अमेरिकाद्वारा भेनेजुएला माथि आक्रमण

 

काठमाडौं । अमेरिकाले आज भेनेजुएला माथि आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको बिबिसी लगायतका अन्तरराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्। उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्ट गरेको ती संचारमाध्यमहरुले उल्लेख गरेका छन्। अमेरिकी सेनाको डेल्टा फोर्सले मादुरोलाई पक्राउ गरेको भनिएकोछ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई पाँच करोड डलर पुरस्कार घोषणा गरेको थियो । मदुरो अहिले अमेरिकी नियन्त्रणमा भएकाले भेनेजुएलामा थप कारबाही नहुने अमेरिकी पक्षको भनाईसार्वजनिक भएको छ । भेनेजुएलामा अहिले संकटकाल लगाइएको छ ।

भेनेजुएलाको सरकारले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै अमेरिकी आक्रामकतालाई नस्वीकार्ने बताउँदै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । यसअघि राष्ट्रपति मदुरोले अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयास गरिरहेको बताउँदै आइरहेका थिए । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले समूहले भेनेजुएलाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र संयम अपनाउन आह्वान गरेको बताइन् ।

अन्तरराष्ट्रिय संचारमाध्यम अल जेजिराका अनुसार क्युबाले भेनेजुएलामा अमेरिकी आक्रमणलाईआपराधिक आक्रमणको संज्ञा दिंदै निन्दा गरेको छ ।अमेरिकाले आश्चर्यजनक सैन्य कारबाहीमा वामपन्थी राष्ट्रपति निकोलस मादुरोलाई “कब्जा” गरेको दाबी गरेपछि क्युबाले भेनेजुएलाका जनता विरुद्धको “राज्य आतंकवाद” को निन्दा गरेको छ।शनिबार जारी गरिएको एक विज्ञप्तिमा, क्युबाको राष्ट्रपति कार्यालयले शान्तिको क्षेत्रमा क्रूर आक्रमण भइरहेको बताएको छ, किनकि यसले भेनेजुएलामा आपराधिक अमेरिकी आक्रमणको बारेमा अन्तर्राष्ट्रिय समुदायबाट प्रतिक्रियाको माग गरेको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित