राजनीतिक प्रतिवेदन

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारित राजनीतिक प्रतिवेदनको “९. आगामी कामको रुपरेखा ” खण्ड )
१). सैद्धान्तिक क्षेत्रका काम
ड्ड माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका साथै प्रचार प्रसारमा जोड दिने । सिद्धान्तको विकासमा अवरोध पु¥याउने जडसूत्रवाद र सिद्धान्तको सिर्जनात्मक विकासका नाममा त्यसको सार तत्वमाथि हमला गर्ने अनुभववादका विरुद्ध विचारधारात्मक संघर्ष चलाउने ।
ड्ड विचारधारात्मक, राजनीतिक, सामरिक तथा सांगठनिक कार्यदिशाको विकास गर्ने कार्यमा सचेत रहने ।
ड्ड मुख्यत दक्षिणपन्थी संशोधनवाद र साथै मध्यपन्थी तथा उग्रवामपन्थी संशोधनवादको पनि विरोध तथा भण्डाफोर गर्ने ।
ड्ड पार्टी स्कुलिङका कामलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने ।
ड्ड साहित्य, कला, गीत–संगीत र संस्कृतिको क्षेत्रमा प्रकाशन, कार्यक्रम सञ्चालन र प्रचार प्रसारका कामलाई संगठित र व्यवस्थित तुल्याउने ।
ड्ड आन्तरिक तथा बाह्य प्रकाशनका कामलाई नियमित र व्यवस्थित बनाउने ।
ड्ड सर्वहारा अन्तर्राष्ट्रियवादमा दृढ रहने र अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माणमा विशेष जोड दिने ।
२). राजनीतिक क्षेत्रका काम
ड्ड नयाँ जनवादी क्रान्तिको कार्यक्रम, कार्यदिशा तथा नीतिको कार्यान्वयन गर्ने र तिनलाई जनताको बीचमा पु¥याउने । समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा विशेष जोड दिने ।
ड्ड दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद÷विस्तारवाद, नवउदारवाद तथा नव उपनिवेशवादको विरोध तथा भण्डाफोर गर्ने ।
ड्ड संसदवाद, सुधारवाद, वर्गसमन्वयवाद र दक्षिणपन्थी अवसरवादको विरोध तथा भण्डाफोर गर्ने ।
ड्ड देशभक्त, जनवादी र वामपन्थी शक्तिहरूलाई समेटी विभिन्न स्तर र तहमा कार्यगत एकता र संयुक्त मोर्चा निर्माण गर्ने ।
ड्ड वर्तमान संसदीय व्यवस्थाको विकल्पमा स्वाधीन संयुक्त सरकारको नारालाई सशक्त रुपमा अगाडि बढाउने ।
३). सांगठनिक क्षेत्रका काम
ड्ड पार्टीलाई क्रान्ति गर्न समर्थ, जुझारु र अनुशासित बनाउन र एकीकृत तुल्याउनका लागि विशेष जोड दिने ।
ड्ड पार्टीलाई विपरीतहरूको एकत्वका रुपमा ग्रहण गरी पार्टीभित्र चल्ने अन्तरसघर्ष तथा दुई–लाइन संघर्षलाई स्वस्थ मर्यादित र मैत्रीपूर्ण ढंगले सञ्चालन गर्दै एकता–संघर्ष–रुपान्तरणका बीचबाट निरन्तर नयाँ बनाइ राख्ने ।
ड्ड सामूहिक, एकीकृत तथा केन्द्रीकृत नेतृत्वको निर्माण तथा विकासमा विशेष जोड दिने ।
ड्ड जनवादको जगमा केन्द्रीयता र केन्द्रीयताको निर्देशनमा आधारित जनवादलाई अवलम्बन गरी जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार पार्टीलाई व्यवस्थित रुपमा सञ्चालित गर्ने ।
ड्ड पार्टीमा सिद्धान्त तथा व्यवहारका बीच द्वन्दात्मक एकरुपता, जनतासितको घनिष्ठ सम्बन्ध र आत्मालोचना–आलोचनामा आधारित क्रान्तिकारी कार्यशैलीलाई व्यवस्थित तथा स्थापित तुल्याउने ।
ड्ड निम्न पुँजीवाद, निष्क्रियतावाद, अकर्ममण्यतावाद, निराशावाद, व्यक्तिवाद, क्षेत्रीयतावाद, संकीर्णतावाद, अराजकतावाद, उदारवाद, मनोगतवाद लगायतका विभिन्न गलत चिन्तन तथा प्रवृत्तिहरूका विरुद्ध विचारधारात्मक संघर्ष चलाउने ।
ड्ड पार्टीमा योजनाबद्ध रुपमा पहिले सुदृढीकरण र त्यसपश्चात् शुद्धीकरण आन्दोलन सञ्चालन गर्ने ।
ड्ड माथिदेखि तलसम्म पार्टी कमिटीहरूको आकार चुस्त दुरुस्त बनाउने ।
ड्ड पार्टी तथा जनवर्गीय मोर्चाहरू बीचको सम्बन्धलाई व्यवस्थित र सुदृढ तुल्याउने
ड्ड फ््रयाक्सन प्रणालीलाई गतिशील र प्रभावकारी बनाउने ।
ड्ड विभागहरूको भूमिकालाई व्यवस्थित तथा कामकाजी बनाउने ।
ड्ड पार्टीमा आत्मनिर्भर तथा उत्पादनमूलक आर्थिक प्रणालीको विकासका लागि ठोस योजना बनाई कार्यान्वयन गर्न विशेष जोड दिने ।
ड्ड पार्टी नेतृत्वको संयुक्त मोर्चालाई क्रियाशील बनाउने ।
ड्ड निश्चित मापदण्ड बनाई पूर्णकालीन तथा अंशकालीन कमरेडहरूको स्थितिलाई निर्धारण गर्ने ।
ड्ड पार्टी कमरेड तथा कार्यकर्ताहरूको व्यवस्थापन, रेखदेख, सैद्धान्तिक स्तरको विकास, पदोन्नति, मूल्याङ्कन लगायतका विषयमा ठोस नीति बनाई तदनुसार कार्यान्वयन गर्ने ।
ड्ड तीन जादुगरी हतियारको मान्यतालाई दृढतापूर्वक अवलम्बन गरी तदनुसार अगाडि बढ्ने ।
४). संघर्ष सम्बन्धी काम
ड्ड पार्टी कार्यक्रममा उल्लेख गरिएका विषय सहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत तथा ज्वलन्त समस्यालाई लिएर जनसंघर्ष, वर्गसंघर्ष तथा प्रतिरोध संघर्षलाई संगठित तथा सञ्चालित गर्ने ।
ड्ड विभिन्न प्रदेश तथा जिल्लाहरूमा त्यहाँका विशिष्टता तथा आवश्यकतामाथि दृष्टि दिँदै ग्रामीण वर्ग संघर्ष, स्थानीय संघर्ष तथा सहरिया संघर्ष सञ्चालन गर्ने ।
ड्ड स्वाधीन संयुक्त सरकारको नारालाई लिएर प्रभावकारी ढंगले संघर्षलाई संगठित तथा विकसित गर्ने ।
ड्ड संघर्षलाई स्थिति अनुसार पार्टीको स्वतन्त्र पहल, कार्यगत एकता र संयुक्त मोर्चा मार्फत सञ्चालन गर्ने
५). भौतिक तथा प्राविधिक काम
ड्ड युवा शक्तिलाई आवश्यक शारीरिक तालिम तथा खेलकुदको व्यवस्था मिलाउने ।
ड्ड आधुनिक प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षणमा जोड दिने ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित