पार्टी काममा विद्यमान विविध समस्या
० पार्टी एकता गरिएको वर्ष दिनको अवधिमा पार्टी एकतालाई सुदृढ तुल्याउने र एकीकृत नेतृत्व प्रणालीलाई स्थापित गर्ने, बुझाइ र काम गराइमा एकरुपता ल्याउने, निम्न पूँजीवादी चिन्तन तथा प्रविधिका विरुद्ध सर्वहारावादी वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने काममा अनेकौं जटिलता पैदा हुँदै आए । पार्टीमा गुटगत मानसिकता प्रचुर मात्रामा रह्यो ।
० पार्टी र जनवरीय मोर्चाका बीचको सम्बन्धबारे गम्भीर समस्या पैदा भए ।
० संगठनलाई गाउँ, नगर तथा वार्डसम्म निर्माण, विकास र विस्तार गर्ने काममा समस्या पैदा हुँदैआएका छन् ।
० पार्टीलाई चुस्त दुरुस्त र जवस मोर्चालाई फराकिलो बनाउँदै जानेबारे विशेष दृष्टि दिन जरुरी छ ।
० पार्टी महाधिवेशनको काममा केन्द्रित रहेको छ र संघर्ष सञ्चालनको कामलाई योजनाबद्ध र व्यवस्थित तुल्याउन सकिएको छैन । र यसको समाधानका लागि विशेष जोड दिनु आवश्यक छ ।
निष्कर्ष
१. जुन भौतिक तथा आत्मिक अवस्थामा एकता गरिएको छ त्यस अवस्थामा पार्टीमा विभिन्न प्रकारका कमी कमजोरी तथा समस्या देखा पर्नु कुनै अस्वभाविक विषय होइन । तमाम दुर्बलताका बावजुद पनि पार्टीमा सबलता तथा सकारात्मकताको प्राधान्य छ ।
२. पार्टीमा विद्यमान सबै समस्याको अन्तर्यमा निम्न पुँजीवादी चिन्तन तथा सर्वहारा वर्गीय दृष्टिकोणको समस्या नै प्रधान रहेको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणलाई दृढतापूर्वक अवलम्बन गरेर नै हामीले यस समस्याको समाधान गर्दे जान सक्दछौं । पार्टी विपरीतहरुको एकत्व हो र त्यसले एकता र संघर्षका बीचबाट रूपान्तरणको माग गर्दछ ।
३. अन्तर्राष्ट्रिय तथा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासका क्रान्तिकारी अनुभव सहित पार्टी एकता प्रक्रियाको दुई वर्षका अनुभवबाट पनि आवश्यक शिक्षा ग्रहण गर्नु पर्दछ ।
४. समग्रमा भन्नुपर्दा क्रान्तिकारी सिद्धान्तलाई आत्मसात गरी सही राजनीतिक तथा सामरिक कार्यदिशाको निर्धारण, क्रान्तिको रथ हाँक्न समर्थ पार्टीको निर्माण र क्रान्तिको तयारीका कामलाई प्राथमिकतामा राखेर प्रतिबद्ध तथा संकल्पबद्ध ढंगले दृढतापूर्वक अगाडि बढ्नु पर्दछ ।
राजनीतिक प्रतिवेदन
Comments

