जेन जी विद्रोहको मुख्य दोषी एमाले र खड्ग ओली हुन्

–परी थापा

आन्दोलनको यो अवस्था ल्याउने एमाले हो । र, एमालेका नेता खड्ग ओली हुन् । वास्तवमा ओली एकजीक्यूटीभ (कार्यकारी ) पदमा रहेर काम गर्ने वाला मान्छे रहेनछन् । जे पायो बोलेको छ । जता पायो बोलेको छ । मान्छे वाक्क , दिक्क, प्याक्क भए । एकजीक्यूटिभ व्यक्तिको काम त सेवा प्रवाह (सर्भिस डेलिभरी ) गर्ने हो । सि.जिन.पिङ ,पुटिन त्यसरी जथाभावी बोलेको सुन्नु भएको छ ? शेरबहादुर ,खड्ग ओली र प्रचण्ड मध्ये तीन जनामा सबै भन्दा पीडित व्यक्ति शेरबहादुर देउवा हुन् । आर्मीले घर छोड्नु भनेको रहेछ । घर छोडेनन् घर नछाड्दा पिटाइ पनि खाए ।
सबैभन्दा ठूलो पार्टीको नेता चिल्लाराम ! हेरेको हेरै ! सबैभन्दा ठूलो कांग्रेस , दोस्रो एमाले र तेस्रो माके । अहिले संसदको प्रतिनिधित्व लाई हेर्दा । संसदीय व्यवस्था अनुसार पहिलो पार्टीले तेस्रो पार्टीको समर्थन लिएर सरकार बनाउने र दोस्रो पार्टीले प्रतिपक्षमा बसेर सशक्त आवाज उठाउने हुनुपर्दथ्यो । सामान्यतया संसदीय प्रणालीमा यस्तै हुनु पर्ने थियो । तर यहाँ को सित को मिलेर सरकार बनाएनन् ? सत्तामा जानकालागि जे पनि गरियो । मैले संसदीय मूल्य मान्यताको कुरो गर्दैछु । सबै अनैतिक कार्य गर्न तयार भए । यस्तो देशमा यस्तो नभएर के हुन्छ ? (जेन जी विद्रोह तिर सकेत गर्दै )

 

( क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापाद्वारा २०८२ मंसिर ६ गते काठमाडौंको बागबजार स्थित होटेल हार्दिकमा राष्ट्रिय जनमोर्चाले जेन जी आन्दोलनका सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यक्त विचारको अंश )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित