यामकुमार नेपाली प्रति श्रद्धाञ्जली

 

भारत । अखिल भारत नेपाली एकता समाजले समाजका दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा चेन्नई पश्चिम नगर समितिका सचिव यामकुमार नेपालीको निधन भएको हुँदा नेपाली प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष आनन्द थापाले २०२६ अक्टोबर २७ मा एक प्रेस वक्तव्य जारी गर्दै नेपाली प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । वक्तव्यमा भनिएको छ –

“जैमिनी नगरपालिका वडा नं. ८ छिस्ती, कुवाँडी खोल्टेपानी, बागलुङ जिल्ला निवासी बलवीर नेपालीका ४४ वर्षीय छोरा तथा अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा चेन्नई पश्चिम नगर समितिका सचिव यामकुमार नेपालीजीको मिति २७ अक्टोबर २०२६ का दिन चेन्नईको किल्पाक मेडिकल कलेज एन्ड हस्पिटलमा उपचारका क्रममा दुःखद निधन भएको छ।

वहाँ विजयादशमीका दिन टीका लगाउने कार्यक्रममै हृदयघात भएर ढलेपछि निजलाई प्राइभेट अस्पतालमा भर्ना गरिएको थियो। उक्त अस्पतालले केएमसीमा रेफर गरेपछि निजलाई केएमसीमा भर्ना गरियो। तर कैयौँ प्रयासपछि पनि निजलाई बचाउन सकिएन।

निजको अल्प आयुमै भएको दुःखद निधनको खबरले हामी सबैलाई स्तब्ध एवं मर्माहत तुल्याएको छ। निज एक होनहार, मिलनसार, कर्मठ एवं संगठनप्रति निष्ठावान हुनुहुन्थ्यो। उहाँको अल्प आयुमै भएको दुःखद निधनले सिंगो अखिल भारत नेपाली एकता समाजलाई अपूरणीय क्षति पुर्‍याएको छ।

यस दुःखद समयमा अखिल भारत नेपाली एकता समाज निजको दुःखद निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ।”

Screenshot

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित