पूर्ण बहादुर खड्कालाई अविलम्ब रिहा गर्न माग

काठमाण्डौ ।केन्द्रीय संयुक्त संघर्ष समितिले माघ १६ गते सिन्धुलीको दुधौलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पूर्ण
बहादुर खड्कालाई शान्तिपूर्ण कार्यक्रम सकेर फर्कँदै गर्दा गिरफ्तार गरिएको प्रति ध्यानाकर्षण भएको जनाउँदै अविलम्व रिहाइको माग गरेको छ ।संयुक्त संघर्ष समितिका संयोजक गौरवले म२०८२ माघ १८ गते एक वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो ।वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।–

हामी देशका पाँच कम्युनिस्ट पार्टीहरुको केन्द्रीय संयुक्त संघर्ष समितिले जेनजी विद्रोह पश्चात् बनेको
कठपुतली सरकारले घोषणा गरेको एकथान संसदीय निर्वाचनबाट नेपाली समाजको आजको अन्तर्विरोध
हल हुँदैन भन्ने निष्कर्षसहित निर्वाचन बहिस्कार गर्न शान्तिपूर्णरुपमा संघर्षको कार्यक्रमहरु गर्दै आइरहेका
छौं ।
यसै सन्दर्भमा यहि माघ १६ गते सिन्धुलीको दुधौलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पूर्ण
बहादुर खड्कालाई शान्तिपूर्ण कार्यक्रम सकेर फर्कँदै गर्दा गिरफ्तार गरिएको घटनामा संयुक्त संघर्ष
समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
सरकारसंग शान्तिपूर्ण संघर्षका कार्यक्रममा हस्तक्षेप नगर्न र कमरेड पूर्ण बहादुर खड्काको बिना शर्त
तिरुन्त रिहाई गर्न संयुक्त संघर्ष समिति गम्भीर चेतावनी दिन चाहन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित